Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गायन र गीतकारलाई कमजोर बनाउने म्युजिक भिडियो

गायन र गीतकारलाई कमजोर बनाउने म्युजिक भिडियो

 पछिल्लो समय बजारमा आउने गीतको भिडियो निकै लामो हुने गरेको स्वयं संगीतकर्मीहरूले नै गुनासो गरेका छन् । संगीतकर्मीहरूकै शब्दमा ‘अनावश्यक’ लामा भिडियोहरू युट्युबमा अपलोड भइरहेका छन् । तीन मिनेटको गीतको भिडयो १० मिनेटभन्दा लामा हुने गरेको संगीतकर्मीहरू बताउँछन् ।

निर्देशक विशाल भण्डारी यसप्रति टिप्पणी गर्छन्– गीत हो कि सिनेमा ? खुट्याउनै कठिन हुन थाल्यो । भिडियो लामो हुने मात्रै होइन त्यसमा संवादसमेत समावेश हुँदै आएका छन् । यो ‘ट्रेन्ड’कै रूपमा अगाडि बढिरहेको छ ।

सर्ट मुभीभन्दा पनि लामा गीतको भिडियो आउनु गायक/गायिका र भिडियो निर्देशक दुवैको कमजोरी भएको विशाल बताउँछन् । गीतको भिडियो बनाउने क्रममा कहिलेकाहीँ त्यसले संवाद पनि खोज्छ भन्ने भ्रम रहेको उनी बताउँछन् ।
 
“संवाद राखेर बनाएका केही भिडियो चलेको जस्तो लागेपछि यसो गरेपछि भिडियो चल्दो रहेछ भनेर साथीहरूले संवाद राखेर सिनेमा जस्तो भिडियो बनाइरहनुभएको छ,” निर्देशक भण्डारी भन्छन्, “तर म यस्ता म्युजिक भिडियोलाई सफल मान्दिनँ । गीतको शब्दलाई न्याय गर्नेगरी विनासंवाद दृश्यहरू बगाउन सक्छ भने त्यो मात्रै सफल भिडियो हो र त्यो भिडियो निर्देशन गर्ने निर्देशक मात्रै सफल निर्देशक हो ।” 

गीत सुन्ने माध्यम हो । र, त्यस्ता संवादहरू र कथाले गीत सुन्ने व्यक्तिको एकाग्रता भङ्ग गर्ने उनको भनाइ छ । अहिलेका भिडियोले गीत सुन्न होइन हेर्न मात्रै बाध्य बनाइरहेको उनको दाबी छ । “भिडियोको उद्देश्य त्यसले गीतलाई प्रोमोसन गर्नु हो । गीतलाई झन् सुनौं–सुनौं लाग्ने बनाउने हो । भिडियोले गीतलाई पुनः दोहोर्याएर सुन्न अभिप्रेरित गराउने उद्देश्य राख्नुपर्छ,” चार सय गीतको भिडियो निर्देशन गरिसकेका विशाल भन्छन्, “तर, पछिल्लो समय निर्माण भइरहेका भिडियोले भिडियो याद हुन्छ तर गीत याद हुँदैन । यसले गीतको श्रवणीय पक्षलाई ओझेलमा पार्ने काम गरिरहेको छ ।”

कुनै निर्देशकले गीतको भिडियो सफल बनाउन संवादको सहारा लिन्छ र उसले १०औं मिनेट लामो बनाउँछ भने त्यस्ता निर्देशकलाई विशाल असफल निर्देशक मान्छन् । दृश्यमार्फत कथा भन्न नसक्ने निर्देशकले मात्रै संवाद र लामो भिडियोको सहारा लिइरहेको उनको तर्क छ । यसलाई उनी निर्देशकीय ‘असक्षमता’ भन्छन् ।

आफ्नो गीतको भिडियोमा संवाद राख्नुको कारण गायक/गायिकालाई आफ्नो कृतिप्रति नै विश्वास नहुनु भएको उनको दाबी छ । आफ्नो गीतप्रति विश्वास हुने कलाकारले १४ मिनटेको भिडियो र संवाद प्रयोग गर्न नदिने उनको भनाइ छ । “भिडियोका नाममा निर्देशकहरूले सर्टमुभीजस्तो म्युजिक भिडियो बनाइरहेका छन् । ठूलो बजेटमा बनाइएका सर्टमुभीजस्ता कमजोर भिडियोले गीतलाई सहयोग गर्दैन,” उनी भन्छन्, “यस्ता भिडियो बनाउन निर्देशकलाई प्रेरित गराउने गायक/गायिकामा आफ्नो कृतिप्रति विश्वास नहुनु नै मुख्य कारण हो ।” 

‘लम्बेतान’ भिडियोलाई दर्शक स्रोताले युट्युबमा रिपिट मोडमा नराख्ने उनको दाबी छ । यसको घाटा अन्ततः गायक÷गायिकाले नै बेहोर्नुपर्छ । “वास्तविक संगीतप्रेमीलाई भिडियोभित्र आउने १०/१२ वटा संवादले डिस्टर्ब गर्छ,” विशाल भन्छन्, “बजारमा राम्रो चलेका गायक/गायिका वास्तवमा ठूलो स्टारडम भएका मोडललाई लिएर भिडियो बनाउँछन् । यसको अर्थ उनीहरूलाई आफ्नै क्रिएसनमा विश्वास छैन । कुनै गायक/गायिकाले मेरो गीत राम्रो छ । म नयाँ फेसलाई मेरो गीतको भिडियोमार्फत चलाउँछु भनेको तपाईंले सुन्नुभएको छ ?”

नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा, प्रेमध्वज प्रधान, अरुण थापालगायत गीतको भिडियो बनेका भए पनि त्यसको भिडियो याद नहुने गीत नै दिमागमा आउने गरेको उनको भनाइ छ । 

गायक प्रमोद खरेल भिडियो अनावश्यक रूपमा लामा आउन थालेको बताउँछन् । गीतलाई न्याय गर्नेभन्दा पनि आफ्नै तवरले भिडियो आउने गरेको उनको भनाइ छ । गीतले भन्दा भिडियोले प्राथमिकता पाउँदा गीत ओझेलमा परेको प्रमोदको भनाइ छ ।

“भिडियो र त्यसमा रहेका कलाकार याद हुन्छन् । तर, गीत कसले गाएको हो भन्ने स्रोतालाई थाहै हुँदैन,” प्रमोद भन्छन्, “युट्युबमा दुई करोड/तीन करोड भ्युज गएको हुन्छ । तर, त्यो गीत कसको हो, कसले गाएको हो भन्ने थाहै हुँदैन । यसले गीतको वास्तविक मर्ममाथि नै प्रहार भइरहेको छ ।” 

गीतको भिडियो निर्माण गर्दा त्यसमा सचेत हुनुपर्ने समय आइसकेको भन्दै उनी अडियो नै बलियो हुनुपर्ने बताउँछन् । अडियो बलियो भए भिडियोमा अनावश्यक खर्च गर्न नपर्ने उनको भनाइ छ । 

आधुनिक गीतको भिडियोमा संवाद राख्नु खिर पकाएर त्यसमा मासु पस्किएजस्तै भएको गीतकार राजेन्द्र थापाको टिप्पणी छ । लोकगीतमा संवाद प्रयोग गर्नु सामान्य भए पनि आधुनिक गीतमा यसको प्रयोग अक्षम्य भएको उनको भनाइ छ । आधुनिक गीत हेर्न नभएर सुन्ने भएको र यही सत्यलाई भुल्नेहरूले संवाद र लामो भिडियो बनाइरहेको उनी बताउँछन् । 

जुन गीतमा संवाद प्रयोग गरिन्छ त्यसले गीतकार कमजोर छ भन्ने पुष्टि गर्ने गीतकार राजेन्द्र बताउँछन् । “गीतको शब्दले नै कथा भन्नुपर्छ । अडियन्सले गीतको शब्दबाटै भन्न खोजेको कथा बुझ्नुपर्छ,” उनी भन्छन्, “गीतको शब्दमा तागत नभएपछि उसले भिडियो कथा बनाउँछ । यसले गीत सशक्त छैन भन्ने पुष्टि गरिदिन्छ । मेरो गीत पोहोर साल खुसी फाट्यो...’को भिडियो बनाएको भए अहिले खुम्चिएर दुई/चारजनामा सीमित हुने थियो । भिडियो बनेन त्यसैले सबैतिर फैलियो । फैलिरहेकै छ ।”

सभ्य संसारमा कतै पनि गीतको भिडियोमा संवाद प्रयोग नहुने गरेको उनको दाबी छ ।
 
गीत हेर्ने हो भन्नेहरू मूर्ख हुन् भन्न उनको जिब्रो लकपकाउँदैन । “गीत हर्ने माध्यम हो भन्नेहरू मूर्ख हुन् । गीत हेर्ने हो भने के तिनीहरूले कानमा रुवा कोचोर गीतको भिडियो हेर्छन्,” उनी भन्छन्, “भिडियो हेरेर कोही नाच्दैन । गीत सुनेरै नाच्ने हो ।”

गीत राम्रो नराम्रो भन्ने नै नहुने भन्दै उनी भन्छन्, “गीतको दुईटा मात्रै क्याटागोरी हुन्छ, कि यसले छुन्छ अथवा छुँदैन । गीतले छोएन भने त्यो कालजयी हुँदैन । त्यसैले अडियो नै बलियो हुनुपर्छ ।” 

लेख्न र गाउने क्षमता कम भएकाहरूले आफ्नो कमजोरी लुकाउन संवादको प्रयोग गरिरहेको गीतकार राजेन्द्रको तर्क छ । “यसले पालिस गर्ने मात्रै हो । तत्कालका लागि फाइदा गरे पनि यसले शब्द र गायनलाई कमजोर बनाउँछ ।”

लोकदोहोरीको कल्चर आधुनिक गीतमा नल्याउन उनको सुझाव छ । १२खरी

प्रतिक्रिया