Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

नेपालमा तीव्र, विदेशमा मत्थर

नेपालमा तीव्र, विदेशमा मत्थर

काठमाडौं : असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए। सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने,‘लगभग नियन्त्रणमा आएको छ।’

उनले विदेशमा नेपाली पहिलाको तुलनामा धेरै सुरक्षित रहेको सुनाए। ‘हाम्रो समुदायमा मात्र कम भएको हो’, उनले भने, ‘हामी बढी सजग भएर स्वास्थ्य मापदण्ड पालना गरेका कारण संक्रमण कम देखिएको हो।’

९४ प्रतिशत संक्रमित निको

संघका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। विदेशमा ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ। यीमध्ये ३२ हजार ९ सय ८९ जना संक्रमणमुक्त भइसकेको संघले जनाएको छ। यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो।

कतारमा २३ हजार ८ सय ६४, संयुक्त अरब इमिरेट्स (यूएई) मा २ हजार ४ सय, साउदी अरबमा १ हजार ९ सय ७५, अमेरिकामा १ हजार ७ सय २७, कुवेतमा १ हजार ६ सय ३५, बेलायतमा १ हजार ५ सय १७ जना संक्रमित भएका छन्। भारतमा ५ सय ८०, बहराइनमा ४ सय ५१, अस्ट्रेलियामा १ सय ८१ जना संक्रमित छन्। मलेसिया, पोर्चुगल, आयरल्यान्ड, स्पेन, क्यानडा, अस्टे«लिया, जापान, माल्दिभ्स, बेल्जियम, स्विट्जरल्यान्ड जर्मनी, फिनल्यान्ड, साइप्रस, न्युजिल्यान्ड, माल्टा, हङकङ, पोल्यान्ड, म्यानमार र फ्रान्समा पनि नेपाली संक्रमित छन्।

मुख्य श्रम गन्तव्यमा जोखिम

खाडी मुुलुकमा रहेका नेपाली कोरोना महामारीका कारण आक्रान्त बन्दै गएका छन्। भारतसहित यूएई, साउदी र कतारमा रहेका नेपाली अझै जोखिममा देखिएका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया र खाडी मुलुकमा १८ लाख नेपाली कामदार कार्यरत रहेको जनाइएको छ। भारतबाट ३ लाखभन्दा बढी नेपाली फर्किए पनि अझै ठूलो संख्यामा उतै बसेका छन्। कतिपय नेपाली रोजगारी गर्न भारत नै जान थालेका छन्।

संघका अनुसार यूएईमा संक्रमित र मृतकको संख्या बढ्दो छ। दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक यो साता कोरोना संक्रमण देखिएको छ। जापान, अस्ट्रेलिया, कतारलगायत देशमा यो साता कोरोना संक्रमणदर बढेको संघले जनाएको छ। मध्यपूर्वमा कोरोना महामारीका रूपमा फैलिएको छ। युरोप र अफ्रिकामा भने कोरोनाको असर कम हुँदै गएको छ।

मध्यपूर्वी मुलुकमा कोरोना संक्रमण बढेसँगै नेपालीमा त्रास बढेको छ। त्यहाँ नेपालीको संख्या अधिक छ। वैदेशिक रोजगारीका क्रममा लाखौं युवा मध्यपूर्वी देशमा काम गर्दै आएका छन्। अस्ट्रेलिया र युरोपमा कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाली समुदायमा चिन्ता बढेको छ।

संघका प्रवक्ता डीबी क्षेत्रीले मध्यपूर्वमा आक्रामक ढंगले संक्रमण नभए पनि नियन्त्रणमा आइनसकेको बताए। ‘मध्यपूर्वमा त्यस्तो जोखिम पनि छैन’, प्रवक्ता क्षेत्रीले भने, ‘निमिट्यान्ट पनि भएको छैन।’ संक्रमण तीव्र नभएकाले त्यस्तो जोखिम पनि नभएको उनले बताए। ‘विदेशी भूमिमा कार्यरत नेपालीमा बिस्तारै जोखिम कम हुँदै गएको छ’, उनले भने।

विदेशमा २ सयको मृत्यु

पछिल्लो समय विदेशमा २ सय नेपालीको मृत्यु भएको छ। १५ मुलुकमा रहेका नेपालीले कोरोना कहरका बेला ज्यान गुमाएको संघले जनाएको छ। सबैभन्दा बढी बेलायतमा ६९, त्यसपछि यूएईमा ३७, भारतमा ३२, अमेरिकामा १७, कतारमा १६, साउदीमा ११, कुवेतमा ७, बहराइनमा ३ जनाको मृत्यु भएको छ। अफ्रिका, ओमन, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना नेपालीको मृत्यु भएको छ।

असर कम, जोखिम उत्तिकै

स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले केही देशमा कोरोनाको दोस्रो लहर सुरु भएकाले सजग हुन आवश्यक भएको बताए। नेपाली समुदायमा कोरोना असर कम हुँदै गए पनि जोखिम उत्तिकै रहेको उनको भनाइ छ। ‘खतरा अझै टरेको छैन’, उनले भने, ‘सावधानी अपनाउन नसके संक्रमण बढ्न सक्छ।’ उनले विदेशमा रहेका नेपालीलाई मास्क लगाउन, मुख छुनुअघि हात साबुनपानीले धुन, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्न, भीडभाड नगर्न सल्लाह दिए।

विश्वभर संक्रमितको संख्या सोमबार साँझसम्म २ करोड ७३ लाख नाघेको छ। मृतकको संख्या ८ लाख ९४ हजार ४ सय ९ पुगेको छ। निको हुनेको संख्या १ करोड ९४ लाख नाघेको वल्र्डोमिटर्सले जनाएको छ।

प्रतिक्रिया