ताजा अपडेट
अछाममा पहिलो पटक संचारकर्मीलाई कोरोना संक्रमण
संचारकर्मी पूर्ण बहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल फोटो पत्रकार महासंघ अछाम का सचिव तथा सुदूरआज डटकमका सम्पादक रहेका खड्कालाई आज आईतबार कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको पुष्टी भएको हो ।
कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको सुचना अधिकारी टेकबहादुर बिष्टले बताए । खड्काले आफु पनि कोरोनाबाट अछुतो नरहेको भनेर सामाजिक संजालमा जानकारी दिएका छन् ।
मंगलसेन नगरपालिका ७ घर भएका उनले आफुसंग भौतिक रुपमा नजिक रहेकाहरुलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् । सामान्य खोकी र ज्वरोको लक्षण रहेकोे उनले बताए । उनि अछाममा कोरोना संक्रमित हुने पहिलो संचारकर्मी हुन् ।
खड्काले कोभिड १९ को संक्रमण सुरुवात भएदेखि नै अछाम जिल्लामा फ्रण्टलाईनमा रहेर काम गरिरहेका छन् । खड्का न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा समेत आवद्ध छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया