Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नौ स्टाइल नगरकोटीका

नौ स्टाइल नगरकोटीका

हाम्रो बुलेटिनले  आख्यानमा फरकपन ल्याउने साहित्यकार नगरकोटीलाई प्रस्तुत गरेको छ । नगरकोटीका यी नौ तस्बिर उनको फरक खालको नौ जीवनशैलीका प्रतीक पनि हुन् ।

१) कुमार नगरकोटीको लवाई आम लेखकभन्दा फरक छ । उनी जिन्सको पेन्ट वा सिलाएका कपडा लगाउन रुचाउँदैनन् । कुनै बेला बोर्डिङ् स्कुलका शिक्षक कुमारले आफ्नो शिक्षण पेसा छाड्नुका विभिन्न कारणमध्ये आफूलाई मनपरेको पहिरन लगाउन नपाउनु पनि थियो । पूर्ण लेखक भएयता उनले कहिल्यै पनि औपचारिक पहिरन लगाएका छैनन् ।

२) उनी आफूलाई फिक्सन डिजाइनर भन्न रुचाउँछन् । उनका पुस्तकका कभरदेखि भित्री डिजाइनसम्म पनि आफ्नै निर्देशनमा बनाउन रुचाउँछन् । कथा तत्त्व मात्र होइन बाहिरी लुक पनि आफूजस्तै फरक हुनुपर्छ भन्ने उनको मान्यता छ । यही कारण उनका पुस्तकका कभरका तस्बिर पनि उनी आफैँ खोज्छन् ।

३) उनी कालो रङका प्रेमी हुन् । उनका कपडा मात्र होइन, उपन्यासका कभर पनि कालै हुने गरेका छन् । त्यति मात्र होइन, उनको घरमा वा कोठामा सजिने फर्निचरका सामग्री वा उपभोग्य वस्तु पनि सकेसम्म कालै रङका हुने गरेका छन् ।

४) नगरकोटीलाई उज्यालो भन्दा अँध्यारो मनपर्छ । चमकधमक शहरभन्दा भन्दा एकान्त गल्ली मनपर्छ । उनी उज्यालो हुन्जेल प्रायः धुम्धुम्ती घरमै लेखपढ गरेर बस्न मनपराउँछन् तर अँध्यारो भएपछि उनी गल्लीतिर निस्कन्छन् ।

५) नगरकोटीको लेखन पनि अरु लेखकको भन्दा फरक हुन्छ । अंग्रेजीमा सर्रियल राइटिङ् शैलीमा लेखिएका उनका जति पनि कृति निस्केका छन्, ‘अक्षरगञ्ज’बाहेक सबै यही शैलीमा लेखिएको छ ।

६) नेपाली नाटक लेखनमा पनि उनले फरक शैली भित्राएका छन् । उनका नाट्यकृति ‘कोमाः अ पोलिटिकल सेक्स’ र ‘बाथ टब’ दुवैको शैली फरक छ । उनका अन्य नाटकहरुमा पनि फरकपना देख्न सकिन्छ । कतिपय कलाकारहरुले नगरकोटीको नाटकमाथि अभिनय गर्नु ‘चुनौतीपूर्ण काम’ मान्ने गरेका छन् ।

७) नगरकोटी अभिनेता पनि हुन् । उनले आफ्नै नाटक र केही चलचित्रहरुमा पनि काम गरेका छन् ।

८) धेरैले उनले कुनै धार्मिक सम्प्रदायसँग नजिक भएको विश्वास गर्छन् । उनी कुनै धर्म मान्दैनन्, न त उनका पहिरन, माला र जीवनशैली कुनै धर्म सम्प्रादायसँग नै नजिक छ ।

९) रमाइलो कुरा, उनी देख्दा जति अनौठा देखिन्छन्, त्यति नै सरल छन् । नगरकोटीसँग संगत गर्नेहरु भन्छन्, ‘नगरकोटी ओखर जस्ता हुन् । उनलाई पर्गेल्न सक्ने हो भने उनी जत्तिको सरल साहित्यकार विरलै होलान् ।’

प्रतिक्रिया

ट्रेन्डिङ