Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जैविक विषादी नल्याएको आरोप

जैविक विषादी नल्याएको आरोप

डडेलधुरा । अमरगढी नगरपालिकाबाट अनुदान रकम लिएर पनि स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मले ‘जैविक विषादी उत्पादन गर्ने प्लान्ट’ सञ्चालनमा ल्याएको छैन। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्रबाट अनुदान रकम लिएर पनि प्राविधिक कारण देखाउँदै एग्रो फार्मले प्लान्ट सञ्चालनमा ल्याएको छैन। 

मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जैविक विषादी उत्पादन गर्ने प्लान्ट स्थापना गर्न स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मकी प्रबन्धक सिर्जना जोशीले २५ लाख रुपियाँ अनुदान लिनुभएको थियो। उनी नागरिक समाज डडेलधुराका अध्यक्ष रमेश जोशीका श्रीमती हुनुहुन्छ। 

उनले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाए । उक्त रकम पनि उनले एकै किस्तामा लिएको बताइएको छ तर यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आएको छ।

सो विवाद प्रदेशको सार्वजनिक लेखा समिति सम्मै पुगेको थियो । तत्कालीन लेखा समिति संयोजक कुमारी नन्दा बमको नेतृत्वका टोलीले एग्रो फार्मको स्थलगत अनुगमन गरेको थियो। खरिद गरिएका कतिपय सामग्री फार्ममा नभएको, भएका सामग्री बिक्री गर्न सो रुममा प्याकिङ गरेर राखेको र बिलमा समेत अनियमितता गरेको पाइएको थियो। 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लागि जैविक विषादी उत्पादन गर्ने र अमरगढी नगरपालिका–७ मा प्लान्ट स्थापना गर्ने जनाइएको छ। अनुदानस्वरूप पाएको चार वर्ष हुँदासम्म अमरगढी नगरपालिका–५ को बागबजारमा एउटा कोठामा सामग्री थन्क्याइएका छन्। महालेखा परीक्षकको कार्यालयले यसलाई सैद्धान्तिक बेरुजुका रूपमा राखेको छ। 

अब छिट्टै सञ्चालनमा ल्याउँछौँ : जोशी

एग्रो फार्मका सञ्चालक जोशी भने लेखा समितिको प्रतिवेदन स्वीकार गर्न तयार हुनुहुन्न। लेखा समितिको टोलीले स्थलगत अनुगमन गर्दा जैविक विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमै रहेको उहाँको दाबी छ।

“बिलमा अनियमितता हामीलाई थाहा छैन किनकि जत्तिको सामन हो त्यत्तिको बिल भुक्तानीका लागि दिएका सक्कली बिल नै अफिसमा छ । त्यो रिपोर्ट लिँदा पनि हुन्छ,” उनले भने, “भुक्तानी लिँदा पनि दुई चरणमा लिने नियम रहेछ। असारको सुरुमा सम्झौता भएको र अन्त्यमा सञ्चालन गरिसक्नुपर्ने भनेर निर्देशन थियो।” 

उहाँका अनुसार सञ्चालक श्रीमती सिर्जनाले ल्याब सञ्चालन गर्ने गरेको र उहाँ फागुनदेखि बिरामी परेकाले काममा आउन नसकेको हो। एउटा प्राविधिक राखेर असोजसम्म सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए । 

कृषि ज्ञान केन्द्रले पटक पटक ल्याब सञ्चालन गर्न पत्राचार गरिरहेको कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए। उनले अब असोजसम्ममा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया