Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोना प्रोटोकलमा अनिवार्य सफ्ट करप्सन !

कोरोना प्रोटोकलमा अनिवार्य सफ्ट करप्सन !

कन्टिर–बाबू कोरोनाको सन्त्रास अझै कम भइनसकेकोमा सहमत छन्, त्यसैले कोभिड प्रोटोकल इमानदारीपूर्वक लागू हुनुपर्ने पक्षमा छन् । तर जब संस्थागत रूपमै प्रोटोकलको उल्लङ्घन हुन्छ भने त्यसलाई कसरी उचित मान्न सकिन्छ ?

विगतमा सुनेका मात्र थिए तर हिजो शनिबार प्रत्यक्ष आफैँले देखे । आफैँले भोगे, काठमाडौँ–विराटनगर बुद्ध एयरको उडानमा । कन्टिर–बाबूले प्राटोकलमा भए अनुसार लाग्ने जति पैसा तिरेकै हुन् तर मुहार सुरक्षा कवच (फेस–सिल्ड) भने दिइएन ।

सुरक्षाको प्रत्येक कोणबाट संवेदशील मानिने हवाई–यात्रामा यो झुक्यान किन होला ? के वायुसेवा कम्पनीका लागि कोभिड प्रोटोकल परिवर्तन भएको हो र ? हो भने फेस–सिल्डबापतको उतिरिक्त ५५ रुपैयाँ यात्रुले किन तिर्नुपर्ने ? कन्टिर–बाबू माथामा हात राखेर गम्भीर मुद्रामा सोचिरहेका छन् ।

चेक–इन गर्दै फलामे ढोका पुगेका कन्टिर–बाबूलाई लागिरहेको थियो, उनले अब चाहिँ त्यो एक थान मुख छोप्ने प्लास्टिकको पारदर्शी बर्काे अवश्य पाउनेछन् । उनी जहाज चढ्नुअघिको बस यात्राका क्रममा पनि अब चाहिँ दिन्छ होला भन्ने नै सोच्दै थिए । ले घाँस … अब दिन्छ, अब दिन्छ, भन्दा–भन्दै जहाज चढ्ने बेला भयो तर प्लास्टिकको बर्काे दिइँदै दिइएन । विचरा हिस्स बुढी हरिया दाँत भनेजस्तै भए ।

केही उपाय नलागेपछि उनले टिकटमा हेरे, त्यहाँ त पारदर्शी बर्काेबापत रकम तोकेर बकाइदा जोडिएको थियो । कन्टिर–बाबूलाई रहल गएन र उनले त्यहाँ कार्यरत एक ग्राउन्ड स्टाफ महिलालाई फेस–सिल्डबारे सोधे । अरे वाह, तिनको जबाफ त झन् यो महामारीका बेला घटनास्थलमा ठहरै पार्ने खालको थियो– अचेल फेस–सिल्ड अनिवार्य छैन, लगाए पनि हुन्छ नलगाए पनि हुन्छ रे !

कन्टिर–बाबू परेसान हुँदै भन्छन्– खोई हामीलाई त यो प्रोटोकल परिवर्तन भएको थाहा भएन । स्वास्थ्य जोखिम त यथावत् छ नि होइन र ? अनि गाँठी कुरो, जब फेस–सिल्ड अनिवार्य छैन भने यसबापत लिइने मुद्रो चाहिँ किन अनिवार्य ?

जबाफमा उनी चुप लागेर हाँसी मात्र रहिन्, केही बोलिनन् । विचरालाई यसको जबाफ के थाहा । उनी त लाए–अह्राएको काम गर्ने, त्यहीअनुसार बोल्ने न हुन् ।

कन्टिर–बाबू अनुरोध गर्छन्– अरे यार, कोरोना प्राटोकलका नाममा आकासमा भइरहेको यो ‘सफ्ट करप्सन’को कुरा कसैले नेपाली धरतीमा कुनै प्रकारका करप्टेडहरूको मुख नहेर्ने कसम खाएका, जनताको स्वास्थ्यप्रति सधैँ संवेदनशील रहन प्रतिबद्ध हाम्रा ओल्बाको कानसम्म पुर्‍याइदिए हुन्थ्यो । फर्किने बेला ‘ए, बाबूलाई अस्ति बर्को दिन बिर्सिएछ, आज दुइटा लानू’ भन्दै खप्ट्याएर दिन्थे कि कतै !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया