Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’

‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’

मेनुका ढुंगाना (अछाम)


दायाँ आखाँमा गहिरो चोट , शरिरमा टाढैबाट हेर्दा पनि हड्डी र  निकै दुब्लो देखिने , मलिन अनुहार , ठूलो स्वरले बोल्न नसक्ने , कान कम सुन्ने ४४ वर्षीया हिरा अधिकार मदिरा सेवन गर्ने श्रीमान्बाट पटकपटक कुटिएकी , गम्भिर घाइते भएकी र भारतमा धेरै पटक उनै श्रीमान्ले बेच्न खोज्दा ठक्कर खाएर अछाम पुगेकी महिला हुन् । जिल्ला प्रशासन कार्यालयकै छेउको सानो झुपडीमा दुइ साता यता  देखीने केटाकेटीको ठूलो जमात उनैका छोराछोरीको हो ।  श्रीमान्ले अलपत्र पारेपछि सात वर्षको अवधिमा भारतमै जन्मिएका पाँच जना छोराछोरीलाई  कोहलपुरमा पन्ध्र दिन क्वारेन्टाइनमा बसेर हिरा गतसाता मात्रै अछामकी पुगिन् । तर, असामान्य अवस्थामा । 

२२ वर्ष अघि उनको घोडासैनका कृष्ण अधिकारीसग बिवाह भएको थियो । गाउँमा घरजग्गा , धनसम्पत्ति भएको मान्छे देखेपछि हिराका आमाबुवाले कृष्णसग बिवाह गरिदिए । बिहे गरेको केहिसमयसम्म परिवारको अवस्था राम्रो थियो । गाउँमा कसैलाई अप्ठ्यारो पर्दा कृष्णको परिवारबाट सहयोग लिने पनि धेरै थिए । जब बिहेपछि कृष्ण घर छोडर कामको लागि भारत गए । उतै साथीभाइको लहैलहैमा लागेर मदिरा सेवन गर्न थाले । ‘गाउँमा हदासम्म कसैसंग चर्को स्वरले नबोल्ने मान्छे उता गएर जाडरक्सी खान थालेको छ भनेर एक्कासी खबर आयो’ हिराले भनिन् ,‘त्यसपछि कहिले चोरेको घटना , कहिले कुटपिटका घटना भए भन्दै घरमा खबर आइरहे । त्यसैबेला देखि मेरा दुःखका दिन सुरु भए ।’ कृष्ण घर आएपछि पनि रक्सी खान श्रीमतीलाई कुट्ने , आमालाई कुट्पिट गर्न थाले । त्यो देखेर गाउँले समेत अचम्म परेका थिए । ‘घोडासैनमा धनसम्पत्ति भएको धनाड्य परिवारका मान्छे थिए  । मदिरा खानाले अहिले कृष्णको परिवारको सडकको बास भयो’ घोडासैनका बासुदेव जैसीले भने ,‘ ७/८ वर्षको अवधिमा त्यत्रो सम्पत्ती घरजग्गा सबै बेचेर रक्सी खाएको देख्दा हामी पनि अचम्म परेका छौं । अहिले कृष्णको परिवारलाई गाउँमा ओत लाग्ने ठाउँ छैन ।’

गाउँमा भएको घरजग्गा ,धनसम्पति सबै बेचेर कृष्णले श्रीमती हिरालाई फकाएर सात वर्ष अघि भारत लिए । यता धनसम्पती बेचेर जबरजस्त श्रीमतीलाई भारतको गुजरातमा पर्ने राजकोटमा लिए । वर्षेनी सन्तान जन्माए । र , अन्तमा तिनै सन्तान र श्रीमतीलाई पनि बेच्न धेरै पटक प्रयास गरे । जानुअघि एक छोरालाई आमासंग र अर्कि छोरीलाई मंगलसेनमा काम गराउने र पढाउने सर्तमा एक परिवारले लिए । ‘मसंग बम्बै जानुपर्छ भनेर श्रीमान्ले जबरजस्ती गरे । बरु गाउँघरमा  अरुको काम गर्छु भनेर नजाने सोचमै थिएँ । बम्बै जान तयार भएर बस, नत्र मारिदिन्छु भनेर कुटपिट गर्न थाले । म बाध्य भएर श्रीमान संग गएँ' हिरा भन्छिन् ,‘उता पुगिसकेपछि वर्षेनी बच्चा जन्मन थाले । दुइ जना छोराछोरी यता अरुकै जिम्मा थिए , पाँच जना उतै जन्मिए । उता जाँदा पनि श्रीमान्ले कुटपिट गर्न छोडेन । म हरेक दिन मरेर बाँचे । बिरानो ठाउँबाट म अछाम फर्किन सकिन ।’ वर्षेनी छोराछोरी जन्माउने र तिनलाई बेच्नको लागि धेरै प्रयास गरेको उनले सुनाइन् । ‘छोराछोरीलाई बेचि दिए हुन्छ । पैसा आउँछ भन्दै ममाथि आक्रमण गर्न थाले । नौकरी पनि पाइएकै हो । जाँड खाने , चोरी गर्ने गरेपछि सेटले श्रीमान्लाई तिन दिनमै निकाल्थे । कतै बस्ने टुंगो थिएन ।’ उनले भनिन् । 

