Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

अछाममा कोरोना खर्च : चार महिनामा ११ करोडभन्दा बढी

अछाममा कोरोना खर्च : चार महिनामा ११ करोडभन्दा बढी

अछाम : अछाममा चार महिनामा मात्रमा कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनको लागि ११ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । संघ र प्रदेशबाट प्राप्त रकम समेत गरी स्थानीय तहले यो अवधिमा ११ करोड २ लाख ७ सय ६३ रुपैयाँ खर्च गरेका छन् ।

यो खर्च चैतदेखि असार महिनासम्मको मात्र हो । अछाममा गत जेठमा पहिलो पटक कोरोना संक्रमण देखिएका थियो । चौरपाटी गाउँपालिकामा भारतबाट आएका एकजना पुरुषमा जिल्लामै पहिलो पटक जेठ ९ गते कोरोना संक्रमण देखियो ।

उनलाई तत्काल जिल्ला अस्पतालको आइसोलेसनमा राखियो । दुई पटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किए । आफूलाई कोरोना पोजेटिभ भएको सुन्दा सुरुमा निकै डर लागेको उनले बताए । उनले भने, 'कोरोना लागेको  सुन्ने बित्तिकै निकै डराएँ ।जिल्ला अस्पतालको आइसोलेसनमा बस्दा स्वास्थ्यकर्मीहरुले निकै हेरचाह गरे,त्यति बेला म एकजना मात्र संक्रमित थिएँ । तर क्वारेन्टाइनमा बस्नेहरुले खानेपानी समेत पाएनन् ।'
 
कोरोना महामारीको कहरमा भारतबाट फर्किनेहरु ठूलो संख्यामा रोजगारी गुमाएर फर्किन्छन् भन्ने आंकलन जनप्रतिनिधिहरुले पनि गरेका थिएनन् । जनप्रतिनिधिहरु ठूलो संख्यामा जिल्ला भित्रिएकाको व्यवस्थापनले गर्दा पनि खर्च बढेको दाबी गर्छन् । चैत ११ गतेदेखि असोज २ गतेसम्म १६ हजारभन्दा बढी जिल्ला भित्रिएर क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालयको तंथ्थाक छ ।

एकैपटक सोचे भन्दा बढी व्यक्तिहरु पालिकामा भित्रिएपछि स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समेत निकै हम्मेहम्मे पर्‍यो । स्थानीय तहहरुले ठूलो रकम खर्च गरेपनि क्वारेन्टाइन स्थलमा खानेपानी,शौचालयजस्ता आधारभूत सेवाहरु समेत नहुँदा कैयौँ व्यक्ति क्वारेन्टाइनबाटै रातारात भागेर घर पुगेका घटना पनि बाहिरिए।'क्वारेन्टाइनमा बस्दा आफूले ठूलै अपराध गरेको जस्तो लाग्यो,' एकजना संक्रमितले भने, 'पानी छैन,शौचालय छैन । भोकभोकै बस्दा समेत हेर्न कोही पनि आएनन् । आइसोलेसनमा समेत उस्तै समस्या भयो ।'

पहुँच भएकाहरुले आफन्तलाई ल्याएर सिधै घरमा राखे तर कोरोनाले रोजगारी गुमाएर भारतबाट फर्किएकालाई पानी समेत नभएको क्वारेन्टाइनमा राखिएको साँफेबगर नगरपालिकाका उमेश कुँवरले बताए । उनले भने, 'कोरोनामा करोडौं खर्च भएको छ, सुरुमा क्वारेन्टाइनमा कैदीलाई राखिए जस्तो गरियो,त्यसपछि व्यापक गुनासो आउन थालेपछि केही व्यवस्थापन त भयो तर धेरै मानिस क्वारेन्टाइनमै बिरामी हुने अवस्था आयो। कोरोनाका नाममा कति खर्च भयो भन्ने कुरा त्यहि पालिकाका नागरिकलाई नै थाहा छैन ।'

