Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एक लाख बढीको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट

एक लाख बढीको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट

बैतडी : सुर्नया गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गर्दा १ लाख बढीका बराबरका म्याद सकिएका सामग्री बरामद गरि नष्ट गरिएको छ। संयुक्त बजार अनुगमन समितिले पालिकाका सबै बजार क्षेत्रमा अनुगमन गर्दा १ लाख १ हजार ६ सय ९० रुपैयाँ बराबरका म्याद सकिएकसामग्री बरामद गरि नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए।

उनले भने  ‘हामीले लगातार तिन दिन सम्म सुर्नयाका बजारमा अनुगमन गरयौं । त्यहाँ करीब एक लाख बराबरको म्याद गुज्रेको सामग्री फेला पारेर नष्ट गरेका छौं।’ गाउँपालिकाको सतबाँझ, धरमघर, श्रीभावर, ढोले, कठेगौंडा, सनेशेरीमाण्डौ लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको लेखकले बताए। अनुगमनका क्रममा बियर, पिठो, खानेतेल, चाउचाउ, बिस्कुट, नम्कीन लगायतका सामग्री बढी मात्रामा म्याद नाघेका पाइएका उनले बताए। उनले भने ‘हामीले बियर मात्रै २६ हजार बराबरको म्याद नाघेको फेला पार्‍यौं।

त्यस्तै खानेतेल पनि धेरै म्याद नाघेको पाइएको छ । म्याद नाघेका सामग्री हामीले मुचुल्का बनाएर नष्ट गरेका छौं।’अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री विक्रि नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेभल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ। उपभोक्ता अधिकारका बिषयमा अझै पनि नागरिक जागरुक नभएकाले म्याद गुज्रेका सामग्री खरीद विक्रि भईरहेको लेखकले बताए।

अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्यसूची नराखिएको, दर्ता नभएको पाइएकाले यथाशीघ्र प्रक्रियामा आउन व्यापारीहरुलाई आग्रह गरिएको छ । सुर्नयामा एकसय भन्दा बढी होटेल, किराना पसल, औषधि पसल लगायतमा अनुगमन गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ।

जिल्लाका १० ओटै स्थानीय तहका मुख्य बजारमा अनुगमन गर्न कार्यसूची रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख लेखकले बताए। अझै पनि उपभोक्ताहरुमा उपभोक्ता हितका बारेमा ज्ञान नहुँदा सामग्रीको उपभोग्य मिति हेर्ने बानी नभएको बताइएको छ। बजारमा अनुशासन कायम गर्नका लागि उपभोक्ताहरुपनि सचेत हुनु जरुरी रहेको अनुगमन टोलीको निष्कर्ष छ।

प्रतिक्रिया