Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बजेटको अभावमा क्वारेन्टाइन बन्द

बजेटको अभावमा क्वारेन्टाइन बन्द

महेन्द्रनगर । सरकारले बजेट नदिएपछि गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारले पशु, खाद्य र प्लान्ट क्वारेन्टाइन गाभ्ने नीति लिए पनि बजेट नआएपछि न्यूनतम चेकजाँचसमेत बन्द गरिएको छ। 

भारत तथा तेस्रो मुलुकबाट आउने पशुपन्छी तथा पशुजन्य पदार्थ चेकजाँच गर्ने निकाय क्वारेन्टाइन कार्यालय कञ्चनपुर मातहतका चेक पोस्ट बन्द भएका छन्। चेक पोस्ट बन्द हुँदा भारतबाट आउने पशु तथा पशुजन्य वस्तुको परीक्षण रोकिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालयका लागि शून्य बजेट दिएको छ। जसका कारण दैनिक कार्यालय सञ्चालनमा समेत समस्या परेको छ। 

परीक्षणका लागि किटसमेत नभएपछि तत्काल पशु क्वारेन्टाइन कार्यालय मातहतका चारवटै चेक पोस्टबाट नियमित सेवा बन्द भएको हो। पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा.उत्तम आचार्यले अर्थ मन्त्रालयबाट कुनै पनि दायित्व सिर्जना हुने काम गरे व्यक्ति स्वयंले बेहोर्ने भन्ने परिपत्र आएकाले कामकाज बन्द गरिएको बताए ।

“करारमा राखिएका प्राविधिक कर्मचारीको सम्झौता सकिएकाले कार्यालय सञ्चालनमा ल्याउनै सकस भइरहेको छ,” आचार्यले भने, “कार्यालयले दिने सम्पूर्ण सेवा बन्द भएका छन्।” भारतबाट आउने पशुजन्य सामग्री परीक्षणका लागि क्वारेन्टाइन कार्यालय मातहत कञ्चनपुरमा दुई चेक पोस्ट, कैलालीमा एक र दार्चुलामा एक गरेर चार नाकामा क्वारेन्टाइन राखिएको छ। त्यहाँ २० जना कर्मचारीको दरबन्दी भए पनि हाल १८ जना कर्मचारी कार्यरत छन्। बजेट नआउँदा कर्मचारीले तलबसमेत पाएका छैनन्। सरकारले प्लान्ट, पशु, खाद्य क्वारेन्टाइन मर्ज गर्ने निर्णय गरेको बुझिएको भए पनि हालसम्म मर्ज प्रक्रिया अगाडि नबढेको कर्यालयले जनाएको छ। 

दैनिक सीमानाका हुँदै भित्रिने अन्डा, माछा, खसीबोकालगायत पशुपन्छी तथा पशुजन्य पदार्थको चेकजाँच नै नभई सर्वसाधारण उपभोक्तासँग पुग्ने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल बताउनुहुन्छ।   

प्रतिक्रिया