Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बैतडीमा पनि फैलिँदै आँखा पाक्ने रोग, २० दिनमै दुई उपचार केन्द्रमा ३ सय बढी बिरामी

बैतडीमा पनि फैलिँदै आँखा पाक्ने रोग, २० दिनमै दुई उपचार केन्द्रमा ३ सय बढी बिरामी

ललित बोहरा / बैतडी ।  बैतडीमा पनि आँखा पाक्ने रोग तिव्र गतीले फैलिँदै छ । तराईका जिल्लाहरुमा अत्याधिक देखीएको आँखा पाक्ने रोग पहाडी जिल्लाहरुमा समेत तिव्ररुपमा फैलिँरहेको एक बैतडीका दुई आँखा जाँच केन्द्रको तथ्याङकले देखाएको छ ।

बैतडी जिल्लामा रहेका दुई आँखा जाँच केन्द्र गोठलापानी र पाटन साउन २० गतेसम्म ३ सय २१ जनामा संक्रमण देखिएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्धारा सञ्चालीत आखा उपचार केन्द्र पाटनमा २ सय र गोठलापानीमा १ सय २१ बिरामीलाई सक्रमण पत्ता लागेको आखा उपचार केन्द्र पाटनमा कार्यरत कर्मचारी लता कर्कीले बताइन् ।

साउन १ देखी १० सम्म कहिले काही मात्र देखीए पनि अहिले १० देखी १२ दैनिक रुपमा आँखा समस्या भयो भनेर आउने गरेको उनले बताइन् । आँखा पाक्ने रोगको समस्या बढेपछि यहाँका स्वास्थ्य कार्यालय र स्थानीय तहले जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने लागेको स्वाथ्य कार्यालय बैतडीका प्रमुख योगश भट्टले बताए ।

पाटन आँखा जाँच केन्द्रमा शिगास, मेलौली,शिवनाथ, पञ्चेश्वर, पुर्चौडी, सुनर्या र गोठलापानी आँखा जाँच केन्द्रमा दनपा, डिलाशैनी, दोगडाकेदार लगायतका बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