Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दिर्घराज भाट बचाउन भारतमा अभियान , १ लाख बढी रकम परिवारलाई हस्तान्तरण

दिर्घराज भाट बचाउन भारतमा अभियान , १ लाख बढी रकम परिवारलाई हस्तान्तरण

धिरज कुँवर  साउन २६ ,अछाम
लामो समयदेखि एच. एल. एच. रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका–१० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन् ।आर्थिक अभावले उपचारमा समस्या आएपछि भारतका  विभिन्न ठाउँमा रहेका अछामीलगायतले भाटको उपचारको लागि आर्थिक सहयोगका लागि अभियान संचालन गरेका थिए । 
साँफेबगर नगरपालिका १० घुँघुँरकोटका सामाजिक अभियन्ता प्रमुख टोपराज खड्काको संयोजकत्वमा १ लाख १८ हजार रूपैँया भाइ मिनप्रसाद भाटलाई हस्तान्तरण गरिएको नेपाली जनसम्पर्क समिति चर्निरोड शाखाका अध्यक्ष खेमराज खड्काले हाम्रो बुलेटिनलाई जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा जनकराज भण्डारी र टंकप्रसाद भण्डारीको पहलमा भारतको विभिन्न शहरबाट आथिक संकलन गरिएको हो । फुजल खर्च कटाएर मानविय नाताले आफ्नो इच्छा अनुसार अछाम भाटको ज्यान बचाउन अभियान चलाइएको खड्काले बताउनुभयो । रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा कोरोना भाइरसको महामारीको बेला पनि सक्रिय भएर आर्थिक अभियान संचालन गरिएको उहाँले बताउनुभयो । रकम हस्तान्तरण कार्याक्रममा नरेन्द्र खड्का, बिरबहादुर खड्का ,मुकेस खड्का तपेन्द्र कार्की, प्रदिप भाट, जित बोगटी र अभियन्ता प्रमुख टोपराज खड्काको सहभागिता रहेको थियो । 
धेरै ज्वरो आएपछि गत जेठमा उपचारका लागि धनगढीको एक अस्पताल पुगेका उनमा डाक्टरले जण्डिस बिग्रिएको भनेर जानकारी गराएका थिए । धनगढीमा उपचार सफल हुन नसकेपछि काठमाडौँ आउनु अगाडि नेपालगञ्ज अस्पतालले क्यान्सरको आशंका गरेपनि क्यान्सर हो या होइन भन्ने पुष्टि गरेको छैन । उहाँ उपचार पाउने आसमा सहयोगी मनहरूसँग आर्थिक सहायताको अपेक्षा गरिरहनुभएको छ ।
उपचारमा यति नै खर्च लाग्छ भनेर यकिन नभएको उनको हेरबिचारमा तल्लीन रहेकी उहाँकी श्रीमतीले बताउनुभयो । देउडा गायनमा रुचि राख्ने भाटले २०५२ सालमा एउटा देउडाको गिति एल्बम समेत बजारमा ल्याएका थिए ।भाटलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले ग्लोबल आईएमई बैंकमा रहेको दीर्घराज भाटको व्यक्तिगत खाता नं. j९०७०१००००७५९ ( (J 907010000759) मा आर्थिक सहयोग गर्न भाटले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया