Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब चौरपाटी - ५ लुङ्ग्राले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मुजाबगर पुगेर गाउँपालिकाकी उपाध्यक्ष सरस्वति रावललाई रकम हस्तान्तरण  गरेको क्लबका कोषाध्यक्ष महेश बहादुर खड्काले जानकारी दिनुभयो । घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको कोषाध्यक्ष खड्काले बताउनुभयो । उहाँले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित युवा क्लबले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो।

विपत्तिको समयमा निस्वार्थ सहयोग गरेकोमा गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावलले त्रिपुरा देवि युवा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । सहयोगी मनलाई क्षमता अनुसार सहयोग गर्न पनि आग्रह उहाँले गर्नुभयो । युवा क्लबका कार्यसमिती सदस्य हरुले आफै रकम संकलन गरी उक्त रकम सहयोगा गरेको त्रिपुरा देवि युवा क्लबका कोषाध्यक्षा महेश बहादुर खड्काले बताउनु भयो मंगलबार गरिएको आर्थिक सहयोग कार्यक्रममा  रामारोशन गाउँपालिका -५ का वडाअध्यक्ष लक्ष्मण परियार, रामारोशन गाउँपालिका का निमित्त प्रमुख प्रसाशकिय अधिकृत राम बहादुर भण्डारी र ने बि संघका पुष्प बिष्टलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया