Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अब अस्पतालहरूको वर्गीकरण खारेज, सबैले संक्रमितको उपचार गर्नुपर्ने

अब अस्पतालहरूको वर्गीकरण खारेज, सबैले संक्रमितको उपचार गर्नुपर्ने

सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गर्ने निर्णय गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ती अस्पतालको वर्गीकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल बनाइएको जानकारी दिए।

सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि जिल्ला, प्रदेश र केन्द्रीय तहमै अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेको थियो।

अब भने ती अस्पतालहरूको वर्गीकरण खारेज गरिएको छ। अब तोकिएका कोभिड अस्पतालहरूले संक्रमितलाई आफै भर्ना गरेर उपचार गर्नुपर्ने छ। यसअघि केही अस्पतालहरूले संक्रमितहरूलाई अन्य अस्पतालमा रिफर गर्दै आएका थिए।

जसले गर्दा संक्रमितहरूलाई समस्या पर्ने र सीमित अस्पतालहरूमा बेड अभाव हुने गरेको छ।

मन्त्रालयले संक्रमितको संख्या बढ्दै जाँदा अन्य अस्पतालहरूलाई पनि कोभिड अस्पताल बनाउन कसरत गरिरहेको छ। अब यी अस्पतालहरूले ननकोभिड विरामीलाई पनि नियमित सेवा प्रदान गर्दै कोभिड विरामीको पनि उपचार गर्नुपर्ने छ। सेतोपाटी 

प्रतिक्रिया