नगरपालिकामा भन्दा गाउँपालिकामा खर्च धेरै
अछामका ६ गाउँपालिका र ४ नगरपालिकामध्ये गाउँपालिकाले कोरोनाका नाममा बढी रकमखर्च गरेको देखिएको छ ।प्रदेश सरकारबाट कोरोना संक्रमणपछि लकडाउनका बेला असहाय र विपन्न वर्गलाई राहत वितरणका लागि मात्रै दश स्थानीय तहलाई २ करोड २ लाख ९० हजार रकम प्राप्त भएको थियो । 

सबै भन्दा बढी ढकारी गाउँपालिकाले एक करोड ४८ लाख, ५८ हजार ३ सय ८९ रुपैँया खर्च गरेको छ । अन्य गाउँपालिकाहरु चौरपाटी गाउँपालिकाले एक करोड ४७लाख७९ हजार ३ सय ६५ रुपैयाँ,रामारोशन गाउँपालिकाले एक करोड ३२ लाख७४ हजार ३० रुपैँया,बान्नीगढी जयगढ गाउँपालिकाले १ करोड ९ लाख ३४ हजार ३ सय ५ रुपँैया ९५ र तुर्माखाद गाउँपालिकाले १ करोड ६ लाख ६२ हजार २ सय १६ रुपैँया खर्च गरेका छन् । 

सबै भन्दाकम रकम खर्च गर्नेमा मेल्लेख गाउँपालिका रहेको छ, जसले ८६ लाख ४४ हजार १ सय ९२ रुपैया खर्च गरेको छ ।  त्यसैगरी मंगलसेन नगरपालिकाले ९४ लाख २४ हजार ५५ रुपैया, साँफेबगर नगरपालिकाले ९३ लाख ४२ हजार ६ सय ८८ रुपैयाँ,पञ्चदेवल बिनायक नगरपालिकाले ९२ लाख ८६ हजार ७ सय ७१ रुपैयाँ र कमलबजार नगरपालिकाले ८८ लाख ८ हजार ३९ रुपैयाँ खर्च गरेका छन् ।

सबैभन्दा बढी खर्च गरेको ढकारी गाउँपालिकामा २ हजार ९५ जना नागरिक भारत तथा अन्य जिल्लाबाट भित्रिएर क्वारेन्टाइनमा बसेका थिए । यस पालिकाकाले ८ सय ८४ घरधुरीलाई राहत वितरणमा १६ लाख रुपैयाँ खर्च गरेको छ । भारत तथा देश भित्र रहेका व्यक्तिहरुलाई ल्याएबापत गाडी भाडामा मात्रै ५ लाख ९३ हजार ३ सय १० रुपैयाँ र मास्क तथा अन्य मेडिकल सामग्री खरिदमा १९ लाख १४ हजार १ सय ८० रुपैयाँ खर्च भएको छ ।

त्यस्तै आइसोलेसन व्यवस्थापनमा ५ लाख,करिब २१ सय जनाका लागि ओढ्ने ओच्छ्याउने सहितको वारेन्टाइन व्यवस्थापन खर्च १४ लाख ८२ हजार रुपैयाँ लगायतको खर्च भएको गाउँपालिकाले जनाएको छ । कतिसम्म भने हेरालु खर्च, भान्छे खर्च, स्वयंसेवक खर्च समेतले गर्दा पालिकाको खर्च बढाएको देखिन्छ । 

यस्तै चौरपाटी गाउँपालिकाले १ करोड ४७ लाख ७९ हजार ३ सय ६५ रुपैयाँ खर्च गरेको छ । यो पालिकाले वडा अनुसारको खर्चको रेकर्ड समेत छुट्टाछुट्टै राखेको त छ तर प्रदेश सरकारबाट राहत वितरणका लागि प्राप्त २२ लाख ३० हजार रकम राहत वितरणै नगरेर क्वारेन्टाइनमै खर्च गरिएको छ । राहत वितरण गर्नुपर्ने मापदण्ड अनुसारका गाउँपालिकामा मजदुरहरु कोही नभएकाले राहत वितरण नगरेर क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरिएको पालिकाको भनाइ छ । 

