Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सडकको धुलोमा संवेदनशील सवाल

सडकको धुलोमा संवेदनशील सवाल

कन्टिर–बाबू बिहानैदेखि फतफताउँदै थिए, फेरि त्यही रामाखटोला … फेरि दिनभरि त्यही पाउडर । कति भन्नु, कति लेख्नु ? बेइमानहरूको कानमा जुम्रा घिस्रिए पो !

त्यसो त कन्टिर–बाबूको यो फतफत्याइ त्यत्तिकै फाउमा आएको होइन, सम्बन्धित सरोकारवालाको हेलचक्र्याइँले पीडित र क्षुब्ध भएर उत्पन्न आक्रोशको पछिल्लो परिणाम हो ।

बुझ्नु भएन ? अरे यार त्यही फ्रीबाला पाउडरको बात गरेका हुन् कन्टिर–बाबूले । विराटनगरदेखि इटहरीसम्मको जनजीवन पूरै प्रभावित पारिरहेको त्यो फ्रीवाला पाउडर देखेर विगत लामो समयदेखि परेसान छन् उनी ।

सडक बनाउने नाममा जथाभावी उडेको र उडाइएको धुलोले यस क्षेत्रका मानिसको बिजोक भएको धेरै भइसक्यो । बिहानदेखि बेलुकासम्म सास फेर्नै गाह्रो हुनेगरी धुलो उडेको छ, उडेको छ । रोक्ने वाला, जनताको स्वास्थ्यको परवाह गर्ने वाला कोही देखिँदैन ।

कन्टिर–बाबूलाई थाहा छ– उनीहरू कालो सिसा लगाउँदै, बाटो खाली गर् आयो तेरो सर बोलको गीत सुन्दै, अगाडि–पछाडि साइरन बजाउँदै हिँड्छन् । सडकको धुलोले पूरै जिउ छाप्दा कस्तो अनुभव हुन्छ के थाहा तिनलाई ? अपना काम बनता, भाँड में जाए जनता !

विकासका नाममा, नयाँ संरचना बनाउने नाममा जनस्वास्थ्यसँग भइरहेको यो खेलवाड कन्टिर–बाबूलाई एक सुता मन परेको छैन । कन्टिर–बाबू चस्माको डाँडी मिलाउँदै सोचिरहेका छन्– नेपालमा करोडौँको सडक ठेक्का लिने ठेकेदार छन्, दिने कमिसनखोर र बिचौलियाहरू पनि थुप्रै छन् । तर करोडौँको काम गर्ने भनिएका ठेकेदारहरूसँग जाबो एउटा ब्रुमर गाडी पनि छैन । यसबाट के बुझिन्छ ?

कन्टिर–बाबूलाई लाग्छ– यसबाट दुइटा कुरा बुझिन्छ । पहिलो ठेक्का लिने–दिने चाहे जो होस्, उनीहरू जनताको स्वास्थ्यप्रति फिटिक्कै संवेदनशील छैनन् । दोस्रो नेपालमा ठेकेदारको योग्यता, ऊसँग भएका उपकरण र जनशक्तिले होइन, नातागोता, कमिसन, पार्टीगत संलग्नता आदि–इत्यादिले निर्धारण गर्छ । सम्भवतः त्यसैको प्रतिविम्व सडकमा जनतालाई वितरित फ्रीवाला पाउडरमार्फत प्रदर्शित भइरहेको छ ।

कन्टिर–बाबूको प्रश्न छ– यसरी निर्धक्क निरिह जनतालाई सबैभन्दा खराब असर गर्ने निःशुल्क धुलो खान कहिलेसम्म बाध्य पार्ने ? सरोकारवालासँग यसको उत्तर छ ? कन्टिर–बाबू खोजीमा छन्, उनको प्रश्नको इमानदार उत्तर दिने छ कोही माइकलाल ?

यस सन्दर्भमा कन्टिर–बाबू मत्थामा हात राखेर गीत गुनगुनाउन बाध्य छन्– ६ लेनको सडकमा बसन्ती गुडाउँदै … बाइरोडको बाटोमा धूलो उडाउँदै … टिङ–टिङ !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया