Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भीमसेन स्तम्भ भर्सेस ओली टावर

भीमसेन स्तम्भ भर्सेस ओली टावर

कन्टिर–बाबू अहिले जुन सहरमा बस्छन्, त्यहाँ हिजो आज धरहराको बडो चर्चा छ । २०७२ को भूकम्पभन्दा पहिला पनि धरहरा थियो । भूकम्पमा गर्ल्याम–गुर्लुम भत्कियो । अहिले यही नाममा कङ्क्रिटको अर्को, पहिलेभन्दा अग्लो संरचना ठड्याइएको छ ।

तर आम जनतालाई के मतलब ? कोरोनाकालमा बेल पाक्यो कागलाई के स्वाद ! कन्टिर–बाबू हिजो पनि धरहरा उक्लिएका थिएनन्, उनले आज या भोलि यो टावर उक्लिने कुनै योजना पनि बनाएका छैनन् ।

धरहरा उक्लिँदा गति परिने अनि नउक्लिँदा बर्बाद हुने होइन भन्ने कन्टिर–बाबूको निष्कर्ष छ । भोलि यसको उद्घाटन हुने रे ! कोरोनाको बेलामा बिरामीलाई अक्सिजनको व्यवस्था गर्न छोडेर बडो धरहराको उद्घाटन गरेर फुर्ती हाँक्ने ? लाजको पसारो, कन्टिर–बाबूको एक मनले यस्तै भन्छ । फेरि अर्को मनले भन्छ– नेपालीको अन्तर्राट्रिय पहिचान बनेको यो मानव निर्मित संरचना ढिलो–चाँडो बनाउने पर्ने थियो, बन्यो राम्रै भयो ।

तर धरहराका नाममा बन्यो चाहिँ के ? धरहरै बन्यो कि अस्तै देखिने अरू नै कुनै संरचना ? कन्टिर–बाबूले देखेको भीमसेन स्तम्भ पनि भनिने धरहरामा त नौ तलामात्र थिए, अहिले बनाइएको संरचनामा २२ तला छन् । त्यसो हुँदा यसलाई धरहरा कसरी भन्ने ? कन्टिर–बाबू स्पष्ट छन्– अहिले धरहरा भनिएको संरचना ओली भ्यु–टावर हो, धरहरा हुँदै–होइन ।

कन्टिर–बाबूलाई मात्र होइन दुनियाँलाई थाहा छ– सय वर्ष कटेका कुनै पनि संरचना, पूरातात्विक सम्पदाको स्वरूपमा थप–घट वा परिवर्तन गर्न पाइँदैन । त्यसैले अहिले बनाइएको ओली टावरलाई धरहरा भन्दै प्रचार गर्नुमा सरकारी कमजोरी र आत्मरतिको मात्रा बढी देखिरहेका छन्, कन्टिर–बाबू ।

तर आत्मरतिमा लीन सरकारलाई यो कुरा कसले बुझाउने ? धरहरा भनिएको संरचना ठडिएपछि त सरकार यसलाई महानतम् उपलब्धिका रूपमा व्याख्या गर्न कम्मर कसेर लागिरहेको छ । सरकार ओली टावर उद्घाटनको तिथिलाई राष्ट्रिय उत्सवका रूपमा परिभाषित गरिरहेको छ । मानौँ, सरकारले अन्तरीक्षमा भू–उपग्रह प्रक्षेपण गरेको छ, मङ्गल ग्रहमा भर्खरै यान पठाएको छ ।

धरहरा नामको संरचना ठडिँदा देशका सबै समस्या समाधान भए त ? सुशासन र समृद्धिको सपना पूरा भयो ? कोरोना सङ्क्रमितले राहत र औषधि पाए ? के सम्पूर्ण देशवासीको स्वाभिमान ठडियो ?

कन्टिर–बाबूका मनमा यस्ता अनेक प्रश्न उठिरहेका छन् । तर उत्तर कसले दिने ? यस्ता भ्यु–टावर बनाउन पैसाको कमी अनुभव नगर्ने ओल्बा सरकार कोरोनाबाट ग्रस्त भुइँमान्छेको ज्यान बचाउन भ्याक्सिन खरिद गर्न, भ्यान्टिलेटरको सङ्रख्या थप्न, अक्सिजनको जोहो गर्न भने पैसाको समस्या देख्छ । विडम्बना यही छ ।

प्रसङ्गवश ‘राणाहरूले बनाएको महलमा बसेर टावर बनाएँ, धरहराको पुनःनिर्माण गरेँ भन्दै मक्ख नपर्नुहोस्, प्रोपोगान्डा नगर्नुहोस्,’ भन्दै कवि श्रवण मुकारुङले फेसबुकमा पोस्ट्याएको कुरा कन्टिर–बाबूलाई सही लागेको छ ।

कवि श्रवण मुकारुङले लेखेका छन्– अबका जनता लाटा छैनन् । धरहराका निर्माणका नाममा मैले पनि एक महिनाको पारिश्रमिक प्रदान गरेको छु । मेरो पनि नाम लिनुहोस् । अनि शिवलिङ्ग ढोग्नुहोस् ! तब तथास्तू भनुम्ला ! कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया