Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बोक्सी आरोपमा बर्बरता

बोक्सी आरोपमा बर्बरता

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा नौ दिनअघि नयाँ धामी उत्रिएको हल्ला फैलियो। २९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता (धामी) बस्ने कुरा चलेपछि छरछिमेकी भेला भए। स्थानीय एक ३८ वर्षीया महिला पनि सीमा जोडिएको उक्त घरमा चिन्ता बसेको हेर्न गइन्। 

‘शरीरमा धामी उत्रिएको’ भन्दै धनहीरा थाल ठटाएर घरको बरण्डामा चिन्ता बसिरहेकी थिइन्। त्यही घरको कोठामा बसेर झ्यालबाट चिन्ता हेरिरहेकी ती महिलालाई उनले एक्कासि बोक्सी आरोप लगाइन्। चिन्ता बसेको ठाउँमा जथाभावी गर्दै ‘बोक्सीको तन्त्रमन्त्र लगाएर धामीविद्यामा असर पुर्‍याएको’ भन्दै धनहीरा जाइलागिन्। 

‘आफूले कुनै गल्ती नगरेको भन्दै पीडित महिलाले चिन्ताको थानमा पुगेर माफी मागिन्’, एक स्थानीयले भने, ‘तर, धनहीराले थानमा चिन्ता बस्दा प्रयोग गरेको त्रिशूल उठाएर धनहीराले प्रहार गर्न थालिन्।’ केही स्थानीयले उक्त घटनाको भिडियो खिचे। उक्त भिडियोमा पीडितलाई बोक्सी आरोप लगाउँदै एकोहोरो त्रिशूलले कुटपिट गरिरहेको देख्न सकिन्छ। बोक्साबोक्सीजस्तो अन्धविश्वासलाई कानुनले दण्डनीय बनाए पनि समाजबाट उन्मूलन नभइसकेको यो घटनाले देखाएको छ।  

एक स्थानीयका अनुसार अरूले नछुट्ट्याएको भए पीडितको ज्यानै जान सक्थ्यो। घटनामा पीडितले भने प्रतिवाद गरिनन्। चिन्ता हेर्न भेला भएकामध्ये अधिकांशले घटना रोक्नुपर्नेमा उल्टै ‘गल्ती गर्नेलाई यसै गर्नुपर्छ’ भन्दै धनहीराको समर्थन गरेको पाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार धनहीराले त्रिशूलले प्रहार गर्दा, घोच्दा तथा अगुल्टोले बारम्बार हान्दा पीडितको शरीरभर चोट लागेको छ। मंगलबार साँझदेखि चिन्ता बसेकी आरोपित महिलाले पीडित महिलालाई बुधबार बिहान ४ः३० बजेतिर बोक्सी आरोप लगाउँदै चरम यातना दिएको खुलेको ढकालको भनाइ छ।  ‘एक निरीह महिलामाथि बर्बर यातना दिँदै निर्घात कुटपिट गरेको भिडियोमा पनि देख्न सकिन्छ’, उनले भने, ‘घटनाबारे थप बुझ्ने र अनुसन्धान गर्ने काम भइरहेको छ।’ 

पीडितलाई घोप्टो पारी आँगनमा बलिरहेको आगोमा समेत हाल्न खोजिएको स्थानीयको भनाइ छ। ‘आगोमा हाल्न खोजेपछि हामीले रोक्यौं’, एक स्थानीयले भने, ‘नभए सबै शरीर जल्ने थियो।’

प्रहरीका अनुसार त्रिशूलले छेडेको, प्रहार गरेको र अगुल्टोले बारम्बार हानिएकी पीडितको शरीरभर नीलडाम र चोट छ। निधार, दुवै पाखुरा, हत्केला, पेट, दुवै खुट्टा, घुँडा, अनुहार, कुम सबैतिर चोट रहेको ढकालले सुनाए। पाखुरा र कुममा आगोले पोलेको चोट छ। उनका अनुसार छेडेर चोट लागेका ठाउँबाट धेरै रगत पनि बगेको पाइयो।  
कुटपिटबाट घाइते महिला बुधबार दिनभर ओछ्यानमै थला परेकी थिइन्। कुटपिटको भिडियोसहित पीडित पक्ष बिहीबार बिहान प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएको हो। पीडित पक्षले किटानी जाहेरी दिएसँगै आरोपित धनहीरालाई प्रहरीले बिहीबारै नियन्त्रणमा लिएको छ।  

