Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

कमलबजार विमानस्थल –बजेट भाषणमा आउँछ , काम हुँदैन

कमलबजार विमानस्थल –बजेट भाषणमा आउँछ , काम हुँदैन

मेनुका ढुंगाना
(अछाम)
अछामको कमलबजार नगरपालिकामा पर्ने विमानस्थल तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेपछि परिक्षण उडान समेत भर्न नपाउँदै बन्द भयो । २०५८ सालमा तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेर निर्माण सम्पन्न भै सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर भत्काएपछि परिक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको हो । हरेक वर्ष अछामका सरोकारवालाले विमानस्थलको बारेमा पटकपटक केन्द्र सरकारलाई आग्रह गर्दा पनि प्रथामिकतामा नपरेको विमानस्थलमा चालु आवमा भने ३ करोड बजेट विनियोजन गरिएको छ ।
२०५१ सालमा विमानस्थलको काम उपभोक्ता मार्फत सुरु गरी अन्तिम चरणमा पुगेको बेला नै शसत्र द्धन्द सुरु हुँदा काम रोकिएको विमानस्थल निर्माणका अगुवा एवम् कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले बताए । ‘विमानस्थल जसरी पनि संचालन गर्नुपर्छ भनेर ०५१ साल देखि निरन्तर काममा लागि रह्यांै । त्यतिखेर देशमा संक्रमणकाल सुरु भयो । हामी ज्यान जोगाउनलाई भाग्न बाध्य भयौं’ नगरप्रमुख विष्टले भने ,‘ त्यो बिचमा हवाइ मैदान निर्माण, विमानस्थलका घर बनाउने काम र टावर बनाउने काम सकिएको थियो । शसत्र जनआन्दोलमा त्यो सबै ध्वस्त भयो ।’  उनका अनुसार तत्कालिन समयमा ४ करोड ६३ लाखमा स्टेमेट भएको विमानस्थलमा तत्कालिन समयमा २ करोड ५० लाख खर्च भइसकेको थियो । 
गत आवमा अछामको कमलबजार नगरपालिका,पंचदेवल विनायक नगरपालिका,ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाले विमानस्थल संचालका लागि ४ करोड छुट्याउने सहमति गरे पनि केन्द्र सरकारले स्थानीय तहले रकम छुट्याएर काम गर्न नसक्ने जवाफ फर्काएको विष्टको भनाइ छ । ‘अघिल्लो सरकार हुने बेला विमानस्थल संचालनको लागि गत वर्ष मन्त्रालयलाई निवेदन दिनुहोस् भनेपछि हामीले त्यसै गर्यौं तर पनि केन्द्र सरकारले कुनै वास्ता गरिदिएन । स्थानीय तहको तर्फबाट गर्नु पर्ने कामको लागि हामी जहिल्यै तयार छौं । दुर्गमका जनताको पिर मर्का केन्द्र सरकारले नबुझेको महसुस भएको छ ।’ अहिले सुदूरपश्चिमका सबै विमानस्थलका लागि बजेट विनियोजन गरेको र कमलबजार विमानस्थललाई पनि ३ करोड बजेट विनियोजन गरेको उनले बताए । ‘अहिलेको बजेटले के कति काम हुने भन्ने स्टमेट बनाउन केन्द्र बाट नै टोली आउने भनिएको छ  ।’ विष्टले भने ।
०६३ सालमा शान्ति सम्झौता भएपछि ध्वस्त विमानस्थल पुनःनिर्माण गर्न पहल भने नभएको होइन । तत्कालीन एमाओवादीको सरकार रहेको बेला पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाए पनि यो पनि गफमै सिमित भएको छ । द्वन्द्वको क्रममा तत्कालीन माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्णरुपमा ध्वस्त बनाएको थियो । तत्कालिन मन्त्री विष्ट मगरले अछामको कमलबजारको विमानस्थलको उद्धघाटन गर्दै जसरी पनि नियमित जहाज कमलबजारबाट उडाएरै छोड्ने प्रतिबद्धता जनाएको कमलबजार नगरपालिका –१ का स्थानीय तेजबहादुर विष्टले बताए ।  ‘शान्ति प्रक्रियामा आएको १५ वर्ष बितिसक्दासमेत विमान नचल्दा यहाँका बासिन्दा निराश र आक्रोशित छन् । राजधानी काठमाडौंबाट अछाम पुग्न सडक यातायातमार्फत ३ दिन लाग्छ उनले भने ,‘विमान सञ्चालन नहुँदा बिरामीलाई अस्पताल पुर्याउन यहाँका बासिन्दाले सबैभन्दा बढी खेप्नु परेको सास्ती र पीडा हो । ’आपत्कालीन अवस्थामा उपभोग गर्न पाउनुपर्ने अत्यावश्यक सुविधाबाट समेत यहाका बासिन्दका वञ्चित भएको उनले बताए । कमलबजार विमानस्थल सञ्चालन नहँुदा हाल गौचरनमा परिणत भएको छ । ‘विमान उडनुपर्ने धावनमार्गमा धुलो उडिरहेको छ । धावनमार्गको लम्बाइ ८०० मिटर रहेको विमानस्थलको संरक्षण समेत हुन नसक्दा अहिले गौचरणमा परिणत मात्र भएको छैन, भौतिक संरचनापनि तहसनहस भएको छ  । ’उनले भने ।
उनका अनुसार हाल कमलबजार विमानस्थल गौचरन, खेलमैदान, सवारीसाधन सिक्ने मैदान र जनावरको बासस्थान , राजनैतिक दलको आमभेला गर्ने मैदानको रुपमा परिणत भएको छ । 
शान्ति प्रक्रियामा आएको १० वर्ष बितिसक्दासमेत विमानस्थल कार्यालयको पुनर्निर्माण हुन सकेको छैन । विमानस्थलको धावनमार्ग र कार्यालय पुनर्निर्माणको पर्खाइमा रहेको छ । कार्यालय अलपत्र अवस्थामा छ । विमानस्थलको टावर पनि भग्नावशेषमा परिणत भएको छ । स्थानीयबासीले पटक–पटक सरकारसंग विमानस्थल सञ्चालनका लागि आग्रह गर्दासमेत कामले गति लिन नसकेको गुनासो गरेका छन् । विमानस्थल प्रयोगविहीन भए पनि संरक्षणतर्फ पनि सरकारको ध्यान जान सकेको छैन् ।

प्रतिक्रिया