Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

कुन ब्लड ग्रुपका व्यक्तिलाई कोभिड संक्रमणको बढी जोखिम ?

कुन ब्लड ग्रुपका व्यक्तिलाई कोभिड संक्रमणको बढी जोखिम ?

कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले विभिन्न अध्ययन भइरहेका छन् । औषधि र भ्याक्सिन (खोप) को परीक्षणबाहेक पनि भाइरसको प्रकृतिबारे अनुसन्धान गरी महामारी नियन्त्रणका लागि विभिन्न प्रयास जारी छन् । यसमध्ये दीर्घरोग, अन्य संक्रमण, उमेर समूह, स्वास्थ्य अवस्था आदि अनुसार कोभिडले मानव शरीरमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा थुप्रै अध्ययन भइरहेका छन् ।

यस्ता अध्ययनले व्यक्तिको प्रतिरोधी क्षमताका आधारमा भाइरसले क्षति पु¥याइरहेको देखाउँदै आएको छ । पछिल्लो समय रक्त समूह (ब्लड ग्रुप) का आधार भाइरसको जोखिमबारे पनि अध्ययन गरिएको छ । सामान्यतया निश्चित रक्त समूह भएका व्यक्तिमा भाइरस वा ब्याक्टेरियाले बढी असर पार्ने हँुदा यसको प्रभावबारे बहस भइरहेको हो । 

सामान्यतया शरीरमा चार किसिमको रक्त समूह हुने गर्छन् । जुन रगतको सतहमा हुने एन्टिजेन्सको उपस्थिति र अनुपस्थितिमा निर्भर हुन्छन् । आरएच फ्याक्टर नामक प्रोटिन रगतमा उपलब्ध हँुदा पजिटिभ र उपलब्ध नहुँदा नेगेटिभ हुने गर्छ ।

जसका कारणले सामान्यतया रगत समूहलाई ए पाजिटिभ, ए नेगेटिभ, बी पजिटिभ, बी नेगेटिभ, ओ पजिटिभ, ओ नेगेटिभ, एबी पजिटिभ र एबी नेगेटिभ गरी आठ प्रकारमा विभाजन गरिएको छ । शरीरमा रक्त समूहले व्यक्तिको सम्पूर्ण स्वास्थ्य प्रणालीमा प्रभाव पारिरहेको हुन्छ । 

कुन रक्त समूहमा कोभिड संक्रमणको जोखिम बढी ?
रक्त समूहका आधारमा भाइरसको जोखिमबारे थुप्रै अनुसन्धान भएका छन् । अध्ययनहरूका अनुसार केही निश्चित रक्त समूह भएका व्यक्ति तुलनात्मक रूपमा बढी प्रभावित भएका पाइन्छ ।

डेनमार्क डेनिक अनुसन्धानकर्ताले गत साता प्रकाशित गरेको एक अध्ययन रिपोर्टअनुसार ए रगत समूह भएका व्यक्तिहरू कोभिडबाट बढी प्रभावित भएको पाइएको छ । डेनमार्कमा दुई लाख मानिसलाई रगत समूहको आधारमा सात हजार चार सय २२ जना कोभिड संक्रमितसँग तुलना गरिएको थियो ।

अध्ययनमा ओ रगत समूह भएका ४१.७ प्रतिशत सहभागीमध्ये ३८.४ प्रतिशतमा संक्रमण पजिटिभ देखिएको थियो । यस्तै कुल सहभागी ४४.४ प्रतिशत ए रगत समूह भएका सहभागीमध्ये ४२.४ प्रतिशतमा कोभिड पजिटिभ देखिएको थियो । ओ रगत समूह भएका व्यक्तिहरूमा सार्स कोभिड संक्रमणको जोखिम न्यून रहेको यसअघिको अध्ययनले प्रमाणित गरेको थियो । 

कोभिडका कारण गम्भीर बिरामी परेका ९० जना संक्रमितमा क्यानडामा गरेको एक अध्ययनअनुसार ए र एबी रगत समूहका ८४ प्रतिशत बिरामीलाई मेकानिकल भेन्टिलेसन आवश्यक परेको थियो । यसको तुलनामा जम्मा ओ र बी रगत समूहका ६१ प्रतिशत संक्रमितमा मात्र गम्भीर लक्षण देखा परेका थिए ।

जुन अध्ययनले अन्य रगत समूहको तुलनामा ए र एबी रगत समूहका व्यक्तिहरू बढी प्रभावित भएको पुष्टि गरेको छ । जुन महिनामा द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले प्रकाशित गरेको अर्को अध्ययनले समेत रगत समूहका आधारमा कोभिडको जोखिम फरक हुने पुष्टि गरेको थियो । 

विज्ञहरूका अनुसार राता रक्त कोषहरू एन्टिजेन्सहरूले ढाकिएका हुन्छन्, जसले शरीरमा प्रतिरक्षा प्रणालीलाई तुरुन्त प्रतिक्रिया दिन मद्दत गर्छ । ओ र बी रक्त समूह भएका व्यक्तिमा एन्टिजोन्सहरूले कोषलाई ढाकेर राखेको हुन्छ, जसले भाइरस वा ब्याक्टेरियालाई सजिलै क्षति पु¥याउन दिँदैन ।

रगत समूहका आधारमा संक्रमणको जोखिम कति र कसरी फरक हुन्छ भन्नेबारे अझै अध्ययनहरू भइरहेका छन् । यसका कारणहरू पनि धेरै हुन सक्ने अध्ययनकर्ताहरू बताउँछन् । 

‘नेपालमा पनि ए रक्त समूहका बिरामी बढी छन्’
नेपालमा पनि बिरामीको अवस्था हेर्दा ए रक्त समूहका बिरामी बढी गम्भीर भइरहेको बताउँछन् नेपाल पुलिस अस्पतालमा कोभिड हेरिरहेका डा. नवीन रौनियार । उनी भन्छन्, ‘गम्भीर लक्षण देखिने र सघन उपचारको आवश्यकता पर्ने बिरामीहरूमा रगत समूह ए भएका संक्रमित बढी छन् ।

पछिल्लो समय गम्भीर लक्षणसहितका बिरामी बढ्न थालेको र त्यसमा पनि रगत समूह ए भएका बिरामीको संख्या तुलनात्मक रूपमा बढी देखिन्छ ।’ 

प्रतिक्रिया