ताजा अपडेट
चिठ्ठा पर्यो वा गिफ्ट पठाइदिन्छ भन्दै विभिन्न सामाजिक सञ्जालमा म्यासेज आए होसियार, ठगिन पनि सक्नु हुन्छ!
विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने तथा ठूलो रकम चिठ्ठा पर्यो भन्दै ठगी गर्ने समुह अझै पनि संक्रिय भएको प्रहरीले जानकारी दिएको छ। यस्ता गिरोहले विदेशमा तथा देशमा बसेर ठगी गर्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।
यस्ता समुहले विभिन्न मानिसलाई फेसबुकमा विदेशी नाम गरेको व्यक्तिको आइडी खोली वा भाइवर, ह्वाट्सएप मार्फत ठगी गर्ने गरेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए। गिफ्ट र चिठ्ठाको प्रलोभनमा पारेर नेपालमा रहेको विभिन्न बैंकको खाता नम्वर दिइ सुरुमा केही रकम हाल्न लगाएर ठगी गर्ने गरेको भेटिएको छ।
यहि शैलीमा धेरै पहिला देखि नै ठगी गर्ने गिरोह संक्रिय रहेका छन्। त्यसैले प्रहरीले चिन्दैनचिनेका मानिससँग सामाजिक सञ्जालबाट चाँडै नजिकिन र आफ्ना गोप्य कुराहरु शेयर नगर्न समेत अनुरोध गरेको छ। कसैले यसरी गिफ्ट पठाउने भन्दै पैसा मागे प्रहरीलाई खवर गर्न समेत अनुरोध गरेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया