ताजा अपडेट
जापानबाट कुँवरद्धारा एकल महिलाहरुलाई दशैंमा कपडा बितरण
साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर घर भई हाल जापानमा बस्दै आउनु भएका नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य एवंम नेपाली जनसम्पर्क समिति कान्तोका सचिव लोकेन्द्र जंग कुँवरले एकल महिलाहरुलाई कपडा उपलब्ध गराउनु छ ।
समाजसेबी कुँवरले सिद्धेश्वरका एकल महिलाहरुलाई दशैंको अवसरमा उपहार स्वररुप एक एक जोर कपडा बितरण गर्नु भएको हो । आज साँफेबगरमा उहाका दाजु रुप बहादुर कुँवरले २८ जना एकल महिलाहरुलाई कपडा बितरण गरेको जानकारी दिनु भयो ।
स्वर्गीय आमा धनशोभा देबी कुँवरको सम्झनामा आमाको साथीहरुलाई दसैमा उपहार स्वरुप कपडा उपलब्ध गराएको समाजसेबी लोकेन्द्र जंग कुँवरले जानकारी दिनु भयो । कुँवरले बिभिन्न समयमा जापानबाट बिपन्न, असहाय,अपाग,एकल महिलाहरुलाई आर्थिक सहयोग गर्दे आउनु भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया