Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लोकतन्त्रको गरिमा ओझेल पार्नेलाई पनि शुभकामना !

लोकतन्त्रको गरिमा ओझेल पार्नेलाई पनि शुभकामना !

सम्पूर्ण देशवासी वैशाख ११ गते, १५औँ लोकतन्त्र दिवसको शुभकामना आदान–प्रदान गर्ने मुडमा छन् । स्वाभाविक रूपले कन्टिर–बाबू पनि अपवाद हुन सक्दैनन् ।

कन्टिर–बाब आफूलाई लोकतन्त्र दिवसको एक सरोकारवाला ठान्छन् र अरूलाई लोकतन्त्र दिवसमा सहभागी हुन आह्वान गर्छन् । यस्तोमा उनी स्वयम् सहभागी नहुने कुरै भएन ।

२०६२÷०६३ को जनआन्दोलन सफल भएको सम्झना गर्नुपर्ने दिन हो आज । यस्तो पृष्ठभूमिमा कन्टिर–बाबू भन्छन्– थुप्रै सहिदको सहादतपछि लोकतन्त्र प्राप्त भएको यो दिनको भावनात्मक महत्त्व र ऐतिहासिक छ । नेपाल र नेपालीका लागि निश्चय पनि स्मरणयोग्य छ ।

तर कन्टिर–बाबू सारमा सन्तुष्ट छैनन् । उनी चस्माको दाहिनेतिरको डाँडी मिलाउँदै गम्भीर भावमा विगत मूल्याङ्कनको प्रयत्नमा छन् । उनको विचारमा पछिल्ला दिनमा नेपाली लोकतन्त्रका मूल्य–मान्यताहरु अपहरित हुने अवस्थामा छन् ।

नेपाली राजनीतिक दल र तिनका नेताहरू लोकतन्त्रप्रति गम्भीर नभई मात्र आफ्नो स्वार्थकेन्द्रित हुन पुगेको कन्टिर–बाबूको ठम्याइ छ । नेपाली लोकतन्त्र बहुदलीय–संसदीय लोकतन्त्र हो । तर यहाँ सत्ताको आडमा संसदीय सिद्धान्तहरूको धज्जी उडाइँदै छ र प्रतिपक्ष मौन बसेर तमासा हेरिरहेको छ ।

अरे यार, पार्टी फुट्ने तर सरकारलाई दिएको समर्थन यथावत् रहने, सांसद नहुने तर मन्त्री बनिरहने, फ्लोर-क्रस गर्नेलाई हौस्याएर सम्मान गरिरहने, देशको कार्यकारीले सरकारी निवासबाटै पार्टी र सरकार सञ्चालन गर्ने, कार्यालय कहिल्यै जानु नपर्ने पनि लोकतन्त्रमा हुन्छ ?

संविधानमा धर्मनिरपेक्ष भने पनि सरकार प्रमुख भने लगातार धार्मिक काम तथा गतिविधिलाई सत्ता राजनीतिका लागि प्रयोगसहित शङ्कास्पद र निषेधित गतिविधि गरिरहको कन्टिर–बाबूलाई चित्त बुझेको छैन । उनको प्रश्न छ– के यस्तो गर्नु उचित हो ? के यी गतिविधिका आधारमा हाम्रो लोकतन्त्र सही लिकमा छ भन्न मिल्छ ?

यसपटकको लोकतन्त्र दिवसमा सत्ताले यस दिवसको भन्दा धरहराका नाममा नयाँ बनाइएको स्तम्भ (उपत्यका भ्यु–टावर)लाई महत्त्व दिएको छ । कन्टिर–बाबू यस स्तम्भलाई भीमसेन स्तम्भ धरहरा भन्दा पनि ओली टावरको नाम दिन उपयुक्त ठान्छन् ।

कन्टिर–बाबूले नबुझेको कुरा यो टावरको लोकतन्त्रसँग के साइनो छ ? धेरैले यो टावर ठडिनुलाई नेपालीको स्वभिमान ठडिएको रूपमा देखेका छन् । कन्टिर–बाबूको प्रश्न छ, त्यो कसरी ?

स्वदेशमा रोजगारीको अभावमा विदेश भासिएका नेपालीले त्यहाँ भाँडा माझ्न बाध्य हुँदा स्वाभिमान गिर्दैन ? विदेशी भूमिमा शिरमा ठडिएको, च्यातिएको नेपाली टोपीमाथि सामानको भारले थिचिँदा स्वाभिमान गुमेको चर्चा किन हुँदैन ?

कोरोनाले थलिएको बिरामीले औषधि, अक्सिजनको अभावमा मृत्युवरण गर्दा नेपाली स्वाभिमान कहाँ घाँस चर्न गएको हुन्छ ? यस्तो पृष्ठभूमिमा सत्तापक्षले जुन रूपमा यस टावरको उद्घाटनलाई प्रचार गरेको छ र जसरी यसलाई महत्त्व दिएको छ, त्यसले लोकतन्त्र दिवसको गरिमा ओझेल पार्ने काम भएको छ ।

प्रसङ्गवश कन्टिर–बाबू दार्शनिक अरस्तुले भनेको सम्झन्छन् । लोकतन्त्रमा धनीभन्दा गरिबहरू बढी शक्तिशाली हुन्छन् किनकि समाजमा गरिबहरूको वर्चस्व हुन्छ ।

तर नेपाली लोकतन्त्रका लागि अरस्तुको यो भनाइ पूर्णतः सत्य ठहरिँदैन । नेपाली समाजमा निश्चय पनि गरिबहरुको आधिक्य छ तर उनीहरूको वर्चस्व छैन । गरिबहरू त निर्धा छन् । थारै सङ्ख्यामा रहेका धनीहरू भने यहाँ शक्तिशाली छन्, जे चाह्यो त्यही गर्न–गराउन सक्छन् । सत्तामा तिनकै हालिमुहाली छ ।

कन्टिर–बाबूका अनुसार यही कारण हो– नेपाली लोकतन्त्रमा भोख र रोगले थलिएका जनताका मुद्दा प्राथकिमतामा पर्दैनन् तर लोकतन्त्रका नाममा सीमित सङ्ख्याका व्यक्तिको राजनीतिक स्वार्थ जोडिएको धरहरा नेपाली स्वाभिमानका नाममा ठडिन्छ ।

यस्तोमा कन्टिर–बाबू जनताको सार्वभौमसत्ता सम्पन्नतामा वृद्धिका लागि सबैले आ–आफ्नो तह र तप्काबाट दबाब दिनु जरुरी ठान्छन् । सबैलाई लोकतन्त्रको शुभकामना ! सबैको जय होस् ! कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया