Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

क्यान्सर पीडित मनसराको जीवन बचाउन अछामका युवाहरु अभियानमा , १ लाख ७० हजार हस्तान्त्रण गरियो

क्यान्सर पीडित मनसराको जीवन बचाउन अछामका युवाहरु अभियानमा , १ लाख ७० हजार हस्तान्त्रण गरियो

 

धिरज कुँवर  साउन ११ ,अछाम

अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीय स्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर  पीडित किशोरीलाई हस्त्तान्तरण गरिएको छ ।

सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए  । ढकारी गाउँपालिका- ६ मोयागाडा कि १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । उपचाररत किशोरीको लागि मंगलसेन नगरपालिका -५का युवा रिदम बिसीर जगत वडले आफैं  र अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय ३५  रुपैयाँ र ढकारी गाउँपालिकाका भुपेन्द्र बुढा र देबेन्द्र बुढाले स्थानीय स्तरबाट संकलन गरेको १ लाख ५ हजार गरि १ लाख ७० हजार ३ सय ८ रुपैयाँ  हस्तान्तरण गरिएको हो । आइतबार नै क्यान्सर पिडित किशोरीलाई नेपाली नागरिकता प्रदान गर्दै अछामका प्रमुख जिल्ला अधिकारी पौडेलले पिपडितको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अभियन्ता बुढाका अनुसार उसअघि सहयोगी व्यक्तिहरुबाट प्राप्त भएको  २० हजार १२ रुपैयाँ किशोरीकी आमालाई बुझाइएको थियो । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको हो । उनका बुवाको निधन भैसकेकाले पनि पारिवारिकरुपमा समस्या रहेको हुँदा आफन्तको सहयोगले अस्पतालसम्म पुर्‍याइएको  हो ।  पीडितका आफन्त समेेेमेत रहेका भुपेन्द्र बहादुर बुढाका अनुसार मनसराको उपचारमा करिब १० लाखसम्म खर्च लाग्ने छ । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताउनुभयो ।

क्यान्सर पीडित  मनसराको जीवन बचाउन सहयोग गर्न चाहने महानुभावहरुले भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाको सम्पर्क नम्बर क्रमशः ९८६५६४१५१०, ९८६९५५३८०४ मा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । अथवा देबेन्द्र बहादुर बुढाको सिटिजन्स  बैंक ढकारी अछामको खाता नम्बर ०७९०१०००००२१४०४१ मा रकम जम्मा गरी सहयोग गर्न सकिने उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया