Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच बाफत पैसा उठाउदै स्वास्थ्य संस्था

बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच बाफत पैसा उठाउदै स्वास्थ्य संस्था

बाजुरा — नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिएर बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यबस्था गरेको छ ।

तर बाजुराका स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बाफत पैसा लिने गरेको छ । 

जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एकपटक गर्भवतीले भिडियो एक्सरे गरे बाफत ४ सय लिने गरेको पाईएको छ । चेकजाचँ गर्न आएका गर्भवती तथा सुत्केरी बाट बिल काटेर पैसा अशुल्ने गरेको पाईएको छ । 

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ र ३ मा सम्पुर्ण सेवा निशुल्क भनिएको छ ।

निर्देशिकामा “सेवाग्राही महिलालाई आवश्यक पर्ने सम्पूर्ण प्रयोगशाला जाँच, औषधी, उपकरण र सामान खरीद गरी सेवाग्राहीलाई अनिवार्य रुपमा निःशलु्क सेवा उपलब्ध गराउनु पर्ने छ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवाग्राही महिलालाई औषधी, उपकरण, सामान, प्रयोगशाला शुल्क वा सेवा आदि वापत कुनै पनि शुल्क लिन पाईने छैन” उल्लेख गरिएको छ ।

जिल्ला अस्पताल बाजुरामा भिडियो एक्सरे बाट पैसा लिने गरेको अस्पतालमा कार्यरत स्टाफनर्स निशा रोकायाले वताएकि छन् । कम्तिमा चारपटक नियमित गर्भजाँचका बेला निशुल्क त अनिवार्य गर्नुपर्ने त्यो हुन नसकेको उनले वताईन् ।

सरकारले गर्भवती तथा सुत्केरीबाट चेकजाँच कुनै पैसा नलिनुपर्ने हो, तर अस्पतालले लिने गरेको उनले वताइन्, यो बारेमा कोही बोल्दैन्न, पहिला देखी पैसा लिने गरेको रोकायाले थपिन् । 

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले पनि गर्भवती चेकजाँचको बाफत रकम लिने गरेको छ । बुढिनन्दा नगरपालिका ५ बस्ने डम्मरा बम मल्ले गर्भजाँच अन्तर्गत भिडियो एक्सरे बाफत ४ यस तिरेको वताईन् । उनले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेक गराएकि हुन् ।

बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक आमेजङ्ग शाहीका अनुसार महिनाको १२ र १३ गते निशुल्क सेवा दिने गरेको बाँकि समय भिडियो एक्सरे बाफत ४ लिने गरेको वताएका छन् ।

स्वास्थ्य ब्यबस्थापन समितिको निर्णय अनुसार पैसा लिने गरेको उनले वताए । साथै भिडियो एक्सरे चिकित्सले हेर्ने भएकाले पैसा लिने गरेको शाहीले थपे । 

केही स्वास्थ्य संस्थाले अन्य प्रयोगशालामा केही निशुल्क गरेपनि केहीले भने पैसा अशुल्ने गरेको पाईएको छ । सरकारले कार्यनिर्देशिका बनाएर निशुल्क सेवा दिने कागजमा उल्लेख गरेपनि कार्यनवयन भने नभएको स्थानिय रबिन्द्र रोकायाले वताएका छन् । धेरै गर्भवती आमा अहिले पनि नियमित गर्भजाँच नगर्ने गरेको पाईएको छ । 

जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले भिडियो एक्सरे बाफत पैसा लिने स्वीकार गरेका छन् । आफुलाइ कुनै जानकारी थिएन्, पैसा लिने गरेको रहेछ, अब बाट भने निशुल्क गर्ने गिरीले वताएका छन् । 

सरकारले घर घरमा गएर गर्भवतीको चेकजाचँ र भिडियो एक्सरे गरेको वताएको पाइन्छ । बाजुरामा ४ बर्षमा १२ जना सुत्केरीको मृत्यु भएको छ ।

समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना र २०७९ मा ४ जना सुत्केरीको मृत्यु भएको छ ।

प्रतिक्रिया