पीडितका श्रीमान्ले घटना थाहा पाएपछि आफू कान्छी श्रीमतीसहित बुधबार साँझ घर आइपुगेको सुनाए। ‘मलाई बुधबार बिहान ९ बजेतिर श्रीमतीले घर आउनू–आउनू भन्दै फोन गरिन्। तर घटना खुलाइनन्’, उनले भने, ‘दिउँसो छरछिमेकीले फोन गरेर सुनाए। त्यसपछि हामी घर आइपुगेर हेर्दा अवस्था दर्दनाक रहेको पायौं।’ उनले घटनाको भिडियो प्रहरीलाई बुझाइएको सुनाए। उनकी कान्छी श्रीमतीले पीडित महिलाको स्याहार गरिरहेकी छन्। दुवै जनाले पीडितलाई उपचारका लागि बिहीबार उर्लाबारीको मंगलबारे अस्पताल पुर्‍याए। 

पीडितका श्रीमान्ले सिमाना जोडिएका छिमेकीसँग रिसइबी नभएको बताए। ‘छिमेकमा मिलेरै बसेका थियौं। आजसम्म ठूलो बोली पनि भएको थिएन’, उनले भने, ‘तर बर्बर यातना दिएको घटनाले छाँगाबाट खसेजस्तो भएको छु। यो अमानवीय घटनाले दुःखी र त्रसित बनाएको छ।’ प्रहरीले घटनामा प्रयोग गरिएको त्रिशूल बरामद गरेको छ। प्रहरी निरीक्षक ढकालले कुटपिटमा संलग्न महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउन घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। यस्तो घटना हुनु दुःखद् भएको उनको भनाइ छ। 

पीडित महिला घरमा देवरका ८ वर्षीय छोरासहित बस्दै आएकी छन्। उनीपट्टिकी छोरीको बिहे भइसकेको छ। पारिवारिक सल्लाहमै श्रीमान्ले तीन वर्षअघि दोस्रो बिहे गरेको जनाइएको छ। उनी कान्छी श्रीमतीसहित झापाको सुरुंगामा बस्दै आएका छन्। 

कोही त्रसित, कोही पीडककै पक्षमा

धनहीरा आफ्नो शरीरमा धामी उत्रिएको भन्दै एक सातासम्म केही पनि नखाई र कोहीसँग पनि नबोली कोठामा गुप्तबास बसेको जेठानी सविता राईले सुनाइन्। बिहान उठेर नुहाइधुवाइबाहेक उनले केही पनि नगरेको सविताको भनाइ छ। 

‘निराहार तपस्याबाट शरीरमा कुल देउता भित्रिए’, उनले भनिन्, ‘त्यही देउताले दुःख दिनेलाई देख्न नसकेको हाम्रो बुझाइ छ।’ देवरानीले देउता हिँड्ने बाटोमा छेकेर अवरोध गर्ने गरेका कारण त्रिशूल हानेको आफूलाई बताएको उनको भनाइ छ। ‘आफ्नै घरमा बसेको भए हुन्थ्यो। चिन्ता बसेको अर्काको घरमा आएर घटना भयो भन्नु सान्दर्भिक हैन’, स्थानीय बलदेव राईले पीडितप्रति लक्ष्य गर्दै भने, ‘गल्ती नगरेको भए चिन्ता बसेको थानमा गएर किन ढोग्दै माफी माग्नु ? गल्ती गरेको सजाय देउताले दिएको हो भन्ने हाम्रो ठहर छ।’ तर, कुटपिट अति नै हुन थालेपछि र आगोमै हाल्न खोजिएपछि भने छुट्ट्याएको उनको भनाइ छ। 

बिहीबार दिउँसो घटनास्थलमा पुग्दा घटना हुनुमा पीडितकै गल्ती देखाउने स्थानीय धेरै देखिएका थिए। केही स्थानीय र बालबालिका घटना सम्झिएर त्रसित देखिन्थे। एक स्थानीयले भने अझै बोक्सीको कुसंस्कार कायमै हुँदा यस्ता अन्धविश्वासले समाजलाई माथि उठ्न नदिने बताए। अन्नपूर्ण पोष्ट

प्रतिक्रिया