Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

न सपिङ न तडकभडक, कलाकारको दसैँ

न सपिङ न तडकभडक, कलाकारको दसैँ

नेपालीको महान पर्व दसैँको आज दशौं दिन अर्थात् टीकाको दिन। दसैँलाई सपिङ, आफन्त भेटघाट र रमाइलो गर्ने अवसरका रूपमा लिइन्छ। दसैँ मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने समेत गरिन्छ। यतिमात्र कहाँ हो र राम्रो लगाउने र मीठो खाने अवसर पनि दसैँले जुराइरहेको हुन्छ। तर, विगतका वर्षजस्तो यो वर्षको दसैँ त्यति उल्लास छैन। कोरोना महामारीको डरैडरकाबीच दसैँ मनाउनुपर्ने बाध्यता छ।

कोरोनाका कारण मानिसहरू आफ्नो घरसमेत जान पाएका छैनन्। सरकारले समेत जो जहाँ हुनुहुन्छ त्यही दसैँ मनाउन अनुरोध गर्दै आएको छ। कोरोनाको असर नेपाली कलाकारलाई पनि नलाग्ने त कुरै भएन। कतिपय कलाकार कोरोनाको डरले सपिङदेखि गाउँ फर्कनसमेत पाएका छैनन्। केही भने गाउँ पुगिसकेका छन्। गाउँघरमा समेत उनीहरू सावधानीसाथ दसैँ मनाइरहेका छन्।

हरिवंश आचार्य-मदनकृष्ण श्रेष्ठ

चर्चित हास्य कलाकार हरिवंश केही दिन अगाडिमात्र कोरोना संक्रमणमुक्त भएका छन्। उनले यो वर्षको दसैँ कोेरोना वर्षका रूपमा मनाउँदैछन्। दसैँका लागि भनेर उनले कुनै पनि विशेष योजना बनाएनन् कोरोना संक्रमणमुक्त भएपछि थप सुरक्षित भएर बसिरहेका हुन्। परिवारका सदस्यबीच सामान्य तरिकाले मनाइरहेका छन्। मदनकृष्णले पनि घरमै बसेर दसैँ धुमधाम साथ मनाइरहेका छन्। उनले सबैलाई सकेसम्म भर्चुअल दसैँ मनाउन अनुरोध गरेका छन्।

सञ्चिता लुइँटेल 

सञ्चिता यो वर्षको दसैँ काठमाडौंमै मनाइरहेकी छन्। उनी श्रीमान निखिल उप्रेती र छोराछोरीसँगै काठमाडौं छिन्। उनीहरूले घरभित्रै दसैँ मनाइरहेका छन्। पहिले त उनी दसैँको ९ दिन निराहार व्रतसमेत बस्थिन्। “तर, यो पटक कोरोनाका कारण फलफूल खाएर दुर्गाको पूजा गरेकी छु। म सबैलाई सुरक्षित भएर सामान्य तरिकाले दसैँ मनाउन अनुरोधसमेत गर्छु,” सञ्चिताले भनिन्। 

दीपकराज गिरी

दीपक शाकाहारी बनेको ८ वर्ष भयो। त्यो भन्दा पहिला उनलाई दसैँ भनेकै मासु मात्र हो जस्तो लाग्थ्यो रे। तर, अचेल उनी शाकाहारी बनेर दसैँ मनाउँछन्। दसैँ सधैँ चन्द्रागिरि नगरपालिकाको दहचोकमा मनाउँछन्। त्यहाँ उनको बाल्यकालको सम्झना गाँसिएको छ। यो वर्ष कोरोना महामारीको वर्षको रूपमा मनाउँदैछन्। 

सुनिता दुलाल

गत वर्ष उनले आफ्नै गाउँ सिन्धुपाल्चोकमा दसैँ मनाएकी थिइन्। तर, यो वर्ष भने काठमाडौंमै छिन् कोरोनाका कारण न सपिङ गरिन्। न त कुनै विशेष योजना छ। काठमाडौंमै घरभित्रै सीमित रहेर दसैँ मनाइरहेकी छन्। उनले विगत वर्षमा किनेका कपडाबाटै यो वर्षको दसैँलाई बिदाइ गर्दैछिन्। “कोरोनाबाट बाँचियो भने दसैँ त अर्को वर्ष मनाई हालौंला, यो वर्ष सुरक्षित भएर कोरोनासँग लडौं। यो वर्षको दसैँलाई सुरक्षित भएर घरभित्र सीमित पारौं,” सुनिताले भनिन्।  दसैँ, तिहारमा विभिन्न कार्यक्रम समेत हुन्थे। तर, यो वर्ष कुनै पनि कार्यक्रम छैनन्।

मनोज गजुरेल

यो पटकको दसैँमा उनी काठमाडौंमैं छन्। यो वर्ष उनले अनलाइन दसैँ मनाऔं भन्ने सन्देश बोकेका छन्। “यो वर्ष भर्चुअल दसैँ मनाऔं, बाँचियो भने फिल्डमै गएर त अर्को वर्ष मनाउँला,” उनले भने।

 

प्रियंका कार्की

प्रियंका पहिलो पटक आफ्नो श्रीमानसँग दसैँ मनाउँदैछिन्।

गत वर्षको फागुनमा विवाह गरेकी प्रियंका यो पटकको दसैँ श्रीमान आयुषमान देशराजजोशीसँगै मनाइरहेकी हुन्। “घरबाहिर गएर दसैँ मनाउन निकै डर छ। घरभित्रै सीमित सदस्यबीच मात्र दसैँ मनाइरहेका छौं,” प्रियंकाले भनिन्।

जीतु नेपाल

यो वर्ष दसैँमा उनले अति आवश्यक सामानबाहेक अन्य किनमेल गरेनन्। त्यस्तै भीडभाड पनि कम गर्ने सोचमा छन्। दसैँ लोकन्थलीको घरमै मनाइरहेका छन्। यसपालिको दसैँलाई कोरोना वर्षको रूपमा सम्झेर सामान्यतरिकाले मनाइरहेका छन्।

नम्रता सापकोटा

यो वर्षको दसैँ उनी काठमाडौंमै मनाइरहेकी छन्। विगतका वर्षमा मामाघर बुटवल जान्थिन्। तर, कोरोनाले गर्दा कति कतै पनि जान पाइनन्। “घरमै परिवारसँगै टीका लगाएर रमाइलो गर्छौं। काठमाडौंमा कोरोना धेरै फैलिएकाले सपिङसमेत गरेकी छैन। म सजग भएर बसिरहेको छु । सबैलाई सजक रहन अनुरोधसमेत गर्दछु,” उनले भनिन्।

प्रतिक्रिया