Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

“जिन्दगी” लामाे हैन ठुलो र महान हुनुपर्छ

“जिन्दगी” लामाे हैन ठुलो र महान हुनुपर्छ

तिमी भित्रकाे पुरुषार्थ जगाऔँ ! कसैले दमन गर्ला र कसैले विभेद गर्ला तर विचलित नबन ती शत्रु होइनन् ! होइनन् ! शत्रु । तिम्रो क्षमताको परीक्षा लिने वा तिमिलाई सार्थक जिन्दगी दिने भाग्यबिधाता सम्झ । म पनि मान्छे तिमी नि मान्छे विभेद किन ? भनेर गोहीको जस्तो आँसु नदेखाऊ ! तिम्रो आँसुको कुनै मूल्य हुने छैन । तिम्रो मूल्य त्यति बेला हुनेछ ‘जति तिमी थिचिँदै छौ त्यति नै मजबुत भएर उभिँदै छौ’ ।

“जसरी एउटा बिउ जति माटोमा पुरिन्छ त्यति नै मजबुत भएर उम्रिन्छ ।” सम्भावना बोकेकाहरू जति दबाब पर्छ तातिनै मजबुत हुन्छन् तर कायरहरू दबाब पर्नु भन्दा पहिला नै समाप्त भइसक्छन् ! तसर्थ अरूलाई दोष नदेऊ आफूलाई चिन । या तिमी आफूलाई यति मजबुत बनाऊ दमनकारीले पनि हात जोड्दै भनोस् “म हारे” । परिस्थिति सँग घुँडा टेकेर आफूलाई र आफ्नो अस्तित्वलाई पाउमा चढाएर हैन झनभन्दा झन् कठिन परिस्थिति सामना गरेर आफूलाई “म” सिद्ध गरेरै छोड्ने प्रण गराई ! यो निर्दयी दुनियाँ झुक्ने छ एक दिन ।

फुर्सदको समयमा कहिलेकाहीँ इतिहासको अध्ययन गराई ! जुन बेला यो सारा दुनियाँ पराइ भएको हुन्छ तर इतिहास आफ्नो भइदिने छ । जब हारेर जीवन समाप्तिको योजना बुनिँदै गर्दा इतिहासले जीवन बाँच्ने हौसला दिनेछ ! हामीले समय व्यर्थै खर्चेका हुन्छौं तर त्यहीँ समयलाई सदुपयोग गरेर “सिद्ध पुरुष” बन्न सक्छौ । जसले यो संसारमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाएर गए ! तिनीहरूको धरातल तिम्रो भन्दा फरक थिएन ! सायद तिम्रो भन्दा दयनीय थियो । जस्तै पढ्न जाँदा पुस्तक सँगै घरबाट सुकुल समेत बोकेर जानू पर्थ्यो ।

यो मान्छेलाई स्कुलको कोठाभित्र छिर्ने अनुमति थिएन । किनकि उनी तथाकथित तल्लो जातको अरे । कुवामा पानी पिउन जाँदा ढुङ्गा बर्साइयाे ! समाजले घृणा गरे तिरस्कार गरे ! गर्न बाँकी केही नराखी गरे ! तर उनको पुरुषार्थलाई छुन सकेन ! हल्लाउन सकेन ! उनै अछुत, हेपिएको, थिचिएको र तिरस्कार गरिएको केटा स्वतन्त्र भारतको पहिलो कानुनमन्त्रि भए । जसको नाम डा. भीमराव अम्बेडकर हो । हिजो जसले तिरस्कार गर्थे आज समयले उनीहरूलाई ढोग्नु पर्ने ठाउँमा उभ्यायो ।

के हामी सँग पीडा दिनेलाई र घृणा तिरस्कार गर्नेलाई “धन्यवाद” दिने हिम्मत छ ? छैन ! किनकि हामी मान्छे भएर पनि मान्छे हुन सकेका छैनौँ । यी महान् व्यक्तिबाट हामीले लिनुपर्ने प्रेरणा “अरूले थिच्नु भनेको समाप्त हुनु होइन ! म भित्रेका शक्तिलाई निकाल्ने वातावरण बन्नु हो ! त्यसकारण अरूलाई गाली गर्नु पर्दैन ! आफूलाई उठाए पुग्छ ।” जय स्वाभिमान

प्रतिक्रिया

ट्रेन्डिङ