Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २९ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

नयाँ लकडाउन अत्यावश्यक नै देखियो भने नीति–निर्माताले निकै सचेततापूर्वक कदम चाल्नुपर्छ

नयाँ लकडाउन अत्यावश्यक नै देखियो भने नीति–निर्माताले निकै सचेततापूर्वक कदम चाल्नुपर्छ

जाडो महिना बढेसँगै महामारीको स्तरमा बढोत्तरी भएको छ । अमेरिकामा नयाँ संक्रमितको संख्याले हालसम्मकै उच्च संख्या छोएको छ । संक्रमण दर बढेसँगै युरोपका विभिन्न देशले पुनः लकडाउन लगाएका छन् भने अरूलाई पनि आफ्नो कदम अनुसरण गर्न आग्रह गरिरहेका छन् । महामारी नियन्त्रणबाहिर गएको स्थितिमा लकडाउन अत्यावश्यक हुन सक्छ, तर जनस्वास्थ्यको हिसाबमा यो पूर्ण समाधान भने होइन । समग्र मानवीय मूल्य ख्याल नगरी लकडाउनमा गइहाल्न हँुदैन । कोरोना भाइरसको पहिलो लहर नियन्त्रण गर्न लागू गरिएको लकडाउनबाट पाठ सिक्नु र त्यसलाई कार्यान्वयन गर्नु उपयुक्त हुन्छ । सबैजसो अध्ययनले लामो समयको एकान्तवासले मानिसहरूको स्वास्थ्यमा गम्भीर असर गर्ने देखाएका छन् । मुटुरोग, डिमेन्सियादेखि डिप्रेसन र आत्महत्यालाई लामो एकान्तवासले नकारात्मक असर गर्छ । 

महामारीको समयमा हाम्रो खानपिन तथा जीवनशैली प्रभावित हुन्छ, यसले जुन रोगबाट बचाउनका लागि एकान्तवास लागू गरिएको हुन्छ, त्यही नै रोगको जोखिम बढाउने कारण बन्छ । हाम्रो मानसिक स्वास्थ्यमा पनि असर पुग्छ । एक्लोपनले उत्पन्न गर्ने मनोवैज्ञानिक असरलाई मोटोपन वा धूम्रपानको असरबराबर खतरनाक मानिन्छ । यही कारणले पहिलो लकडाउनको समयमा एन्जाइटी र डिप्रेसनपीडितको संख्या ह्वात्तै बढेको थियो । त्यस समय अमेरिकामा १८ देखि २५ वर्षबीचका युवामध्ये २५ प्रतिशतमा आत्महत्याको सोच आएको अध्ययनले देखाएका छन् । त्यस्तै घरभित्र थुनिँदा घरेलु हिंसामा बढोत्तरी भएको थियो । रोगबाट बचाउन भनेर लागू गरेको एकान्तवासले अलग तरिकाले मानिसको ज्यानलाई जोखिममा पारेको देखियो । समाजिक रूपमा एक्लिँदा मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर क्षति पुग्ने ज्ञान महामारीभन्दा अघिकै नै थियो । केही अनुसन्धाताको खोजअनुसार समाजिक पृथकीकरणको असर महामारी सकिएपछि पनि लामो समय कायम रहनेछ । जस्तो अहिलेको विद्यालयको बन्दीले सामाजिक रूपमा दीर्घकालीन असर गर्नेछ । 

कोरोना भाइरस प्रसार रोक्न विद्यालय बन्द भएपछि सहरका विद्यालयले आफ्ना विद्यार्थीलाई अनलाइन माध्यमबाट पढाए भने गाउँमा इन्टरनेट नभएको ठाउँमा त्यस्तो कक्षासमेत सञ्चालन हुन सकेन । तर, जहाँ अनलाइन कक्षा सञ्चालन भए, तिनको गुणस्तर भौतिक रूपमा कक्षामा उपस्थित भएर पढाएजस्तो नहुने पाइएको छ । लकडाउनले अर्थतन्त्रमाथि पारेको असरबारे अध्ययन हुँदा सधैँलाई बन्द भएका साना व्यवसायको गणना त्यति भएको देखिँदैन । विभिन्न अध्ययनले कतिपय साना व्यवसायमाथि परेको क्षति भाइरसले नगरेर लकडाउनले गरेको देखाएको छ । बेरोजगारी तथा आर्थिक अनिश्चितताले पनि आफ्नै खालको स्वास्थ्य जोखिम निम्त्याउँछ ।

पहिलो लकडाउनको अन्तिमतिर यसका असरबारे चर्चा हुन थालेको थियो, तर समयसँगै यसबारेका बहस कमजोर हुन थाले । लकडाउनका गम्भीर असरले भाइरसले जति नै मानिस मार्न सक्ने चर्चा हुन थालेको थियो, जुन अहिले छायामा परेको छ । लकडाउनको अर्को समस्या यसले कमजोर समुदायमा झन् बढी असर पारेको देखिन्छ । लकडाउनले सबै मानिसको दैनिक जीवनका आनन्द खोसेको कुरा सही हो, तर आर्थिक क्षेत्रमा केही व्यवसायीले यस अवधिमा आर्थिक मुनाफा गरेको देखियो । केही मानिसले ठुल्ठूला खरिद रोकी ऋण तिरेर बसेका छन् भने दैनिक रूपमा कमाइ हुने ज्यालाबाट जीविकोपार्जन गर्नेहरूको ढाड नै भाँचिने अवस्था लकडाउनले ल्यायो । कोभिड–१९ का कारण मरेका मानिसको त यकिन रूपमा पहिचान हुन सक्छ, तर कोही व्यक्ति सामाजिक रूपमा एक्लो भएर ड्रग्सको लतमा फस्यो र त्यसको अत्यधिक सेवनले मृत्यु भयो भने त्यो लकडाउनको असरमा गणना हुँदैन । न त घरेलु हिंसाको दरलाई मानिसले गम्भीरतासाथ लिएका छन् । तर, लकडाउन खुकुलो भएपछि मानिसले विगतका कठिनाइ बिर्सिए । 

नयाँ लकडाउन अत्यावश्यक नै देखियो भने नीति–निर्माताले निकै सचेततापूर्वक कदम चाल्नुपर्छ । लकडाउन लागू हुँदा अप्ठ्यारो पर्ने समुदायलाई प्रत्यक्ष अनुदान उपलब्ध नगराउने स्थानमा झन् बढी सतर्कता अपनाउन आवश्यक छ । पहिलेदेखि संघर्षरत आमजनसंख्यालाई कुनै अनुदान नदिई घरमा चुपचाप बस भन्नु व्यावहारिक हुँदैन । नीति–निमार्ताका अघि सहरबजार पूर्ण बन्द गराउने वा पूर्ण खुलाउने दुई विकल्प मात्र छैनन् । सबैभन्दा जोखिमपूर्ण क्रियाकलापलाई रोक लगाउने नीति कार्यान्वयन गर्न सक्ने मानिसहरूलाई खासै खतरा नपार्ने बाह्य क्रियाकलाप सुचारु गर्न दिन सकिन्छ । कोरोना भाइरसका कारण ठूलो मूल्य चुकाउनुपरेको छ । अमेरिकामा मात्र कोरोनाका कारण अढाइ लाखभन्दा बढी मानिसको ज्यान गइसक्यो । तर, हामीले यसको असर कम गराउन सोचविचार गरेर कदम चाल्नुपर्छ । आगामी कदम चाल्नुअघि भाइरसले गराउने मृत्यु मात्र होइन, लकडाउनका कारण भएको क्षति र मृत्युबारे पनि ध्यान दिनुपर्छ । 

(ड्रिउ होल्डेन वासिंटन डिसीका पब्लिक अफेर कन्सल्ट्यान्ट हुन्)
न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया