Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अनलाइन शपिङमा उतारचढाव, यस्तो छ पछिल्लो ६ महिनाको तथ्याङ्क

अनलाइन शपिङमा उतारचढाव, यस्तो छ पछिल्लो ६ महिनाको तथ्याङ्क

कोभिड १९ का कारण लागू गरिएको लकडाउनका साथै सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले अनलाइन कारोबारलाई विश्वले नै प्रोत्साहन दियाे । घरमै बसेर सामान किन्नुपर्ने हुँदा अनलाइन शपिङ धेरैकाे रोजाइ बन्याे ।

अमेजन, अलिबाबाजस्ता विश्वका ठूलो ईकमर्स कम्पनीले याे अवधिमा कहिलै छुन नसकेको सफलता हात पारे । हाल कोरोना विस्तारै सेलाउँदै गएको भएता पनि अझै यसको त्रास सकिएको छैन ।

यस्तो अवस्थामा अहिले पनि अनलाइनबाटै सामान मगाउनेको संख्याा ठूलाे छ । जुन अवस्था नेपालमा पनि रहेको छ । नेपाली ईकमर्स कम्पनीले अमेजन, अलिबाबा जस्ता ठूला कम्पनीले पाएको सफलता जस्तै ठूलो सफलता हात पार्न नसकेको भएता पनि यो समयमा ग्राहक भने पाएका छन् ।

यसको अर्थ कोरोनाअघि अनलाइनमार्फत सामान किन्न हिच्चकिचाउने नेपालीको ठूलो जमात अनलाइन शपिङमा तानिएकाे छ । जुन नेपालका ईकमर्स कम्पनीहरुका लागि अवसर हो ।

अर्कोतर्फ अनलाइन कारोबार पनि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत एक महिनाको अवधिमा कारोबारले डेढ खर्बको आँकडा छुन सफल भएको छ ।

यी सबै कुराका बावजुद पनि अनलाइन शपिङमा भने मासिक रुपमा उतारचढाव देखिँदै आएको छ । राष्ट्र बैंकले हरेक महिना देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सार्वजनिक गर्दै आएको छ ।

सोमबारमात्रै २०७७ पुसको तथ्याङ्क सार्वजनिक भएको छ । जसमा कुल ८४ करोड ३० लाखको हाराहारीमा कारोबार भएको छ । यो रकम अघिल्लो महिनाको तुलनमा भने बढी नै हाे ।

साथै अघिल्लाे महिनाको तुलनामा काराेबार स‌ख्या पनि बढेकाे छ । पुस महिनामा कुल १ लाख २० हजार पटक अनलाइन शपिङ भएकाे छ ।

मंसिर महिनाको तुलनमा कारोबार रकम र कारोबार संख्या दुवै वृद्धि भएको भएता पनि यो वृद्धि विगत ६ महिनामा भने निरन्तर रुपमा हुन सकेको छैन ।

प्रतिक्रिया