Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ जहाँ एकजना पनि विशेषज्ञ छैनन्

सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ जहाँ एकजना पनि विशेषज्ञ छैनन्

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा रहेको भनिएको एक मात्र अस्पताल हो, डडेल्धुरा अस्पताल । तर, २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको यो अस्पतालमा विशेषज्ञ चिकित्सक भने एकजना पनि छैनन् । 

संघीय सरकारमातहत सञ्चालनमा रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ५ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरेको थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो अस्पतालमा स्तरोन्नति गरिएको थियो । तर, अहिले सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता छ । ्

विशिष्ट विशेषज्ञ अस्पताल पाँच सय शय्याको हुनुपर्छ । तर, यो अस्पतालमा एक सय शय्या पनि मुस्किलले सञ्चालन भइरहेको छ । प्रदेशको सबैभन्दा ठूलो अस्पताल भए पनि धनगढी प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त बताउँछन् । उनका अनुसार विशिष्ट विशेषज्ञ अस्पतालको हैसियत पाउँदा पनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालअनुसार पनि छैन । 

‘उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । त्यसअनुसार पनि एकजना ११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेका छन् । दरबन्दीमा नवौँ र १०औँ तहका एकजना पनि चिकित्सक कार्यरत छैनन्,’ सूचना अधिकारी पन्तले भने । १०९ मध्ये ४७ पद रिक्त छन् । 

अस्पतालका निमित्त मेसु डा। चेतराज भट्टले स्वीकृत दरबन्दीअनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । 

प्रतिक्रिया

ट्रेन्डिङ