Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अग्लिँदैछ सगरमाथाको उचाइसँगै नेपाल र चीनको सम्बन्ध

अग्लिँदैछ सगरमाथाको उचाइसँगै   नेपाल र चीनको सम्बन्ध

विश्वको सबैभन्दा अग्लो हिमालको उचाइमा दुई देशले जनाएको सहमतिले चीन र नेपालबीच पछिल्लो समय न्यानो हुँदै गएको सम्बन्धलाई पनि संकेत गर्छ । चीन र नेपालका अधिकांश सिमाना उच्च हिमाली भूभागमा  छन्, सोही क्षेत्रमा रहेको सगरमाथालाई नेपाल सरकारले प्रतिष्ठाको विषय मान्ने गर्छ । सोही हिमालको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए ।

काठमाडाैं र बेइजिङका अनुसार सगरमाथाको नयाँ औपचारिक उचाइ ८ हजार ८४८.८६ मिटर अर्थात् २९ हजार ०३१.७ फिट पुगेको छ । विगत ६५ वर्षदेखि यसको उचाइ ८ हजार ८४८ मिटर वा २९ हजार ०२८.८७ फिट स्विकारिएको थियो । उचाइ सार्वजनिक गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले ‘सगरमाथाको उचाइसँगसँगै चीन र  नेपालबीचको सम्बन्ध पनि बढेको’ बताए । ज्ञवाली र उनका चिनियाँ समकक्षीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा उचाई सार्वजनिक गरेका थिए ।

चिनियाँ नेता सी जिनपिङले पनि सगरमाथाको नयाँ उचाइमा समर्थन जनाएका छन् । खासमा सीले एक वर्षअघि नेपाल भ्रमणका क्रममा आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई दुई देशले सगरमाथाको उचाइ संयुक्त रूपमा नाप्ने घोषणा गरेका थिए । अहिले सीको सोही वाचा पूरा भएको छ ।

हिमालय क्षेत्रका अन्य छिमेकीसँग चीनको सम्बन्ध त्यति सौहार्दपूर्ण छैन । यही वर्षको जुन महिनामा भारत र चीनबीचको सीमाविवादले रक्तपातपूर्ण भिडन्त निम्त्याएपछि भारतसँग चीनको सम्बन्ध अझै तनावपूर्ण छ । त्यस्तै चीन र हिमालय क्षेत्रमा पर्ने अर्को मुलुक भुटानबीचको सम्बन्ध पनि राम्रो छैन । तिनको तुलनामा बेइजिङले नेपाललाई आदर देखाउने गरेको छ । नेपालमा अहिले बेइजिङप्रति सकारात्मक रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकार छ । चीन नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ रणनीतिको महत्वपूर्ण हिस्सा मान्छ । भारतसँगको सम्बन्ध केही चिसिएको भनेको वेला नेपाल चीनको नजिक गएको छ । 

भारतीय सर्वेयर जनरलले नेपालसँग २०७४ सालमा सगरमाथाको उचाइ पुनः मापन गर्ने प्रस्ताव गरेका थिए । तर, आफ्ना पर्वत मापन गर्ने क्षमता भएका सर्वेक्षक आफूसँग रहेको भन्दै नेपालले प्रस्ताव अस्वीकार गरिदियो । नेपालले सुरुमा चीनको प्रस्ताव पनि अस्वीकार गरेको थियो । तर, पछि उसले उचाइ मापनलाई संयुक्त परियोजना बनाउन सहमति जनाएको थियो । चीनले कोरोना भाइरस महमारीका कारण पवर्तारोहण अवरुद्ध भएको समयमा यही वर्ष सगरमाथाको उत्तरी मोहडाको मापन गरेको थियो । 

पालले त्यसअघि नै दक्षिणी भाग नापिसकेको थियो । नेपाल भूपरिवेष्टित भएकाले यहाँका आरोहीहरूले सटिक समुद्री सतह यकिन गर्न भारतीय सर्वेक्षण विभागको तथ्यांक प्रयोग गर्नुपरेको थियो । त्यसपछि नेपाली आरोहण समूह सन् २०१९ मेमा स्याटेलाइट रिसिभर र एन्टेना बोकेर सगरमाथा उक्लियो । उनीहरू सगरमाथाको चुचुरोमा स्याटेलाइट डाटा समात्न दुई घन्टासम्म पर्खिएका थिए । 

नेपालको सगरमाथा आरोहण टिमको नेतृत्व गरेका थिए, सर्वेक्षण अधिकारी खिमलाल गौतमले । गौतमका अनुसार सर्वेक्षकले त्यति उचाइमा स्याटेलाइट डाटा समातेको त्यो पहिलोपटक थियो । विगतमा शेर्पा र गाइडले स्याटेलाइट डाटा समात्ने गरेको गौतमले बताए । सगरमाथा हेर्दा अटल देखिए पनि टेक्नोटिक हलचलले यसमा असर गर्ने गर्छ । ०७२ सालको भूकम्पका कारण आम रूपमा हिमालय क्षेत्रका कैयौँ चुलीसँगसँगै सगरमाथा पनि केही होचिएको अनुमान थियो । तर, अहिले सार्वजनिक भएको दोहोरो मापनले त्यसभन्दा फरक तथ्यांक निकालेको छ । 

वैज्ञानिकहरूले पहिलेदेखि नै सगरमाथाको उचाइ बढिरहेको बताउँदै आएका थिए । भारतीय प्लेट युरोसियन प्लेटमुनि घुस्रिरहेकाले हिमालय उचालिने गर्छ । भूकम्पले चुलीको उचाइ घटाउन पनि सक्छ । तर, सगरमाथाको उचाइ सधैँ एउटै थिएन । १९औँ शताब्दीमा तत्कालीन ब्रिटिस–इन्डियाका सर्वेयर जनरल सर जर्ज एभरेस्ट र उनको समूहले सगरमाथाको उचाइ ८ हजार ८४०.०७ मिटर (२९ हजार ००२.८५) मापन गरेको थियो ।

त्यसपछि पनि भारत, चीन, अमेरिका, इटली र डेनमार्कले सगरमाथाको मापन गरेका थिए । नेपालले सबै मापनलाई अस्वीकार गर्दै आएको थियो । अझ नेपालले यो हिमालको नाम ‘माउन्ट एभरेस्ट’लाई पनि अस्वीकार गर्ने गरेको छ । मंगलबारको संयुक्त ब्रिफिङमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीले हिमाललाई ‘चोमोलङमा’ र नेपालका परराष्ट्रमन्त्रीले ‘सगरमाथा’ सम्बोधन गरेका थिए । 

प्रतिक्रिया