Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

के हुन् योगको आठ अंग ?

के हुन् योगको आठ अंग ?

महर्षि पतन्जली योग अनुशासकको रुपमा मानिन्छ । उनले योगसूत्रको रचना गरेका थिए । योगसूत्रमा चित्तलाई एकाग्र गरेर ईश्वरमा लीन हुने विधान छ । पतन्जलीका अनुसार चित्तको वृत्तिलाई चञ्चल हुनबाट रोक्नु नै योग हो । अर्थात मनलाई स्थिर र शान्त राख्नु नै योग हो ।

‘चित्तवृत्ति निरोध’ लाई योग मानेर यम, नियम, आसन आदिलाई योगको मूल शिद्धान्त मानिएको छ । प्रत्यक्ष रुपले हठयोग, राजयोग र ज्ञानयोग गरी तीन मौलिक यसमा पाइन्छ ।

योगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयोग अर्थात योगको आठ अंगको समूहलाई अष्टाङ्ग योग भनिन्छ । यही सूत्रबाट नै राजयोग नामक अध्यायको प्रारम्भ भएको पाइन्छ । पताञ्जलीले प्रतिपादन गरेका योगका आठ अंगलाई उनले दुई भागमा विभक्त गरेका छन् ।

१. बहिरंग भाग  : यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, अष्टाङ्ग योगका बहिरंग भाग मानिन्छ । शरीरका बाह्य पक्षहरुको साधनाका लागि बहिरंग योगको आवश्यक पर्छ ।

२. अन्तरंग भाग  : धारणा, ध्यान, समाधि, अष्टाङग योगका अन्तरंग पक्ष हुन् । यिनीहरु आत्मनिष्ठ हुन्छन्, त्यसैले आत्मचिन्तनद्वारा यिनीहरुको सिद्धी प्राप्त हुन्छ ।

योगको आठ अंग

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि । यी योगका आठ अंग हुन् ।

यम

अर्कालाई मनबाट, बोली–वचनबाट, व्यवहारबाट दुःख नदिनु । यसमा अहिंसा पनि पर्छ । जस्तो कि, सत्य बोल्नु, चोरी नगर्नु, छलकपट नगर्नु । ब्रम्हाचर्या रहनु ।

अहिंसा, सत्य, अस्तेय, ब्रम्हचार्य, अपरिग्रह यसमा समावेश छ । ब्रम्हाचर्यको दुई अर्थ छ । एक चेतनालाई ब्रम्हाको ज्ञानमा स्थित गर्नु । दुई, सबै इन्द्रिय जनित सुखमा संयमित हुनु ।

नियम

नियम अर्थात पाँच व्यक्तिगत नैतिकता । यसमा शौच अर्थात शरीर र मनको शुद्धि, सन्तोष अर्थात सन्तुष्ट र प्रशन्न रहनु, तप अर्थात आफुलाई अनुशासित गर्नु, स्वाध्याय अर्थात अत्मचिन्तन गर्नु, ईश्वर प्रणिधान अर्थात ईश्वरप्रति पूर्ण श्रद्धा राख्नु ।

आसन

जसमा स्थिर र सुखपूर्वक बस्न सकिन्छ त्यो आसन हो । उक्त आसन प्रयत्नको शिथिलता र अनन्त –परमात्मा)मा मन लगाएर शिद्ध हुन्छ । ति आसनको शिद्धीले चिसो, गर्मी, भोक, प्यास, हर्ष, विषाद आदि द्वन्द्वबाट आघात पुग्दैन ।

प्राणायाम

आसनमा सिद्धी भएपछि श्वासप्रश्वासको गति लयबद्ध हुनु नै प्राणायाम हो ।

प्रत्याहार

वासनाहरुबाट इन्द्रियलाई पूर्ण मुक्ति दिलाउनु । इन्द्रियको वाह्यवृत्तिलाई आफ्नो नियन्त्रणमा राखेर मनमा विलिन गर्ने अभ्यास नै प्रत्याहार हो । भनिन्छ योगीको इन्द्रिय उसको सर्वथा वशमा रहन्छ । उक्त पाँच साधनालाई बहिरंग साधन र बाँकी तीन साधनलाई अन्तरंग साधन बताइएको छ ।

धारणा

मनलाई आफ्नो वशमा राख्नु धारणा हो । मनलाई तानेर त्यसलाई विशेष स्थानमा राख्नु धारणा हो ।

ध्यान

जुन बस्तुमा चित्तलाई लगाइन्छ, त्यसका एकाग्र हुनु नै ध्यान हो । लक्षित वस्तुमा स्थित मनको क्षण मात्रामा भएपनि अविचलित भएर एकै प्रकारको प्रवाहमा रहनु ध्यान हो ।

समाधि

चित्त जसको ध्यान गरिरहेको हो उसको स्वरुप सून्य भएर जब केवल ध्यान मात्र आभास हुन्छ, त्यही समाधि हो ।

प्रतिक्रिया