Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

कुन ब्लड ग्रुपका व्यक्तिलाई कोभिड संक्रमणको बढी जोखिम ?

कुन ब्लड ग्रुपका व्यक्तिलाई कोभिड संक्रमणको बढी जोखिम ?

कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले विभिन्न अध्ययन भइरहेका छन् । औषधि र भ्याक्सिन (खोप) को परीक्षणबाहेक पनि भाइरसको प्रकृतिबारे अनुसन्धान गरी महामारी नियन्त्रणका लागि विभिन्न प्रयास जारी छन् । यसमध्ये दीर्घरोग, अन्य संक्रमण, उमेर समूह, स्वास्थ्य अवस्था आदि अनुसार कोभिडले मानव शरीरमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा थुप्रै अध्ययन भइरहेका छन् ।

यस्ता अध्ययनले व्यक्तिको प्रतिरोधी क्षमताका आधारमा भाइरसले क्षति पु¥याइरहेको देखाउँदै आएको छ । पछिल्लो समय रक्त समूह (ब्लड ग्रुप) का आधार भाइरसको जोखिमबारे पनि अध्ययन गरिएको छ । सामान्यतया निश्चित रक्त समूह भएका व्यक्तिमा भाइरस वा ब्याक्टेरियाले बढी असर पार्ने हँुदा यसको प्रभावबारे बहस भइरहेको हो । 

सामान्यतया शरीरमा चार किसिमको रक्त समूह हुने गर्छन् । जुन रगतको सतहमा हुने एन्टिजेन्सको उपस्थिति र अनुपस्थितिमा निर्भर हुन्छन् । आरएच फ्याक्टर नामक प्रोटिन रगतमा उपलब्ध हँुदा पजिटिभ र उपलब्ध नहुँदा नेगेटिभ हुने गर्छ ।

जसका कारणले सामान्यतया रगत समूहलाई ए पाजिटिभ, ए नेगेटिभ, बी पजिटिभ, बी नेगेटिभ, ओ पजिटिभ, ओ नेगेटिभ, एबी पजिटिभ र एबी नेगेटिभ गरी आठ प्रकारमा विभाजन गरिएको छ । शरीरमा रक्त समूहले व्यक्तिको सम्पूर्ण स्वास्थ्य प्रणालीमा प्रभाव पारिरहेको हुन्छ । 

कुन रक्त समूहमा कोभिड संक्रमणको जोखिम बढी ?
रक्त समूहका आधारमा भाइरसको जोखिमबारे थुप्रै अनुसन्धान भएका छन् । अध्ययनहरूका अनुसार केही निश्चित रक्त समूह भएका व्यक्ति तुलनात्मक रूपमा बढी प्रभावित भएका पाइन्छ ।

डेनमार्क डेनिक अनुसन्धानकर्ताले गत साता प्रकाशित गरेको एक अध्ययन रिपोर्टअनुसार ए रगत समूह भएका व्यक्तिहरू कोभिडबाट बढी प्रभावित भएको पाइएको छ । डेनमार्कमा दुई लाख मानिसलाई रगत समूहको आधारमा सात हजार चार सय २२ जना कोभिड संक्रमितसँग तुलना गरिएको थियो ।

अध्ययनमा ओ रगत समूह भएका ४१.७ प्रतिशत सहभागीमध्ये ३८.४ प्रतिशतमा संक्रमण पजिटिभ देखिएको थियो । यस्तै कुल सहभागी ४४.४ प्रतिशत ए रगत समूह भएका सहभागीमध्ये ४२.४ प्रतिशतमा कोभिड पजिटिभ देखिएको थियो । ओ रगत समूह भएका व्यक्तिहरूमा सार्स कोभिड संक्रमणको जोखिम न्यून रहेको यसअघिको अध्ययनले प्रमाणित गरेको थियो । 

कोभिडका कारण गम्भीर बिरामी परेका ९० जना संक्रमितमा क्यानडामा गरेको एक अध्ययनअनुसार ए र एबी रगत समूहका ८४ प्रतिशत बिरामीलाई मेकानिकल भेन्टिलेसन आवश्यक परेको थियो । यसको तुलनामा जम्मा ओ र बी रगत समूहका ६१ प्रतिशत संक्रमितमा मात्र गम्भीर लक्षण देखा परेका थिए ।

जुन अध्ययनले अन्य रगत समूहको तुलनामा ए र एबी रगत समूहका व्यक्तिहरू बढी प्रभावित भएको पुष्टि गरेको छ । जुन महिनामा द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले प्रकाशित गरेको अर्को अध्ययनले समेत रगत समूहका आधारमा कोभिडको जोखिम फरक हुने पुष्टि गरेको थियो । 

विज्ञहरूका अनुसार राता रक्त कोषहरू एन्टिजेन्सहरूले ढाकिएका हुन्छन्, जसले शरीरमा प्रतिरक्षा प्रणालीलाई तुरुन्त प्रतिक्रिया दिन मद्दत गर्छ । ओ र बी रक्त समूह भएका व्यक्तिमा एन्टिजोन्सहरूले कोषलाई ढाकेर राखेको हुन्छ, जसले भाइरस वा ब्याक्टेरियालाई सजिलै क्षति पु¥याउन दिँदैन ।

रगत समूहका आधारमा संक्रमणको जोखिम कति र कसरी फरक हुन्छ भन्नेबारे अझै अध्ययनहरू भइरहेका छन् । यसका कारणहरू पनि धेरै हुन सक्ने अध्ययनकर्ताहरू बताउँछन् । 

‘नेपालमा पनि ए रक्त समूहका बिरामी बढी छन्’
नेपालमा पनि बिरामीको अवस्था हेर्दा ए रक्त समूहका बिरामी बढी गम्भीर भइरहेको बताउँछन् नेपाल पुलिस अस्पतालमा कोभिड हेरिरहेका डा. नवीन रौनियार । उनी भन्छन्, ‘गम्भीर लक्षण देखिने र सघन उपचारको आवश्यकता पर्ने बिरामीहरूमा रगत समूह ए भएका संक्रमित बढी छन् ।

पछिल्लो समय गम्भीर लक्षणसहितका बिरामी बढ्न थालेको र त्यसमा पनि रगत समूह ए भएका बिरामीको संख्या तुलनात्मक रूपमा बढी देखिन्छ ।’ 

प्रतिक्रिया