वर्षेनी बच्चा जन्माउन थालेपछि हिराको अवस्था दिनप्रतिदिन खस्कदै गयो ।‘मैले बच्चा जन्माउने/नजन्माउने कुरा मेरो हातमा कहिल्यै रहेन । उसले जतिखेर पनि रक्सी खाइराक्ने । उसलाई आफ्नो स्वास्र्थ मात्रै पुरा गर्नु थियो । मेरो श्रीमान्को नजरमा गल्लीमा हिंड्ने कुकुर र बच्चा उस्तै लाग्थे ’ हिराले भनिन् ,‘मेरो शरिरमाथि मेरो हक कहिल्यै लागेन । र आज म यो अवस्थामा पुगेँ।’

अछामबाट बम्बै लैजान्छु भनेर श्रीमतीलाई भारत लिएका कृष्णले राजकोट गुजिनाथमा शहरमा लिए । श्रीमानकै कुटपिटबाट उनले ३ वर्ष अघि दायाँ आँखा गुमाइन् । १ वर्ष देखि कान राम्रोसंग सुन्न सक्दिनन् । ‘केहि नेपालीलाई भारतको राजकोट गुजिनाथमा मैले भेटाएँ । उनीहरुले मलाई लुगा धुने , सरसफाई गर्ने काममा लगाइ दिए । पाँच जना छोराछोरी बोकेर मर्छु भनेर निस्कदै थिएँ , त्यसैबेला नेपालीहरु भटिए । उनैले गर्दा म बाचेकी हु“ । श्रीमान्ले त्यो ठाउ“ पनि पत्ता लगाएर फेरी उतै पुगेर कोसंग बस्छस् भन्दै कुटपिट गर्न सुरु गरे’ उनले भावुक हुँदै भनिन् ,‘बस्ने टुंगो नभएकाले छोराछोरीलाई पढाउन सकिएन । उनीहरुलाई कोठामा छोडेर म काममा जान्थे र एक दिन दुइ छोराछोरीलाई दिउँसो कोठामा आएर बेच्न लिएका रैछन् । वरपरका मान्छेले थाहा पाएपछि मैले छोराछोरीलाई बेचिनबाट रोकँ। कति दिन त तँलाई नै बेचिदिन्छु पैसा आउँछ भन्दै अपरिचत मान्छे कोठामा बोलाए ।’

श्रीमान्ले दिएका पिडैपिडा र चोटैचोटबाट थला परेकी हिराले भारतमा केहि नेपालीको सहयोग बाहेक अरुबाट आश्वासन समेत पाएकी छैनन् । ‘छोराछोरीलाई निशुल्क पढाउछन् भन्ने कुरा कोहलपुरमा सुनेकी थिएँ । कसले कहाँ पढाइ दिन्छन् केहि थाहा छैन । स्कुल पढाउन मात्रै सकेको भए म त मजदुरी गरेरै भए पनि  बा“च्थे ।’

कोरोनाको त्रासले सबै बन्द भएपछि नेपालीहरुको सहयोगमा उनी पाँच छोराछोरी बोकेर नेपाल आइपुगेकी हुन् । ‘नेपालको भुमिमा पुगेपछि ठूलो कालबाट  बचेको महसुस भयो । म र मेरा छोराछोरी धेरै पटक बेचिनबाट जोगिएका हौं ’ उनले भनिन् ,‘ म जाने बेलासम्म त घर थियो । अब त्यतै बस्छु भन्ने सोच बनाएकी थिएँ, बम्बै जाने अघिल्लो रात घर जग्गा सबै श्रीमान्ले बेचिसकेका रहेछन् । यता आएपछि मात्रै थाहा भयो । अब यी छोराछोरी लगेर म कहाँ जाउँ । बस्ने घर पनि छैन । जग्गा जमिन छैन । छोराछोरी भोकभोकै छन् ।’  ३ छोरा ४ छोरी गरी सातै जनाको विचल्ली भएको उनी सुनाउछिन् । ‘जेठो छोराले मामाघरबाट पढेर एसईई पास भयो  । ६ जना छोराछोरीलाई पढाउन सकेको छैनन् । मेरो पढाउन सक्ने अवस्था छैन । हामी पनि स्कुल जान्छौं भन्छन् । म कसरी स्कुल पठाउँ ।

उनी अहिले शसत्र जनयुद्धमा तत्कालिन विद्रोहि माओवादीले घरबाट निकालि दिएपछि मंगलसेन आएकी आमास“ग बस्छिन् । १८ वर्षअघि घरजग्गा धनसम्पती माओवादीले हडपेपछि चन्द्रा ज्यान बचाउन सदरमुकाम पसेकी थिइन् । सम्पत्ति जति सबै माओवादीले लिएपछि उनी अहिेसम्म घर फर्र्किएकी छैनन् । अहिलेसम्म उनी व्यवस्थित भएर बस्न सकेकी छैनन् । आफैं जसोतसो गुजारा चलाएर बसेकी चन्द्रालाई छोरी र उनका ७ जना छोराछोरीलाई पाल्न सकस भएको छ । ‘माओवादीले सबै सम्पत्ति लिए । घरबाट निकाले त्यसै बेला मंगलसेन आएकी हुँ । अरुकै काम गरेर मेरो गुजारा चलेको छ ’ उनकी आमा चन्द्रा भण्डारीले भनिन् ,‘छोरीले सबै केटाकेटी ल्याएर आएपछि बिहान साँझको छाक टार्न मुस्किल भएको छ ।’

 

(यो लेख नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल इन्जाको सहयोगमा तयार पारिएको हो ।)

प्रतिक्रिया

ट्रेन्डिङ