Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकी क्यान्सरपीडित एक किशोरीको उपचारको लागि यू.एस.आर्मि शाहिले १० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाजिक कार्यमा सक्रिय भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले विभिन्न संघसंस्थ र व्यक्तीलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपचारका लागि सहयोगको अपिल गरेका थिए । अछाम ढकारी गाउँपालिका– ६ मोयकाँडा की १८ वर्षीया मनसरा बुढाका लागि सहयोगको अपिल गरिएको थियो । क्यान्सरपीडित मनसरा ढकारी ६ ढुंगाचाल्नास्थित अष्ट सिद्धि मा वि मा कक्षा ११ मा अध्यनरत छन् । उनी विगत एक वर्षदेखि बिरामी रहेको हुँदा गाउँघरमा अन्धविश्वासका कारण धामी झाँक्रीको पछि लाग्दा रोग जीर्ण हुँदै गएको थियो ।

अछाम जिल्ला अस्पतालमा जाँच गरेपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ परीक्षण गर्दा पनि रोग पत्ता लाग्न नसकेपछि उनलाई भारतको लखनउ लगिएयो । त्यहाँ लामो परीक्षणपछि डाक्टरले मनसरालाई क्यान्सर भएको पुष्टि गरेका थिए । सामान्य अवस्थाका उनको परिवारले भारतमा उपचार गर्न नसक्ने भएपछि मनसरा समस्यामा परेकी थिइन् । मनसराको यस्तो अवस्था थाहा भएपछि केही सहयोगीहरुको पहलमा उनलाई भरतपुर चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगिएको थियो । मनसराका बुवा ११ वर्षअघि नै बितिसकेकोले पनि उनको परिवारलाई रकम जुटाउन सक्ने अवस्था थिएन । त्यसपछि भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले सामाजिक सञ्जाल फेसबुक र छरछिमेकमा क्यान्सरपीडित ‘मनसरा बुढा बचाउ’ अभियान सञ्चालन गरी सहयोगको अपिल गरेका थिए ।

उपचारारत मनसराको लागि अछाम जिल्ला तुर्मांखाद गाउपालिका वडा नम्बर ०५ थोलु घरभै यू.एस. आर्मिमा कार्यरत युवा तथा समाजिक व्यक्ति पुस्प ब. शाहिले रु १० हजार ५ सय सहयोग गर्नु भएको छ उहाँ एक असल अनि इमानदार सुरक्षाकर्मी हुन । अझै देश तथा विदेशबाट सहयोग जुट्दै गरेको अभियान्ता भुपेन्द्र ब बुढाको भनाइ छ । विपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको छ । सामाजिक कार्यमा सक्रिय दिनेशकुमार वि.क.का अनुसार मनसराको उपचारमा अझै कति खर्च लाग्छ एकीन भएको छैन । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको वि.क.ले बताउनुभयो । आगामी दिनमा पनि अरु धेरै उपचार गर्नुपर्ने भएकाले सबैसित सहयोगको लागि अपिल गरिएको छ । पीडित मनसराको जीवन बचाउन सहयोग गर्नेले सम्पर्क न ९८६५६४१५१० र ९८६९५५३८०४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया