Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०९ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

प्रतिनिधि सभा: सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के-भने ?

प्रतिनिधि सभा: सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के-भने ?

काठमाडौं -  सांसदहरुले समसामयिक राजनीतिक तथा क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसायिक राजनीतिक विषय, संसदको प्रभावकारिता, विकास निर्माण लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजबहादुर बुढा क्षेत्रीले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरुको राजनीतिक धर्म कर्म र दायित्व भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो

सांसद रंगमति शाहीले संविधान विपरित संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाउनुभयो । उहाँले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गर्नुभयो ।

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्र्तगत पोखरादेखि बुटवल सम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले शालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासो गर्नुभयो ।

योगेश भट्टराईले ताप्लेजुङ दोभानका आगलागी पीडितलाई तत्काल आवास र दैनिक आवश्यकताका भूकम्प पीडित सरहको राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मेटमणि चौधरीले चुरे संरक्षण हुनुपर्ने भन्दै चुरे दोहन गरी अबैध कारोबारमा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो ।

सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेतदेखि नाग्म सम्मको अधिकांश खण्डमा कालोपत्र बिग्रेर खाल्डाखुल्डी परेको र बर्षासँगै हिलाम्मे हुने भएकाले रारा जाने पर्यटकीय सो मार्गलाई कालोपत्र मर्मत गर्न माग गर्नुभयो ।

सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी कीर्तिपुरमा नपुगेको भन्दै तत्काल कीर्तिपुरवासीलाई पानी वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले डिपिआर नै नभइकन प्रधानमन्त्रीले १६५ वटा सडकको शिलान्यास गरेको उल्लेख गर्दै कुन सडकको सिलन्यास भएको हो रु भनेर प्रश्न गर्नुभयो ।

सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रशंसनीय काम गर्न नसकेको धारणा राख्नुभयो । भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद चलिरहेका बेला राजनीतिक विषयमा सदनबाहिर धारणा राख्नु गैह्रजिम्मेवारी, अराजनीतिक र असंवैधानिक चरित्र भएको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न पनि आग्रह गर्नुभयो ।

सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटा स्थानीय तहमा खडेरी परेको, हिउँदे बाली सुकेको र स्थानीयहरु भोकमरीको चपेटामा परेको भन्दै तत्काल खाद्य आपूर्ति गर्न सरकारसँग माग गर्नुभयो ।

त्यसैगरी शून्य समयमा बोल्ने अन्य सांसदहरुले १ सय ६५ वटा बाटोहरुको बालुवाटारबाट शिलान्यास भएपनि ती बाटोका डिपिआर पनि नभएको भन्दै सो कार्यमाथि प्रश्न गरेका छन् ।

यस्तै, राप्रपा सांसद राजेन्द्र लिङ्देनले मुलुकमा राजसंस्थाको आवश्यकता औंल्याउनुभयो । उहाँले अहिलेको शासन प्रणाली नै विफल भएको जिकिर गर्दै अब नयाँ ढङ्गले सहमति आवश्यक रहेको बताउनुभयो ।

यस क्रममा विगतमा पाखा लगाइएको देशको परम्परागत शक्ति ‘राजसंस्था’लाई पनि समेट्नुपर्ने उहाँले बताउनुभयो । यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्क मृत्यु शैयामा नपुगेको बताउनुभएको छ । आज प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सार्क कतिपय सन्र्दभमा आफ्नो ठाउँमा सक्रिय नै रहेको बताउनुभयो ।

‘सार्क मृत्यु शैयामा छ त म भन्दिन, सार्क कतिपय सन्र्दभमा आफ्नो ठाउँमा सक्रिय पनि छ’, मन्त्री ज्ञवालीले भन्नुभयो, ‘कोभिडको बेलामा भारतका प्रधानमन्त्री स्वयंले सार्क लिडरहरूको इमर्जेन्सी मिटिङ राख्नुभयो । रिलिभ फण्ड पनि हामीले निर्माण गर्यौ ।’ मन्त्री ज्ञवालीले त्यो बाहेक अन्य प्रक्रियाहरु सक्रिय रहेको भएपनि सम्मेलन हुन नसकेको बताउनुभयो ।

सांसद गगन थापाले सार्कलाई मृत्यु शैयामा पुर्याएर बिमस्टेकतिर सरकारको ध्यान गाएकोबारे प्रश्न सोध्नुभएको थियो । त्यस्तै मन्त्री ज्ञवालीले राष्ट्रिय मानवअधिकार आयोगको स्वायत्तता र स्वतन्त्रताको पक्षमा रहेको विश्वास दिलाउनुभयो । म्यानमार सरकार र नेपाल सरकारबीच तुलना हुन नसक्ने भन्दै मन्त्री ज्ञवालीले यस्ता प्रश्नले आफ्नै गरिमा घट्ने बताउनुभयो ।

उहाँले बंगलादेशका राम्रा कुराहरु सिक्दै अघि जानुपर्ने बताउनुभयो । त्यसैगरी मन्त्री ज्ञवालीले महाकालीमा भारतले लगाएको भनिएको सुरक्षा पर्खालका बारेमा सरकारले छलफल गरेको जनाकारी दिनुभएको छ ।

सांसद दिलेन्द्रप्रसाद बडू लगायतले भारतले एकतर्फी रूपमा महाकालीमा पर्खाल लगाइरहेको र नेपाली भूमि मिचिएको भन्दै उठाएको प्रश्नमा भारतले बनाउँदै गरेको सुरक्षा वालको बारेमा पर्खाल निर्माण गर्दै जाँदा दुई देशको सीमा छोएर, मिचेर वाल बनाइएको भन्ने विषय आइसकेपछि सरकारले गम्भीर रूपमा छलफल गरेको ज्ञवालीले जानकारी गराउनुभएको हो ।

मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको केही दिन पहिलेको बंगलादेश भ्रमणबारे पनि प्रतिनिधिसभालाई जानकारी गराउनुयो । यसैगरी, आजको बैठकमा सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने दल तथा नेताहरुलाई ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौनी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग अत्यन्त निकट मानिने बाँस्कोटाले राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया