Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

धनगढी । कैलालीमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान थालिएको छ । डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको हो । गर्मी याम र वर्षातको सुरुवातसँगै यो रोगबाट मान्छे बिरामी पर्न थालेका छन् । एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ । यो प्रजातिको लामखुट्टेले दिउँसोमात्रै मान्छेलाई टोक्ने गरेको जनाइएको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको महामारी फैलिन नदिन र रोकथामका लागि जिल्लाभरि नै लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार सरकारी कार्यालयसहित विभिन्न सङ्घसंस्था, महिला स्वास्थ्य स्वयम् सेविका, आमा समूहलगायतको सहभागितामा हरेक शुक्रबार कार्यालय परिसर र आसपासमा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्य भइरहेको छ ।

यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोत व्यक्ति मीनबहादुर धामीले बताए ।

उहाँका अनुसार कैलालीमा साउन १६ गतेसम्म पाँच जना डेंगुको बिरामी देखा परेका छन् । यसअघि वैशाखमा १३, जेठमा १२ र असारमा छ जनामा डेंगु देखिएको धामीले जानकारी दिए ।

घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको जनाइएको छ । अभियानको क्रममा समुदायस्तरमा गएर जमेको पानी फाल्ने र सरसफाइ गर्नुका साथै सचेतना फैलाउने कार्य भइरहेको छ । यसका साथै सञ्चार माध्यमबाट सचेतनामूलक सन्देश प्रकाशन, प्रसारण गर्ने कार्य भइरहेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा पनि लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान जारी रहेको सो उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । उनले भने, “हाम्रो पालिकाको सबै वडामा सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयम् सेविकाले कम्तीमा पनि हप्ताको एक दिन टोल–टोलमा गएर डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने कार्य गरिरहेका छन् । यो अभियान असोजसम्म जारी रहने छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतवर्ष यो जिल्लामा असोज १३ गतेसम्म ४०४ जनामा डेंगुको सङ्क्रमण भएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको थियो ।

यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गरेको जनाइएको छ । डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसैगरी, झुल लगाएरमात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक रहेको जनाइएको छ ।

प्रतिक्रिया