Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पछिल्लो २४ घण्टामा ३४ जनामा डेंग संक्रमित

पछिल्लो २४ घण्टामा ३४ जनामा डेंग संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला २४ घण्टामा ३४ जना डेंगुका संक्रमित फेला परेका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार नौ वटा जिल्लामा फैलिएको डेंगुका कारण संक्रमित हुनेको संख्या बढीरहेको हो । पछिल्लो २४ घण्टामा ३४ जना संक्रमित फेला परेसंगै प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या पाँच सय १३ पुगेको छ । हिजोसम्म प्रदेश भर डेंगु संक्रमितको संख्या चार सय ७९ थियो ।

सुदूरपश्चिम प्रदेश डेंगु संक्रमित हुने संख्यामा तेस्रो भएपनि प्रदेशको एक जिल्ला डेंगु संक्रमित देखिनेमा १० स्थानभित्र रहेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलामा डेंगु संक्रमित देखिनेमा देशभरमा १० स्थानभित्र रहेको छ ।
प्रदेशको दार्चुलामा सन २०२३ शुक्रबारसम्ममा डेंगु संक्रमितको संख्या एक सय ९४ पुगेको छ । त्यसपछि डेंगु संक्रमित बढी हुनेमा प्रदेशको दोस्रो स्थानमा कैलाली पुगेको छ । 

वर्षा शुरु भएसंगै क्रमिक रुपमा प्रदेशका तराई जिल्लामा डेंगु संक्रमण फैलने क्रम जारी रहेको छ । तराई जिल्लामा डेंगु फैलाउने लाभ्रा खोज तथा नष्ट अभियान संचालन गरिएपनि संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।  

प्रदेशको कैलालीमा सन २०२३ को जनावरीदेखि जुनसम्म १० जनामा संक्रमण देखिएकोमा जुलाईमा १६ र अगस्टमा ८३ जनमा संक्रमण देखिएसंगै संक्रमितको संख्या एक सय नौ पुगेको छ भने कञ्चनपुरमा जुनसम्म ३४ जनामा देखिएकोमा जुलाईमा २३ र अगस्टमा २९ जना गरि ८६ जनामा डेंगु संक्रमण देखिएको छ ।

डेंगु संक्रमण क्रमिक रुपमा पहाडी तथा हिमाली जिल्लामा पनि बढ्ने क्रम जारी रहेको छ । हिमाली जिल्ला दार्चुलामा जुनसम्म डेंगु संक्रमित बढ्दै गएपनि अहिले घट्दो क्रममा रहेको छ । जुनसम्म एक सय ८८ जनामा संक्रमण देखिएकोमा जुलाईमा तीन र अगस्टमा ५ गरि एक सय ९४ जनामा डेंगु संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । जुनसम्म बाजुराको चार जनामा डेंगु संक्रमण देखिएकोमा अगस्टमा २८ जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या ३२ पुगेको छ । हिमाली जिल्ला बझाङमा यस अवधिमा ११ जनामा संक्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी ओम जोशीले जानकारी दिए ।

पहाडी पाँच जिल्लामा पनि डेंगु संक्रमण फैलने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको डोटीमा यस अवधिमा १४, बैतडीमा ६ र अछाममा ५२ जनामा संक्रमण देखिएको छ भने डडेल्धुरामा यस अवधिमा नौ जनामा डेंगु संक्रमण देखिएको छ ।

एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ । यो प्रजातिको लामखुट्टेले दिउँसोमात्रै मान्छेलाई टोक्ने गरेको जनाइएको छ ।

यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य भइरहेको निर्देशनालयका सूचना अधिकारी जोशीको भनाई छ ।

घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको जनाइएको छ । अभियानको क्रममा समुदायस्तरमा गएर जमेको पानी फाल्ने र सरसफाइ गर्नुका साथै सचेतना फैलाउने कार्य जारी रहेको उनको भनाई छ । यसका साथै सञ्चार माध्यमबाट सचेतनामूलक सन्देश प्रकाशन, प्रसारण गर्ने कार्य भइरहेको जनाइएको छ ।

डेंगु रोगलाई  फेवराइल, क्रिटिकल, र रिकभरी फेज गरि तीन अवस्थामा बाँडिएको स्वास्थ्यकर्मी बताउँछन् । फेवराइल फेज समानतय २ देखि ७ दिनको हुने गर्दछ । यो अवस्थामा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांशपेशीका र जोर्नी असाध्य दुख्ने, शरीरमा स–साना राता बिबिरा देखिने आदि जस्ता लक्षणहरु देखिने गर्दछ । धेरैमा ज्वरो घटेपछि विस्तारै सुधारउन्मुख हुदै जान्छ । 

क्रिटिकल फेज वा जटिल डेंगुको जोखिम २४ देखि ४८ घन्टाको हुने गर्दछ । तारन्तार बान्ता हुनु, असाध्य पेट दुख्नु, अति अलश्य हुनु, रक्तश्राप जस्तैः– गिजा, नाक आदिबाट रगत बग्नु जस्ता समस्या बिरामीले अनुभब गर्न सक्दछन भने प्रयोगशाला परिक्षण गर्दा रगतमा प्लेटेलेट्सको संख्या तिब्र गतिमा घट्ने र हेमाटोकृत बढेको पाहिन्छ । 

चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ । तसर्थ घरमा संक्रमित भै बसेको अवस्थामा ज्वरो घटेसंगै तारन्तार बान्ता हुने, असाध्य पेट दुख्ने, अति अलश्य हुने, रक्तश्राप आधी देखिएमा त्यो जटिल डेंगु हुनसक्ने र तुरुन्त अस्पताल जानु पर्दछ ।

तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थ्यलाभ गर्दै जानेछ । तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नु हुँदैन । र संगसंगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाच पनि गर्नु पर्ने उनीहरुको भनाई छ । 
 

प्रतिक्रिया