Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

कस्ता विद्यार्थीले किन पढ्ने सीटीईभीटीको आईटी ?

कस्ता विद्यार्थीले किन पढ्ने सीटीईभीटीको आईटी ?

एसईईको नतिजा आइसकेको छ । कतिपय विद्यार्थी कुन कलेजमा के विषय लिएर पढ्ने भन्ने दोधारमा छन् । यस्तोमा केही कलेजले प्रवेश परीक्षा लिइसकेका छन् । केहीले भर्ना प्रक्रिया थालेका छन् ।

यदि तपाईँ पनि एसईई दिएर बसिरहनु भएकाे छ र सूचना प्रविधि (आईटी) काे क्षेत्रमा भविष्य बनाउने साेचिहरनु भएकाे छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरिरहेका सूचना तथा प्रविधि विषयका काेर्षहरू उपयुक्त हुन सक्छन् । देशका लागि आवश्यक प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सीटीईभीटी स्थापना भएको हो । 

के के हुन्छ पढाइ ?

सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार ओटा विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सूचना प्रविधि (आईटी) काे पढाइ इन्जिनियरिङ अन्तर्गत हुन्छ ।

सीटीईभीटीले प्रि-डिप्लाेमा तथा डिप्लाेमा दुवै तहमा विभिन्न आईटी काेर्ष सञ्चालन गरिरहेको छ । प्रि-डिप्लाेमा तह (१८ महिने) मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टकाे पढाइ हुन्छ ।

त्यसैगरी डिप्लाेमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नाेलाेजी (आईटी) पढाइ हुन्छ । सीटीईभीटीले यी काेर्ष देशभरका विभिन्न १०६ शैक्षिक संस्थानमा सञ्चालन गरिरहेकाे छ ।

जसमा सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृतिप्राप्त २३ विद्यालय, ११ आङ्गिक विद्यालय, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६२ ओटा सामुदायिक विद्यालय  र साझेदारी (गाउँ/नगर) मोडालिटी अन्तर्गत १० शैक्षिक संस्था छन् । यद्यपि देशभर कूल एक हजार ११५ शैक्षिक संस्थामा सीटीईभीटीका अन्य काेर्षहरू समेत सञ्चालन भइरहेका छन् ।

छात्रवृत्ति र शुल्क

प्रि-डिप्लाेमा तह तथा डिप्लोमा तहका लागि सीटीईभीटीले प्रत्येक वर्ष विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिँदै आएकाे‍ छ । याे वर्ष पनि २९ ओटा शैक्षिक कार्यक्रमका लागि डिप्लाेमा तहमा दुई हजार ९१३ र प्रि-डिप्लोमा तहमा एक हजार ८१४ गरी कुल चार हजार ३३१ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिइँदैछ ।

जस मध्ये १० प्रतिशतले आईटी पढ्नका लागि निःशुल्क छात्रवृत्ति पाउँछन् । (छात्रवृत्ति आवेदनका लागि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्)

सामान्यतः सीटीईभीटीमा आईटी काेर्ष पढ्ने शिक्षण संस्था अनुसार ७५ हजारदेखि चार लाख रुपैयाँसम्म लाग्ने सीटीईभीटीका सूचना अधिकारी अनिल बज्राचार्यले बताउँछन् ।

उनका अनुसार सीटीईभीटीमा कुनै काेर्ष अध्ययन गरेर सीपयुक्त हुन सकिने भएकाले जागिर खान सजिलाे हुन्छ । “सीटीईभीटीबाट पास भएका मध्ये ६० प्रतिशत जागिरे भएका छन्,” उनी भन्छन्, “प्राविधिक सीप सिकेर रोजगारी गर्न वा आफ्नै छुट्टै उद्यम गर्न चाहने विद्यार्थीहरूका लागि सीटीईभीटीको काेर्ष उचित हुन्छ ।”

प्रि-डिप्लाे र डिप्लाेमा तहमा के छ फरक ?

प्रि-डिप्लाेमा तह १८ महिने काेर्ष हाे । यसमा १५  महिना पाठ्यक्रमकाे पढाइ र तीन महिना प्रयोगात्मक हुन्छ । प्रि डिप्लोमा पढ्न एसईईमा जति प्राप्ताङ्क आए पनि फरक पर्दैन । तर डिप्लाेमा तह भने तीन वर्षको (६ सेमेस्टर) काेर्ष हाे ।

यसमा भएका काेर्ष अध्ययन गर्न भने एसईईमा न्यूनतम जीपीए दुई ल्याएको हुनुपर्छ । स्वास्थ्य तर्फका विषय पढ्न गणित, विज्ञान र अंग्रेजी विषयमा कम्तिमा सी ग्रेड प्राप्त गरी न्यूनतम जीपीए दुई चाहिन्छ ।

त्यस्तै इन्जिनियरिङ तर्फका विषय पढ्न गणित र विज्ञानमा कम्तीमा सी ग्रेड र अंग्रेजीमा कम्तीमा डी प्लस ग्रेड प्राप्त गरी न्यूनतम जीपीए २ ल्याएको हुनुपर्छ ।

कृषि तथा हस्पिटालिटीका विषय पढ्न गणित, विज्ञान र अंग्रेजीमध्ये कुनै दुई ओटा विषयमा कम्तिमा सी ग्रेड र एउटामा कम्तिमा डी प्लस ग्रेड प्राप्त गरी न्यूनतम जीपीए दुई ल्याउनु पर्छ ।

प्रि-डिप्लाेमा तह उत्तिर्ण गरेपछि स्नातक पढ्न पाइँदैन । त्यसका लागि तपाईँले प्रि-डिप्लाेमा पढ्दै गर्दा कक्षा प्लस टुमा पनि भर्ना हुनु पर्छ । तर, डिप्लाेमाका काेर्ष अध्ययन गरेपछि भने स्नातकमा सजिलै भर्ना पाइन्छ ।  

आईटी एसईई लगत्तै सीटीईभीटीमा पढ्ने कि स्नातकमा ?

सीटीईभीटीकाे आईटी काेर्षभन्दा स्नातक तहमा हुने आईटी काेर्ष बढी उपयुक्त हुन्छ भन्ने साेच धेरैमा हुन्छ । “सीटीईभीटीका काेर्ष पढाइमा कमजाेर भएका, पढाइमा अगाडि बढ्न नसक्ने विद्यार्थीहरूका लागि हाे भन्ने बुझाई समाजमा व्याप्त छ, जुन हाे,” उनी भन्छन् ।

“खासमा तत्काल काम गर्छु, केही वर्ष काम गरेर पढाइ गर्छु भन्नेहरूका लागि याे काेर्ष राम्रो हुन्छ । तर पढाइमा मात्रै समय दिन्छु भन्ने विद्यार्थीलाई भने प्लस टू (उच्च मावि तह) मा अरु कुनै विषय पढेर स्नातकमा आईटी पढ्दा ठीक हुन्छ । त्यसाे गर्दा एक वर्ष छिटाे पनि हुन्छ । हाम्रोमा स्नातक तहका काेर्षहरूलाई साथ दिने किसिमकै पाठ्यक्रम छ ।”

कसका लागि उपयुक्त छ याे कार्ष ?

अहिले पनि धेरैले राम्राे नतिजा आए विज्ञान पढ्नुपर्छ भन्ने गरेका छन् । जसले गर्दा सीटीईभीटी त्यस्ता विद्यार्थीको गन्तव्य बन्न सकिरहेको छैन । नेपाल बनेपा पाेलिटेक्निक इन्स्टिच्युट डिप्लाेमा तहमा आईटी विषय अध्यापन गराउने पहिलो कलेज हो ।

सीटीईभीटीले अन्तिम समयमा भर्ना लिने भएकाले डिप्लोमा तहमा विद्यार्थीको आकर्षण नदेखिएको कलेजको आईटी शाखा प्रमुख सुरजकुमार हेक्का बताउँछन् । साथै राम्रा विद्यार्थी आकर्षित गर्न पहल समेत नभएको  उनको भनाई छ ।

के हुन्छ सीटीईभीटीमा पढेपछिको हैसियत ?

कुनै विषय अध्ययन गरेपछि प्राप्त हुने ज्ञान र सम्बन्धित क्षेत्रमा पाउन सकिने काम महत्त्वपूर्ण हुन्छ । सीटीईभीटीमा अध्ययन गरेपछि बजारमा रोजगारी पाउन गाह्राे नहुने बताइन्छ ।

तर यो विषय सम्बन्धित विद्यार्थीमा समेत भर पर्ने कुरा हो । आफ्नाे विद्यालयबाट पास भएका धेरै विद्यार्थीहरू अहिले विभिन्न सङ्घसंस्थामा कार्यरत रहेकाे  सुनाउँदै हेक्का भन्छन्, “आजभाेलि बजारले सीप माग्छ, सीटीईभीटीका काेर्षमा बजारमा माग भएकै सीप सिकाउने भएकाले अध्ययन पश्चात बेराेजगार भएर बस्नु पर्दैन ।”

डिप्लाेमा तह कक्षा १२ सरह हुने भएकाले लाेकसेवा अन्तर्गत प्राविधिक तर्फ नायब सुब्बासम्ममा भिड्न पाइन्छ । त्यसैगरी आफूले प्राविधिक ज्ञान लिइसकेपश्चात् स्वराेजगार हुने विकल्प त जहिल्यै खुला रहने नै भयो । थप उच्च शिक्षा अध्ययन गर्न मन लागे सजिलैसँग स्नातकमा भर्ना पाइन्छ ।

यदि तपाईँले डिप्लाेमा तहमा आईटी पढ्नुभयाे भने बीसीए, बीएससी आईटी, बीएससी सीएसआईटी, बीआईएम जस्ता आईटीसँग सम्बन्धित काेर्षहरू लिन समेत पाउनु हुन्छ । 

सीटीईभीटीपछि विदेशको पढाइ कति सहज ?

सीटीभीटीईका कोर्ष पूरा गरेर अध्ययनका लागि विदेश जान अप्ठ्यारो नहुने सूचना अधिकारी बज्राचार्य बताउँछन् । उनी भन्छन्, “वास्तवमा हाम्राे उद्देश्य नै फरक छ । हामी प्राविधिक जनशक्ति उत्पादनमा जाेड दिन्छाैँ ।

बजारले मागेकाे जनशक्ति उत्पादन गर्नुपर्‍याे । कुनै विद्यार्थी आईटी पढ्न बाहिर जाँदा विज्ञानकाे प्रवेश परीक्षा दिनुपर्छ । हुन त यहाँ पनि पहिलाे वर्षमा विज्ञान विषयको पढाइ हुन्छ । त्यहाँ मेरिटको आधारमा नाम निकाल्नु पर्छ । हाम्रोमा एक वर्ष मात्र विज्ञान पढाई हुने भएकाले विज्ञानको प्रवेश परीक्षा कठिन हुन सक्छ ।”

आईटीबाहेक इन्जिनियरिङ्गमा अरु कुनकुन विषय छन् ?

सीटीईभीटीकाे इन्जिनियरिङ अन्तर्गत आईटी बाहेक अटाेमाेबाइल, आर्किटेक्चर, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, जियाेम्याटिक इन्जिनियरिङ जस्ता काेर्षहरू पनि उपलब्ध छन् ।  

प्रतिक्रिया