Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

"जोगी जुत्त्या छाराका लागि" - ८० लाख आउँदा ८० करोडको रोईलो

"जोगी जुत्त्या छाराका लागि" -  ८० लाख आउँदा ८० करोडको रोईलो

शुक्रबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट यस  प्रदेशका ६ जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाखका दरले रकम बिनियोजन गरेको खबर आयो । खबरसँगै सामाजिक सञ्जालमा सबैका वाल भरिन थाले । एक थरी लेख्न थाले पूर्व उपप्रधानमन्त्री भीम रावलको पहलमा आयो, अर्कोथरी भन्न, लेख्न थाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीको पहलमा आयो। रकम आउँदै छ भन्नेबित्तिकै भुइँ छाडेर उफ्रिने र नेताकाे जय जयकार गर्ने प्रवृत्तिले अछामी समाजमा  बाल विवाह र छाउपडी प्रथालाई समेत उछिनेको छ ।

कुनै एक जमाना थियो गाउँमा एमाले र कांग्रेसको खाना, नाना र छाना चल्दैन थियो, तर यसबीचमा केही हदसम्म कम भएकै हो, फेरि अहिले त्यस्तै अवस्था आउन थालेकाे छ। सामाजिक सञ्जालमा गर्दा पर्टीका कार्यकर्ताकाे झगडा त्यही अवस्था आउन थालेको छ । कोरोनाबाट बच्न त हात धुनेछौं, सेनिटाइजर लाउँछौं, माक्स लगाउँछौं, खोप आएर काेराेना पनि जाला तर अन्धभक्त भाइरस भने मान्छेको दिमागबाट नहटेर त्यसले गर्ने असरबारे डरलाग्दो हुने अवस्था आएको छ ।

चुनाव जित्नु पूर्व नेताहरू सामान्य हुन्छ, तर  ऊ चुनाव जितेर फर्किँदा अर्कै भइसक्छ। भोट दिएर जिताउने हामी जनता, घाममा लाइन लागेर फूलमाला लगाउन जाने हामि  जनता, चुनावमा झडप हुँदा प्रहरीका लठ्ठी खाने हामी, आफ्नै मलामी जाने दाजुभाइको गाली गर्ने र खाने हामी, दुष्मनी गर्ने हामी, चुनाव जितेर गएको मान्छेले मन्त्री पद पाइहाल्यो भने त्यो नेता आउँदा सडकमा हिँड्न नपाउने पनि हामी। जो चुनाव प्रचार प्रसारका क्रममा हामीसँगै घुम्ने, हामीसँगै खाने गर्छ। जो हामीमाझ आफ्नो सुरक्षा महसुस गर्छ। आखिर चुनाव जितेर सांसद, मन्त्री हुनेबित्तिकै उसलाई किन सुरक्षा चाहिन्छ ? जुन जनताले मन्त्री बनाए उनैबाट नेतालाई कस्ताे कस्तो खतरा हुन्छ?' ति नेता हरुलाई ?

अर्को कुरा बजेटको, त्यो बजेट कुनै ब्यापारी, नेताको ढुकुटीकाे नभएर दिनरात मेहेनत मजदुरी गरेर राज्यलाई कर तिर्ने जनताको रगत पसिनाबाट आएको भन्ने कुरा किन बिर्सिन्छौँ हामी? हाम्रै करको बजेट हाम्रा लागि बिनियोजन गर्न पहल गर्ने ती को हुन ? हामीलाई कसैले निगाह दिएको, राहत दिएको नभएर त्यो बजेट हाम्रो अधिकार हो। राज्यले दिएको अधिकार पाउन जनताका लागि कसैले ठेकेदारी गरिरहनु हल पर्दैन । यदि जय जयकार नै गर्नुपर्ने हाे भने जननिर्वाचित पदाधिकारी र राजामा के फरक भयाे र? राजा खराब भने फाल्याैँ अब नेता फाल्नुपर्ने हाे जनताले?

प्रतिक्रिया