Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कोरोना प्रोटोकलमा अनिवार्य सफ्ट करप्सन !

कोरोना प्रोटोकलमा अनिवार्य सफ्ट करप्सन !

कन्टिर–बाबू कोरोनाको सन्त्रास अझै कम भइनसकेकोमा सहमत छन्, त्यसैले कोभिड प्रोटोकल इमानदारीपूर्वक लागू हुनुपर्ने पक्षमा छन् । तर जब संस्थागत रूपमै प्रोटोकलको उल्लङ्घन हुन्छ भने त्यसलाई कसरी उचित मान्न सकिन्छ ?

विगतमा सुनेका मात्र थिए तर हिजो शनिबार प्रत्यक्ष आफैँले देखे । आफैँले भोगे, काठमाडौँ–विराटनगर बुद्ध एयरको उडानमा । कन्टिर–बाबूले प्राटोकलमा भए अनुसार लाग्ने जति पैसा तिरेकै हुन् तर मुहार सुरक्षा कवच (फेस–सिल्ड) भने दिइएन ।

सुरक्षाको प्रत्येक कोणबाट संवेदशील मानिने हवाई–यात्रामा यो झुक्यान किन होला ? के वायुसेवा कम्पनीका लागि कोभिड प्रोटोकल परिवर्तन भएको हो र ? हो भने फेस–सिल्डबापतको उतिरिक्त ५५ रुपैयाँ यात्रुले किन तिर्नुपर्ने ? कन्टिर–बाबू माथामा हात राखेर गम्भीर मुद्रामा सोचिरहेका छन् ।

चेक–इन गर्दै फलामे ढोका पुगेका कन्टिर–बाबूलाई लागिरहेको थियो, उनले अब चाहिँ त्यो एक थान मुख छोप्ने प्लास्टिकको पारदर्शी बर्काे अवश्य पाउनेछन् । उनी जहाज चढ्नुअघिको बस यात्राका क्रममा पनि अब चाहिँ दिन्छ होला भन्ने नै सोच्दै थिए । ले घाँस … अब दिन्छ, अब दिन्छ, भन्दा–भन्दै जहाज चढ्ने बेला भयो तर प्लास्टिकको बर्काे दिइँदै दिइएन । विचरा हिस्स बुढी हरिया दाँत भनेजस्तै भए ।

केही उपाय नलागेपछि उनले टिकटमा हेरे, त्यहाँ त पारदर्शी बर्काेबापत रकम तोकेर बकाइदा जोडिएको थियो । कन्टिर–बाबूलाई रहल गएन र उनले त्यहाँ कार्यरत एक ग्राउन्ड स्टाफ महिलालाई फेस–सिल्डबारे सोधे । अरे वाह, तिनको जबाफ त झन् यो महामारीका बेला घटनास्थलमा ठहरै पार्ने खालको थियो– अचेल फेस–सिल्ड अनिवार्य छैन, लगाए पनि हुन्छ नलगाए पनि हुन्छ रे !

कन्टिर–बाबू परेसान हुँदै भन्छन्– खोई हामीलाई त यो प्रोटोकल परिवर्तन भएको थाहा भएन । स्वास्थ्य जोखिम त यथावत् छ नि होइन र ? अनि गाँठी कुरो, जब फेस–सिल्ड अनिवार्य छैन भने यसबापत लिइने मुद्रो चाहिँ किन अनिवार्य ?

जबाफमा उनी चुप लागेर हाँसी मात्र रहिन्, केही बोलिनन् । विचरालाई यसको जबाफ के थाहा । उनी त लाए–अह्राएको काम गर्ने, त्यहीअनुसार बोल्ने न हुन् ।

कन्टिर–बाबू अनुरोध गर्छन्– अरे यार, कोरोना प्राटोकलका नाममा आकासमा भइरहेको यो ‘सफ्ट करप्सन’को कुरा कसैले नेपाली धरतीमा कुनै प्रकारका करप्टेडहरूको मुख नहेर्ने कसम खाएका, जनताको स्वास्थ्यप्रति सधैँ संवेदनशील रहन प्रतिबद्ध हाम्रा ओल्बाको कानसम्म पुर्‍याइदिए हुन्थ्यो । फर्किने बेला ‘ए, बाबूलाई अस्ति बर्को दिन बिर्सिएछ, आज दुइटा लानू’ भन्दै खप्ट्याएर दिन्थे कि कतै !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया