Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पिताको दोश्रो जुनि  २०५८ सालको श्रीपन्चमी बिशेष

पिताको दोश्रो जुनि  २०५८ सालको श्रीपन्चमी बिशेष

२०५८ साल फागुन ५ गते श्रीपन्चमी थियो । तत्कालीन द्वन्द्वका प्रभावले स्वस्थ मनस्थिति र शान्तसँग पढ्न सक्ने स्थिति नभएको त्यस बखतमा अतिरिक्त क्रियाकलाप , सिर्जनात्मक गतिविधि , प्रतिभा / क्षमता प्रस्फुटन तथा प्रदर्शनको अवसर त हाम्रो लागि अन्य ग्रह पुग्नु जतिको टाढा थियोे । बुर्जुवा शिक्षा र देवि देउता मान्ने धर्म संस्कार संस्कृतिको बिरोधि माओवादीका गतिविधिले त्रसित समाजको बिद्यालय । तत्कालीन अवस्थालाई मध्यनजर गर्दै होहल्ला नगरी सरस्वतीको पुजा गर्ने भनी गुरुहरुसँग सल्लाह भएको थियो ।

ड्याडी काम बिशेषले सदरमुकाम जानुभएको थियो । हामी भाइबहिनी मम्मिसँगै सुतेका थियौं । लगभग २ बजेतिर डड्याङ डुडुङको आवाज निकै थर्कियो, हामी सबै ब्युझियौं । घर भुइचालो आएजस्तै थर्किन्थे । हामी बाहिर निस्कन सकेनौ्। ममिले घरभित्रै बाटामा पिसाब गराउनु भयो । सजिलै अनुमान गय्रौं साँफे आक्रमण भयो । सदरमुकाम पनि आक्रमणको शिकार भयो कि डर लाग्यो नभन्दै केही मन्द सुनिने बमको आवाजले अनुमानलाई एकिन गराइदियो । रातभरि सुत्न सकेनौं । हामी त सँगै छौं सकुशल छौं तर ड्याडी मात्र एक्लै के भयो होला ? रातभर प्राथना गय्रौं । बिहान भयो डाँडाबाट मंगलसेन हेर्दा ध्वस्त थियोे । ड्याडीको अत्तोपत्तो थिएन । बिचलित भयौं ।

सबै आफ्ना आफन्तको खोजीमा लागे तर ..हामी सानै भएकाले खबर गर्ने कोही थिएन । आमाका पछाडि मामा बाबाका पछाडि काका/ फुपू को आवश्यकता सम्झेर डाको छोडेर निकैबेर रोएकी थिएं । तेस्रो दिन जिउँदै हुनुहुन्छ भन्ने खबर पायौं । आगोपानी नगरी तीन दिन सम्म बसेका थियौं । चौथो दिनमा ड्याडी घर पुग्दा निकैबेर रुवाबासी चलेको थियोे । भन्दा ड्याडी ३ महिनासम्म निकै नाजुक मनस्थितिमा रहनुभयो । सामान्य अवस्थामा फर्कन लगभग ३ बर्ष जति लाग्यो । केही असर ऐलेसम्म पनि छ ।

त्यो कहालीलाग्दो रात सम्झँदा अझै पनि आङ सिरिङ्ग हुन्छ । जसको असर ऐलेसम्म रहेको छ । कान फुट्ने , मुटु झस्किने गरि पड्केका बमका आवाजको असरले अहिले पनी दीपावलीका पटाका र गाडिका टायर पड्किदा पनि सातोपुत्लो जान्छ । आगामी दिनमा बालबालिकाले त्यस्तो अवस्था भोग्न नपरोस् । परिवर्तनको लागि क्रान्ति आवश्यक हुन्छ तर बिगतको शैलीले निम्त्याएको संकट र परेको असरले क्रान्तिको शैली परिवर्तन हुनुपर्छ भन्ने आभास धेरैलाई भएको छ सायद ।

(यज्ञ स्वाँर को फेसबुक वाल बाट )

प्रतिक्रिया