Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

"जोगी जुत्त्या छाराका लागि" - ८० लाख आउँदा ८० करोडको रोईलो

"जोगी जुत्त्या छाराका लागि" -  ८० लाख आउँदा ८० करोडको रोईलो

शुक्रबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट यस  प्रदेशका ६ जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाखका दरले रकम बिनियोजन गरेको खबर आयो । खबरसँगै सामाजिक सञ्जालमा सबैका वाल भरिन थाले । एक थरी लेख्न थाले पूर्व उपप्रधानमन्त्री भीम रावलको पहलमा आयो, अर्कोथरी भन्न, लेख्न थाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीको पहलमा आयो। रकम आउँदै छ भन्नेबित्तिकै भुइँ छाडेर उफ्रिने र नेताकाे जय जयकार गर्ने प्रवृत्तिले अछामी समाजमा  बाल विवाह र छाउपडी प्रथालाई समेत उछिनेको छ ।

कुनै एक जमाना थियो गाउँमा एमाले र कांग्रेसको खाना, नाना र छाना चल्दैन थियो, तर यसबीचमा केही हदसम्म कम भएकै हो, फेरि अहिले त्यस्तै अवस्था आउन थालेकाे छ। सामाजिक सञ्जालमा गर्दा पर्टीका कार्यकर्ताकाे झगडा त्यही अवस्था आउन थालेको छ । कोरोनाबाट बच्न त हात धुनेछौं, सेनिटाइजर लाउँछौं, माक्स लगाउँछौं, खोप आएर काेराेना पनि जाला तर अन्धभक्त भाइरस भने मान्छेको दिमागबाट नहटेर त्यसले गर्ने असरबारे डरलाग्दो हुने अवस्था आएको छ ।

चुनाव जित्नु पूर्व नेताहरू सामान्य हुन्छ, तर  ऊ चुनाव जितेर फर्किँदा अर्कै भइसक्छ। भोट दिएर जिताउने हामी जनता, घाममा लाइन लागेर फूलमाला लगाउन जाने हामि  जनता, चुनावमा झडप हुँदा प्रहरीका लठ्ठी खाने हामी, आफ्नै मलामी जाने दाजुभाइको गाली गर्ने र खाने हामी, दुष्मनी गर्ने हामी, चुनाव जितेर गएको मान्छेले मन्त्री पद पाइहाल्यो भने त्यो नेता आउँदा सडकमा हिँड्न नपाउने पनि हामी। जो चुनाव प्रचार प्रसारका क्रममा हामीसँगै घुम्ने, हामीसँगै खाने गर्छ। जो हामीमाझ आफ्नो सुरक्षा महसुस गर्छ। आखिर चुनाव जितेर सांसद, मन्त्री हुनेबित्तिकै उसलाई किन सुरक्षा चाहिन्छ ? जुन जनताले मन्त्री बनाए उनैबाट नेतालाई कस्ताे कस्तो खतरा हुन्छ?' ति नेता हरुलाई ?

अर्को कुरा बजेटको, त्यो बजेट कुनै ब्यापारी, नेताको ढुकुटीकाे नभएर दिनरात मेहेनत मजदुरी गरेर राज्यलाई कर तिर्ने जनताको रगत पसिनाबाट आएको भन्ने कुरा किन बिर्सिन्छौँ हामी? हाम्रै करको बजेट हाम्रा लागि बिनियोजन गर्न पहल गर्ने ती को हुन ? हामीलाई कसैले निगाह दिएको, राहत दिएको नभएर त्यो बजेट हाम्रो अधिकार हो। राज्यले दिएको अधिकार पाउन जनताका लागि कसैले ठेकेदारी गरिरहनु हल पर्दैन । यदि जय जयकार नै गर्नुपर्ने हाे भने जननिर्वाचित पदाधिकारी र राजामा के फरक भयाे र? राजा खराब भने फाल्याैँ अब नेता फाल्नुपर्ने हाे जनताले?

प्रतिक्रिया