Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

के हुन् योगको आठ अंग ?

के हुन् योगको आठ अंग ?

महर्षि पतन्जली योग अनुशासकको रुपमा मानिन्छ । उनले योगसूत्रको रचना गरेका थिए । योगसूत्रमा चित्तलाई एकाग्र गरेर ईश्वरमा लीन हुने विधान छ । पतन्जलीका अनुसार चित्तको वृत्तिलाई चञ्चल हुनबाट रोक्नु नै योग हो । अर्थात मनलाई स्थिर र शान्त राख्नु नै योग हो ।

‘चित्तवृत्ति निरोध’ लाई योग मानेर यम, नियम, आसन आदिलाई योगको मूल शिद्धान्त मानिएको छ । प्रत्यक्ष रुपले हठयोग, राजयोग र ज्ञानयोग गरी तीन मौलिक यसमा पाइन्छ ।

योगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयोग अर्थात योगको आठ अंगको समूहलाई अष्टाङ्ग योग भनिन्छ । यही सूत्रबाट नै राजयोग नामक अध्यायको प्रारम्भ भएको पाइन्छ । पताञ्जलीले प्रतिपादन गरेका योगका आठ अंगलाई उनले दुई भागमा विभक्त गरेका छन् ।

१. बहिरंग भाग  : यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, अष्टाङ्ग योगका बहिरंग भाग मानिन्छ । शरीरका बाह्य पक्षहरुको साधनाका लागि बहिरंग योगको आवश्यक पर्छ ।

२. अन्तरंग भाग  : धारणा, ध्यान, समाधि, अष्टाङग योगका अन्तरंग पक्ष हुन् । यिनीहरु आत्मनिष्ठ हुन्छन्, त्यसैले आत्मचिन्तनद्वारा यिनीहरुको सिद्धी प्राप्त हुन्छ ।

योगको आठ अंग

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि । यी योगका आठ अंग हुन् ।

यम

अर्कालाई मनबाट, बोली–वचनबाट, व्यवहारबाट दुःख नदिनु । यसमा अहिंसा पनि पर्छ । जस्तो कि, सत्य बोल्नु, चोरी नगर्नु, छलकपट नगर्नु । ब्रम्हाचर्या रहनु ।

अहिंसा, सत्य, अस्तेय, ब्रम्हचार्य, अपरिग्रह यसमा समावेश छ । ब्रम्हाचर्यको दुई अर्थ छ । एक चेतनालाई ब्रम्हाको ज्ञानमा स्थित गर्नु । दुई, सबै इन्द्रिय जनित सुखमा संयमित हुनु ।

नियम

नियम अर्थात पाँच व्यक्तिगत नैतिकता । यसमा शौच अर्थात शरीर र मनको शुद्धि, सन्तोष अर्थात सन्तुष्ट र प्रशन्न रहनु, तप अर्थात आफुलाई अनुशासित गर्नु, स्वाध्याय अर्थात अत्मचिन्तन गर्नु, ईश्वर प्रणिधान अर्थात ईश्वरप्रति पूर्ण श्रद्धा राख्नु ।

आसन

जसमा स्थिर र सुखपूर्वक बस्न सकिन्छ त्यो आसन हो । उक्त आसन प्रयत्नको शिथिलता र अनन्त –परमात्मा)मा मन लगाएर शिद्ध हुन्छ । ति आसनको शिद्धीले चिसो, गर्मी, भोक, प्यास, हर्ष, विषाद आदि द्वन्द्वबाट आघात पुग्दैन ।

प्राणायाम

आसनमा सिद्धी भएपछि श्वासप्रश्वासको गति लयबद्ध हुनु नै प्राणायाम हो ।

प्रत्याहार

वासनाहरुबाट इन्द्रियलाई पूर्ण मुक्ति दिलाउनु । इन्द्रियको वाह्यवृत्तिलाई आफ्नो नियन्त्रणमा राखेर मनमा विलिन गर्ने अभ्यास नै प्रत्याहार हो । भनिन्छ योगीको इन्द्रिय उसको सर्वथा वशमा रहन्छ । उक्त पाँच साधनालाई बहिरंग साधन र बाँकी तीन साधनलाई अन्तरंग साधन बताइएको छ ।

धारणा

मनलाई आफ्नो वशमा राख्नु धारणा हो । मनलाई तानेर त्यसलाई विशेष स्थानमा राख्नु धारणा हो ।

ध्यान

जुन बस्तुमा चित्तलाई लगाइन्छ, त्यसका एकाग्र हुनु नै ध्यान हो । लक्षित वस्तुमा स्थित मनको क्षण मात्रामा भएपनि अविचलित भएर एकै प्रकारको प्रवाहमा रहनु ध्यान हो ।

समाधि

चित्त जसको ध्यान गरिरहेको हो उसको स्वरुप सून्य भएर जब केवल ध्यान मात्र आभास हुन्छ, त्यही समाधि हो ।

प्रतिक्रिया