Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

क्लिन फिड लागू भएसँगै केवल टेलिभिजनको मूल्य वृद्धि : आइपीएल आजबाट हेर्न पाइने, इपीएल कहिले देखि ?

क्लिन फिड लागू भएसँगै केवल टेलिभिजनको मूल्य वृद्धि : आइपीएल आजबाट हेर्न पाइने, इपीएल कहिले देखि ?

सरकारले कात्तिक ७ देखि क्लिन फिड अनिर्वाय रुपमा लागू गरेको छ । जसको प्रभाव घर घरमा रहेका टेलिभिजन उपभोक्ताहरुमा देखिन थालेको छ ।

विदेशी च्यानल र कन्टेन्टमा रमाउने नेपाली उपभोक्तालाई क्लिन फिडका कारण समस्या परिरहेको सोझै अनुमान गर्न सकिन्छ । भारतको जि नेटर्वकको १२ वटा च्यानल हाल प्रसारण भइरहेको छ भने सोनि नेटर्वकको १९ वटा च्यानलको सिग्लन आइरहेता पनि क्लिन फिडमा नआएको हुनाले नेपाल सरकारको निर्णय अनुसार प्रसारण रोकिएको नेपाल केवल टिभी महासंघका अध्यक्ष सुधिर पराजुलीले बताएका छन् ।

प्राविधिक समस्या चाँडै हल गरेर सोनि नेटर्वकको च्यालन प्रसारण गर्ने तयारीमा रहेको उनले बताए । अहिले नेपाली उपभोक्तामा खासगरी भारतमा जारी आइपीएलको प्रसारण कहिले देखि हुन्छ भन्ने चासोको विषय बनेको छ ।

यस जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले आइपीएलको प्रसारण आजैदेखि हुने प्रस्ट्याएका छन् । आइपीएल आउने च्यानल क्लिन फिडमा आएको बताउँदै आजैदेखि प्रसारण गरिएको उल्लेख गरेका छन् । प्राविधिक समस्याका र चाहिने सामाग्री नआईपुगेको कारण स्टार नेटर्वकको ३२ वटा च्यानल प्रसारण हुन अझै १ साता लाग्ने उनले बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय फूटबल म्याच हेर्न नेपाली उपभोक्ताले अझै एक साता कुर्नु पर्ने अवस्था रहेको देखिन्छ, नेपाल सरकारको निर्णयलाई पालना गर्दै क्लिन फिड लागू गरे पनि केवल टिभी अपरेटरहरुले आएको फिडमा केहि रकम मुनाफा राखि प्रसारण गर्ने भएको हुनाले तिहार लगत्तै २५ प्रतिशत मूल्य वृद्धि हुनेछ ।‘

केवल टेलिभिजनले पनि केहि प्रतिशत (मार्जिन) मुनाफा राख्नुपर्ने भएकोले एक वर्ष भित्रमा २ गुणा मूल्य वृद्धिहुने प्रक्षेपण अध्यक्ष पराजुलीले गरेका छन् । उनले यसकोे प्रत्यक्ष असर आम उपभोक्तामा नै पर्ने बताएका छन् ।

अध्यक्ष पराजुलीका अनुसार केवल टिभि अपरेटरहरुले चाँडै चन्दा चाँडै प्रविधिक समस्या हल गरेर क्लिन फिड च्यानलहरु प्रसारण गर्ने तयारीमा रहेका छन् । तर, विदेशबाट प्रसारण हुने च्यानलहरु विदेशीकै नियन्त्रणमा रहेको कारण समयमै उपलब्ध गराउन सक्नेमा आफू विस्वस्थ नरहेको उनले बताए ।

साथै, कार्टुन नेटवर्क, सीएनएन इन्टरनेशनल, पोगो र वार्नर ब्रदर्स नामका च्यानलको प्रसारण नेपालमा अनिश्चितकालका लागि बन्द भएको छ । ग्राहकहरुसँग शुल्क उठाइसकेका टेलिभिजन अपरेटरहरुको आलोचना भइरहेको अवस्थामा अध्यक्ष पराजुलीले उपभोक्तामा क्लिन फिडको सचेतना कम रहेको टिप्पणी समेत गरेका छन् ।।

प्रतिक्रिया