रामारोशन गाउँपालिकाले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै करिब एक करोड ३२ लाख भन्दा बढी रकम खर्च गरेको छ ।यहाँ पनि राहत वितरणदेखि बिजुलीको बिल, औषधि खरिददेखि क्वारेन्टाइन स्थल,आइसोलेसन स्थल निर्माणदेखि खानेपानीको पाइप खरिद समेतका शीर्षकमा रकम खर्च भएको छ ।  यस पालिकामा संचारका लागि मात्रै करिब ५७ हजार रुपैयाँ खर्च भएको पालिकाको रेकर्डमा देखिन्छ । बान्नीगढी जयगढ गाउँपालिकाले १ करोड ९ लाख ३४ हजार ३ सय ५ रुपैया ९५ खर्च गरेको छ । यो पालिकाले प्रदेश र संघीय सरकारबाट समेत प्राप्त ३६ लाख रुपैयाँ समेत गरी उक्त बजेट कोरोनामा खर्च गरेको हो । पालिकाको रेकर्ड हेर्दा क्वारेन्टाइनमा पाइप खरिद गरिएको देखि खानेपानी ट्यांकी खरिदसम्म, पिफोम खरिददेखि फर्निचर खरिदसम्म र एम्बुलेन्सका लागि इन्धन खरिददेखि भाँडावर्तन खरिदसम्मको शीर्षकमा रकम खर्च भएको देखिन्छ । 

यस्तै, तुर्माखाद गाउँपालिकाले १ करोड ६ लाख ६२ हजार २ सय १६ खर्च गरेको छ । यो पालिकाले अन्यपालिकाले भन्दा फरक साबुन वितरणदेखि सन्देश मुलक सामग्री प्रसारणमा समेत रकम खर्चिएको पालिकाको रेकर्डमा देखिन्छ । 

मंगलसेन नगरपालिकाले भने ९४ लाख २४ हजार ५५ रुपैयाँ खर्च भएको रेकर्ड राखेको छ। यस पालिकामा अन्यपालिकामा भएजस्तै शीर्षकका अलावा आकश्मिक खर्च भनेर नखुलेको शीर्षकमा समेत ६ लाख ४१ हजार २ सय रुपैयाँ खर्च भएको पाइएको छ । 

साँफेबगर नगरपालिकाले ९३ लाख ४२ हजार ६ सय ८८ रुपैयाँ खर्च गरेको रेकर्ड राख्दै गर्दा जनप्रतिनिधि र कर्मचारीको कोरोना विमा बापत २ लाख ५५ हजार रुपैयाँ देखि फर्निचर, कपडा र भाँडाकुँडा खरिदका लागि मात्रै २४ लाख ६४ हजार २ सय ४१ रुपैयाँ खर्च गरेको पाइएको छ । 

पञ्चदेवल बिनायक नगरपालिकाले ९२ लाख ८६ हजार ७ सय ७१ रुपैयाँ खर्च गरेको छ । यो पालिकाले पनि अन्यपालिकाले जस्तै क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, इन्धनखरिद, साबुन वितरण जस्ता शीर्षकमै ठूलो रकम खर्चिएको छ । पञ्चदेवल नगरपालिकाले सन्देशमुलक सूचना प्रसारण र एसइइको लागि रेडियो
कक्षाका लागि समेत करिब २ लाख रुपैयाँ यहि बजेटबाट खर्च गरेको छ । 

कमलबजार नगरपालिकाले ८८ लाख ८ हजार ३९ रुपैयाँ खर्च गरेको छ । यस नगरपालिकाले ५६ जना स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत मात्रै १९ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । सबैभन्दा ठूलो रकम क्वारेन्टाइनमा खानाका लागि ३७ लाख ५७ हजार रुपैयाँ र राहत वितरणका लागि २२ लाख ५७ हजार रुपैयाँ खर्च
गरेको छ । 

मेल्लेख गाउँपालिकाले८६ लाख ४४ हजार १ सय ९२ रुपैयाँ खर्च गरेको छ। गाउँपालिकाले ४ सय १७ घरपरिवारलाई राहतवितरण गरेको यस पालिकाले सबैभन्दा धेरै रकम क्वारेन्टाइन व्यवस्थापनमा करिब ३६ लाख रुपैयाँ र स्वास्थ्य सामग्री खरिदमा २२ लाख ३९ हजार रुपैयाँ खर्च गरेको देखिन्छ ।

प्रतिक्रिया