Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकी क्यान्सरपीडित एक किशोरीको उपचारको लागि यू.एस.आर्मि शाहिले १० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाजिक कार्यमा सक्रिय भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले विभिन्न संघसंस्थ र व्यक्तीलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपचारका लागि सहयोगको अपिल गरेका थिए । अछाम ढकारी गाउँपालिका– ६ मोयकाँडा की १८ वर्षीया मनसरा बुढाका लागि सहयोगको अपिल गरिएको थियो । क्यान्सरपीडित मनसरा ढकारी ६ ढुंगाचाल्नास्थित अष्ट सिद्धि मा वि मा कक्षा ११ मा अध्यनरत छन् । उनी विगत एक वर्षदेखि बिरामी रहेको हुँदा गाउँघरमा अन्धविश्वासका कारण धामी झाँक्रीको पछि लाग्दा रोग जीर्ण हुँदै गएको थियो ।

अछाम जिल्ला अस्पतालमा जाँच गरेपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ परीक्षण गर्दा पनि रोग पत्ता लाग्न नसकेपछि उनलाई भारतको लखनउ लगिएयो । त्यहाँ लामो परीक्षणपछि डाक्टरले मनसरालाई क्यान्सर भएको पुष्टि गरेका थिए । सामान्य अवस्थाका उनको परिवारले भारतमा उपचार गर्न नसक्ने भएपछि मनसरा समस्यामा परेकी थिइन् । मनसराको यस्तो अवस्था थाहा भएपछि केही सहयोगीहरुको पहलमा उनलाई भरतपुर चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगिएको थियो । मनसराका बुवा ११ वर्षअघि नै बितिसकेकोले पनि उनको परिवारलाई रकम जुटाउन सक्ने अवस्था थिएन । त्यसपछि भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले सामाजिक सञ्जाल फेसबुक र छरछिमेकमा क्यान्सरपीडित ‘मनसरा बुढा बचाउ’ अभियान सञ्चालन गरी सहयोगको अपिल गरेका थिए ।

उपचारारत मनसराको लागि अछाम जिल्ला तुर्मांखाद गाउपालिका वडा नम्बर ०५ थोलु घरभै यू.एस. आर्मिमा कार्यरत युवा तथा समाजिक व्यक्ति पुस्प ब. शाहिले रु १० हजार ५ सय सहयोग गर्नु भएको छ उहाँ एक असल अनि इमानदार सुरक्षाकर्मी हुन । अझै देश तथा विदेशबाट सहयोग जुट्दै गरेको अभियान्ता भुपेन्द्र ब बुढाको भनाइ छ । विपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको छ । सामाजिक कार्यमा सक्रिय दिनेशकुमार वि.क.का अनुसार मनसराको उपचारमा अझै कति खर्च लाग्छ एकीन भएको छैन । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको वि.क.ले बताउनुभयो । आगामी दिनमा पनि अरु धेरै उपचार गर्नुपर्ने भएकाले सबैसित सहयोगको लागि अपिल गरिएको छ । पीडित मनसराको जीवन बचाउन सहयोग गर्नेले सम्पर्क न ९८६५६४१५१० र ९८६९५५३८०४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया