Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दिर्घराज भाट बचाउन भारतमा अभियान , १ लाख बढी रकम परिवारलाई हस्तान्तरण

दिर्घराज भाट बचाउन भारतमा अभियान , १ लाख बढी रकम परिवारलाई हस्तान्तरण

धिरज कुँवर  साउन २६ ,अछाम
लामो समयदेखि एच. एल. एच. रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका–१० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन् ।आर्थिक अभावले उपचारमा समस्या आएपछि भारतका  विभिन्न ठाउँमा रहेका अछामीलगायतले भाटको उपचारको लागि आर्थिक सहयोगका लागि अभियान संचालन गरेका थिए । 
साँफेबगर नगरपालिका १० घुँघुँरकोटका सामाजिक अभियन्ता प्रमुख टोपराज खड्काको संयोजकत्वमा १ लाख १८ हजार रूपैँया भाइ मिनप्रसाद भाटलाई हस्तान्तरण गरिएको नेपाली जनसम्पर्क समिति चर्निरोड शाखाका अध्यक्ष खेमराज खड्काले हाम्रो बुलेटिनलाई जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा जनकराज भण्डारी र टंकप्रसाद भण्डारीको पहलमा भारतको विभिन्न शहरबाट आथिक संकलन गरिएको हो । फुजल खर्च कटाएर मानविय नाताले आफ्नो इच्छा अनुसार अछाम भाटको ज्यान बचाउन अभियान चलाइएको खड्काले बताउनुभयो । रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा कोरोना भाइरसको महामारीको बेला पनि सक्रिय भएर आर्थिक अभियान संचालन गरिएको उहाँले बताउनुभयो । रकम हस्तान्तरण कार्याक्रममा नरेन्द्र खड्का, बिरबहादुर खड्का ,मुकेस खड्का तपेन्द्र कार्की, प्रदिप भाट, जित बोगटी र अभियन्ता प्रमुख टोपराज खड्काको सहभागिता रहेको थियो । 
धेरै ज्वरो आएपछि गत जेठमा उपचारका लागि धनगढीको एक अस्पताल पुगेका उनमा डाक्टरले जण्डिस बिग्रिएको भनेर जानकारी गराएका थिए । धनगढीमा उपचार सफल हुन नसकेपछि काठमाडौँ आउनु अगाडि नेपालगञ्ज अस्पतालले क्यान्सरको आशंका गरेपनि क्यान्सर हो या होइन भन्ने पुष्टि गरेको छैन । उहाँ उपचार पाउने आसमा सहयोगी मनहरूसँग आर्थिक सहायताको अपेक्षा गरिरहनुभएको छ ।
उपचारमा यति नै खर्च लाग्छ भनेर यकिन नभएको उनको हेरबिचारमा तल्लीन रहेकी उहाँकी श्रीमतीले बताउनुभयो । देउडा गायनमा रुचि राख्ने भाटले २०५२ सालमा एउटा देउडाको गिति एल्बम समेत बजारमा ल्याएका थिए ।भाटलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले ग्लोबल आईएमई बैंकमा रहेको दीर्घराज भाटको व्यक्तिगत खाता नं. j९०७०१००००७५९ ( (J 907010000759) मा आर्थिक सहयोग गर्न भाटले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया