Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेलम्चीको जस लिने कृतघ्न पुर्परो

मेलम्चीको जस लिने कृतघ्न पुर्परो

कन्टिर–बाबू साहित्यप्रति सामान्य रुचि राख्छन् । कहिलेकाहीँ यसो गीत, कविता, कथा, गजल आदि पनि लेख्न खोज्छन् । यसै सन्दर्भमा आज उनलाई कविताको केही हरफ फुरेको छ -

तिम्रो बाटो कुरेको निकै दिन भो
उहिले जवानीमा बढी जरुरी थियो
तिमी आएनौ, घरजम खेर गयो
ऊ बेला २० को प्रेमिल उमेर थियो,
तिमीलाई पर्खिँदा–पर्खिदै ५० कट्यो
तिमी आउने बाटोमा भाँडो थापिरहेँ,
तर तिमी आएनौ ।

कस्तो लाग्यो तपाईलाई यो कन्टिर-काव्य ? सन्दर्भ बुझ्नुभयो ?
अरे यार, त्यही मेलम्चीको पानी क्या ! आज आउला, भोलि आउला भनेर दिन गन्दै कुरेको ३० वर्ष भयो । कति बेइमानी, कति निर्दयी ? यत्रो वर्ष कुरायो बेमतलबमा ।

अन्ततः सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौँ सुन्दरीजलसम्म २६ किलोमिटर छिचोल्न ३० वर्ष लागेको मेलम्चीको पानीयात्राको कैरन जोडेर, आश्वासन बाँडेर कति मालामाल भए, को–को के–के भए खुलासा हुन बाँकी छ । तर यसले कन्टिर–बाबूलाई भने सानोतिनो कवि नै बनायो ।

भन्छन् १२ वर्षमा खोलो फर्किन्छ, तर नेपाल मण्डलमा खोलाको एउटा भँगालो फर्काउन ३० वर्ष लाग्यो । १० वर्षलाई एउटा पुस्ता मानिन्छ । यस अर्थमा तीन पुस्ता मेलम्चीको सपना कल्पेर हुर्कियो । यस्तोमा कन्टिर–बाबू कवि हुनु अस्वाभाविक होइन ।

यो आयोजना प्रारम्भ हुँदाका बखत अधबैँसे रहेकाहरू आज धेरै यस धरामा नरहेका हुन सक्छन् । मेलम्चीको पानीको आस त्यही पुस्ताले सबैभन्दा बढी गरेको थियो । योगदान पनि मिसाएको थियो । तर उपभोग गर्ने बेलामा उनीहरूलाई सम्झिने कोही छैनन् ।

खासमा सन्त नेताको परिचय बनाएका किसुनजी अर्थात् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा देखेको मौलिक सपना थियो मेलम्ची । उनले यसलाई २०४८ सालको चुनावी घोषणापत्रमै राखेका थिए । तर विचरा आफ्नैहरूको अन्तर्घातले चुनाव हराइए । कन्टिर–बाबूलाई लाग्छ– उनी हारेपछि नै मेलम्ची तीनपुस्ते गफको विषय भएको हो ।

जुनबेला उनले यो सपना देखे र कार्यक्रम अघि सारे धेरैले उनलाई उडाउनुसम्म उडाए । झन् कम्युनिस्टहरूले त ‘मुख धुने पानी छैन, सडक धुने फुर्ती । केको सन्त, तन्त्र मन्त्र जनता ढाँट्ने जुक्ति,’ भन्दै चुनावी नारा नै बनाएका थिए ।

तर आज उनै छाता र सुराहीवाला नेता किसुनजीको मेलम्ची भिजन सार्थक भएको छ । निश्चय पनि यसले उपत्यकाको पानीको समस्या आगामी निकै दिनसम्म समाधान गर्नेछ भन्नेमा कन्टिर–बाबू आशावादी छन् ।

हिजो मेलम्ची नआउँदासम्म कन्टिर–बाबूलाई एउटा चिन्ता थियो, आज अर्को चिन्ता परेको छ । हिजो त्यत्रो हल्लखल्ल गरेर उपत्यका भित्र्याइएको ट्रलीबसको एउटा टुक्रो पनि आज भेटिँदैन । यस्तोमा कन्टिर–बाबू सोचिरहेका छन्– यसबेला ठुलै ढोल पिटेर ल्याएको मेलम्ची पनि त्यस्तै हुन के बेर ? भ्रष्टाचार र अनियमितताले गाँजेको, आज सडक बनायो भोलि खानेपानी र ढलका नाममा खन्ने र कमिसन खाने बानी परेको नेपाली समाजमा मेलम्ची पनि बाँदरको हातमा नरिवलसरह हुँदैन भन्ने के ग्यारेन्टी छ ?

यता मेलम्चीको जस लिन पाउने आधिकारिकता भने ओल्बाको पुर्परोमा लेखिएको रहेछ । यो खुसीमा उनले एक घण्टाभन्दा बढी वक्तव्यबाजी पनि गरे । तर त्यसबीचमा उनले दुई शब्द किसुनजीका बारेमा बोलेनन् । यो सन्दर्भमा ओल्बाको कृतघ्न स्वभाव राम्रै झल्कियो भनी सञ्जालमा भएको टिप्पणी कन्टिर–बाबूलाई पनि सही नै लागेको छ ।

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया