Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

क्यान्सर पीडित मनसराको जीवन बचाउन अछामका युवाहरु अभियानमा , १ लाख ७० हजार हस्तान्त्रण गरियो

क्यान्सर पीडित मनसराको जीवन बचाउन अछामका युवाहरु अभियानमा , १ लाख ७० हजार हस्तान्त्रण गरियो

 

धिरज कुँवर  साउन ११ ,अछाम

अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीय स्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर  पीडित किशोरीलाई हस्त्तान्तरण गरिएको छ ।

सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए  । ढकारी गाउँपालिका- ६ मोयागाडा कि १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । उपचाररत किशोरीको लागि मंगलसेन नगरपालिका -५का युवा रिदम बिसीर जगत वडले आफैं  र अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय ३५  रुपैयाँ र ढकारी गाउँपालिकाका भुपेन्द्र बुढा र देबेन्द्र बुढाले स्थानीय स्तरबाट संकलन गरेको १ लाख ५ हजार गरि १ लाख ७० हजार ३ सय ८ रुपैयाँ  हस्तान्तरण गरिएको हो । आइतबार नै क्यान्सर पिडित किशोरीलाई नेपाली नागरिकता प्रदान गर्दै अछामका प्रमुख जिल्ला अधिकारी पौडेलले पिपडितको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अभियन्ता बुढाका अनुसार उसअघि सहयोगी व्यक्तिहरुबाट प्राप्त भएको  २० हजार १२ रुपैयाँ किशोरीकी आमालाई बुझाइएको थियो । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको हो । उनका बुवाको निधन भैसकेकाले पनि पारिवारिकरुपमा समस्या रहेको हुँदा आफन्तको सहयोगले अस्पतालसम्म पुर्‍याइएको  हो ।  पीडितका आफन्त समेेेमेत रहेका भुपेन्द्र बहादुर बुढाका अनुसार मनसराको उपचारमा करिब १० लाखसम्म खर्च लाग्ने छ । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताउनुभयो ।

क्यान्सर पीडित  मनसराको जीवन बचाउन सहयोग गर्न चाहने महानुभावहरुले भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाको सम्पर्क नम्बर क्रमशः ९८६५६४१५१०, ९८६९५५३८०४ मा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । अथवा देबेन्द्र बहादुर बुढाको सिटिजन्स  बैंक ढकारी अछामको खाता नम्बर ०७९०१०००००२१४०४१ मा रकम जम्मा गरी सहयोग गर्न सकिने उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया