Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नाम सामुदायिक, काम गैरलोकतान्त्रिक

नाम सामुदायिक, काम गैरलोकतान्त्रिक

विकासशील र कम विकसित देशमा राज्य सञ्चालनका आफ्नै समस्या र बाध्यता हुन्छ भन्थे, कन्टिर–बाबूलाई पनि हो लाग्न थालेको छ । शायद यसै सेरोफेरोमा एउटा सेटिङ राज्यको अस्तित्व स्वीकार गरिन्छ ।

नेपालको वर्तमान राजनीतिक विश्लेषणको प्रयत्न गर्दा कन्टिर–बाबू उल्लिखित प्रवृत्तिलाई अस्वीकार गर्न सक्ने अवस्थामा छैनन् । दुखद् त के छ भने राज्य सञ्चालनको प्रवृत्तिको बाछिटा स्वाभाविक रूपले अन्य क्षेत्रमा पनि पर्दाे रहेछ ।

आज कन्टिर–बाबूलाई सामुदायिक रेडियोवालाहरूको कुरा गर्न मन लागेको छ । भन्दा हाम्रो काम सतप्रतिशत सामुदायिक हो भन्छन्, देख्दा सतप्रतिशत सामुदायिक देखिँदैन ।

त्यसमाथि सामुदायिक भनिने रेडियोवालाहरूको संस्था छ नि अकोराब भन्ने, त्यहाँ पनि एक किसिमको सत्ता छ र सेटिङ उपलब्ध छ । ज्यान गए पद नछोड्ने हाम्रो ओल्बाको फोटोकपीवाला सेटिङ ।

अधिवेशन आफूअनुकूल हुने नदेखिएपछि एक लुच्चा बहानामा अध्यक्ष र महासचिव कमरेडहरू झ्याप्प मिलेछन् र फ्याट्ट विज्ञप्ति छापेछन्– आजदेखि हुने भनिएको अधिवेशन विशेष कारणवश स्थगित गरिएको छ ।

त्यस्तो अनपेक्षित सूचना थाहा पाए देखि कन्टिर–बाबू सोचिरहेका छन्– तैट्, यी नेतृत्वमा रहेका भनिएकाहरूले अन्तिम समयमा यो के गरेको होला, नाटक कि नौटङ्की ?

कन्टिर–बाबू सोध्छन्– के अकोराब भनेको कोही एक–दुई व्यक्तिको मोजाको संस्था हो ? अधिवेशनका लागि सबै प्रतिनिधि काठमाडौँ आइसके, उनीहरू नयाँ नेतृत्वका लागि मतदानको तयारीमा लागिसके । तर लाज पचेका पुराना तोरीहरूले नेतृत्व नछोड्ने रे !

त्यसो त अधिवेशन पक्षधरहरूले पनि काउन्टर त दिएकै छन् । कन्टिर–बाबूका अनुसार बाँकी खेल रमाइलो हुनेवाला छ । अधिवेशन हुन्छ कि हुन्न ? भन्ने जिज्ञासासहित कन्टिर–बाबूको पुरक प्रश्न छ– आखिर ‘सुगो’ सेटिङ के हो ?

भनिन्छ, अनुहारमा जतिसुकै मुखौटा धारण गरे पनि जतिसुकै पाउडर घसे पनि समय आउँदा अनुहार उदाङ्गिन्छ, बाघको खोल ओढेको स्याल हिँडाइबाटै चिनिन्छ ।

कन्टिर–बाबूलाई थाहा छ– जुनसुकै नामका कम्युनिस्ट हुन् तिनले आफ्नो अनुकूलतामा लोकतन्त्रको व्याख्या गर्छन् र कम्युनिस्टको मूल चरित्र जोगाउने प्रयत्न गर्छन् । तिनीहरू ‘संसद् भनेको खसीको टाउको राखेर बाख्राको मासु बेच्ने ठाउँ हो,’ भन्ने कमान्डबाट दीक्षित हुन्छन् । संसदीय व्यवस्था ध्वस्त पार्नु कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय कार्यदिशा हो ।

कन्टिर–बाबूका अनुसार तर्क–वितर्क जे गरे पनि सारमा कम्युनिस्टहरूको मार्गचित्र लोकतान्त्रिक चरित्र, संस्था र मूल्य–मान्यताविरोधी नै हुन्छ । अकोराबका सुगोहरूको काममा पनि यही तथ्य प्रतिबिम्बित भएको हो । कोई सक ? 

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया