Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शरीरमा एसिडिटी बढी भएको कसरी थाहा पाउने ?

शरीरमा एसिडिटी बढी  भएको कसरी थाहा पाउने ?

के तपाईंको शरीरमा बारम्बार स–साना स्वास्थ्य समस्या देखिन्छन् वा विनाकारण ड्रिंग्स गर्न मन लाग्छ । यस्तो हुनुको पछाडि सम्भवतः तपाईंको शरीरमा अम्लीय वा एसिडिटी तत्व बढी भएको हुन सक्छ । एसिडिटीलाई शरीरलाई अस्वस्थ बनाउने एक तत्वका रूपमा मानिन्छ । जसले खाना कम खान मन लाग्ने र शरीरमा समस्याहरू सिर्जना गर्छ । शरीरमा एसिडिटीको मात्रा बढी भएको यसरी थाहा पाउन सकिन्छ । 

हड्डी कमजोर बनाउने
शरीरमा अम्लीय तत्व धेरै हुँदा हड्डीबाट क्याल्सियम सोस्ने काम गर्छ । जसले हड्डी निकै हलुका र कमजोर बन्ने गर्छ । चिकित्सा विज्ञानको भाषामा यसलाई अस्टियापोरोसिय भनिन्छ । जसका कारण हड्डी कमजोर मात्र हुँदैन, सामान्य लड्दा पनि फ्याक्चर वा सजिलै भाँचिने सम्भावना हुन्छ । यसको समाधान पनि छ । रातो मासु, कोल्डड्रिङ्स र एसिडिक खानाबाट टाढा रहनुपर्छ । साथै दुग्धजन्य प्रदार्थले यो समस्या समाधान गर्न सहयोग गर्छ ।

छालामा समस्या
अम्लीय पदार्थ बढी भए शरीरमा ‘पिएच’ तत्व सन्तुलनमा रहँदैन, त्यसले सीधै मिर्गौला र कलेजोमा असर गर्छ । शरीरको महत्वपूर्ण भागका रूपमा मिर्गौला र कलेजोलाई लिइन्छ । अम्लीय तत्वका कारण यी अंगले राम्रोसँग काम गर्न सक्दैनन् र शरीरमा उत्पन्न खराब तत्व बाहिर निस्कन पाउँदैन । यसका लागि नियमित रूपमा खानामा नियन्त्रण तथा चिनीयुक्त खाद्यपदार्थ कम खाने गर्नुपर्छ । 

मांसपेशीको दुखाइ
अधिक एसिडले रक्तनली र मांसपेशीलाई साघुर्‍याउँछ । यसको कारण मांसपेशीमा पुग्ने अक्सिजनयुक्त रक्तनली कडा बन्छ जसका कारण शारीरिक अभ्यासका वेला निकै समस्या हुन सक्छ । अधिक एसिडका कारण शरीरमा अक्सिजन, भिटामिन र पोषकतत्वको कमी हुन्छ । जसका कारण मांसपेशी र जोर्नीहरूमा दुखाइ हुन्छ । यदि मांसपेशी र जोर्नीहरूमा समेत दुखाइ महसुस हुन्छ भने यो शरीरमा अम्लीय तत्व बढी भएको एक लक्षण हुन सक्छ । यो समस्याबाट मुक्त हुन जंकफुड, चिनीजन्य पदार्थ, क्याफिनयुक्त खान र रातोमासु खाना कम गर्नुपर्छ । साथै फलफूल तथा सागपात, दूधजन्य पदार्थको मात्रा बढाउनुपर्छ । 

सधैँ थकानको महसुस
हाम्रो शरीरलाई दैनिक र महत्वपूर्ण कार्यहरूका लागि तरल पदार्थ आवश्यकता पर्छ । यस्ता तरल पदार्थले शरीरमा पानीको मात्रा, पोषण, अक्सिजन आदिको ढुवानी गर्छन् । यदि शरीरमा अम्लीय पदार्थ अधिक भएमा यी कार्य सुस्त हुन्छ । साथै जुनवेला पनि शरीर थाकेको अनुभाव हुन्छ । यो समस्या सुल्झाउन नियमित अभ्यास गर्नुपर्छ । थकानबाट लड्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । अल्कोहलबाट टाढा रहने, बढी आराम गर्ने तथा सुन्तलित खाना खानुपर्छ । 

प्रतिक्रिया