Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बजेटको अभावमा क्वारेन्टाइन बन्द

बजेटको अभावमा क्वारेन्टाइन बन्द

महेन्द्रनगर । सरकारले बजेट नदिएपछि गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारले पशु, खाद्य र प्लान्ट क्वारेन्टाइन गाभ्ने नीति लिए पनि बजेट नआएपछि न्यूनतम चेकजाँचसमेत बन्द गरिएको छ। 

भारत तथा तेस्रो मुलुकबाट आउने पशुपन्छी तथा पशुजन्य पदार्थ चेकजाँच गर्ने निकाय क्वारेन्टाइन कार्यालय कञ्चनपुर मातहतका चेक पोस्ट बन्द भएका छन्। चेक पोस्ट बन्द हुँदा भारतबाट आउने पशु तथा पशुजन्य वस्तुको परीक्षण रोकिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालयका लागि शून्य बजेट दिएको छ। जसका कारण दैनिक कार्यालय सञ्चालनमा समेत समस्या परेको छ। 

परीक्षणका लागि किटसमेत नभएपछि तत्काल पशु क्वारेन्टाइन कार्यालय मातहतका चारवटै चेक पोस्टबाट नियमित सेवा बन्द भएको हो। पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा.उत्तम आचार्यले अर्थ मन्त्रालयबाट कुनै पनि दायित्व सिर्जना हुने काम गरे व्यक्ति स्वयंले बेहोर्ने भन्ने परिपत्र आएकाले कामकाज बन्द गरिएको बताए ।

“करारमा राखिएका प्राविधिक कर्मचारीको सम्झौता सकिएकाले कार्यालय सञ्चालनमा ल्याउनै सकस भइरहेको छ,” आचार्यले भने, “कार्यालयले दिने सम्पूर्ण सेवा बन्द भएका छन्।” भारतबाट आउने पशुजन्य सामग्री परीक्षणका लागि क्वारेन्टाइन कार्यालय मातहत कञ्चनपुरमा दुई चेक पोस्ट, कैलालीमा एक र दार्चुलामा एक गरेर चार नाकामा क्वारेन्टाइन राखिएको छ। त्यहाँ २० जना कर्मचारीको दरबन्दी भए पनि हाल १८ जना कर्मचारी कार्यरत छन्। बजेट नआउँदा कर्मचारीले तलबसमेत पाएका छैनन्। सरकारले प्लान्ट, पशु, खाद्य क्वारेन्टाइन मर्ज गर्ने निर्णय गरेको बुझिएको भए पनि हालसम्म मर्ज प्रक्रिया अगाडि नबढेको कर्यालयले जनाएको छ। 

दैनिक सीमानाका हुँदै भित्रिने अन्डा, माछा, खसीबोकालगायत पशुपन्छी तथा पशुजन्य पदार्थको चेकजाँच नै नभई सर्वसाधारण उपभोक्तासँग पुग्ने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल बताउनुहुन्छ।   

प्रतिक्रिया

ट्रेन्डिङ