Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बोलुँ भने मुख लागे जस्तो, नबोलुँ भने चुप लागे जस्तो

बोलुँ भने मुख लागे जस्तो, नबोलुँ भने चुप लागे जस्तो

जतिसुकै तर्क–वितर्क गरे पनि सरकारको क्षमता मूल्याङ्कन कठिन समयमै हुने हो । सहजतामा त देश आफैँ चलिहाल्छ नि ! यो भनाइसँग कन्टिर–बाबू पूर्णतः सहमत छन् । वास्तवमा अप्ठेरोमा नै हो व्यक्तिलाई सहयोग र भरथेग चाहिने हो, सजिलो अवस्थामा त जनता आफैँ काबिल छँदै छन् नि !

सिद्धान्ततः जनताबीचको सम्झौताको उपज हो सरकार । सरकारको काम जनताको कल्याणका लागि क्रियाशील रहनु र यसबापत सत्ताको उपयोग गर्नु हो । तर नेपालमा सरकार भए पो सिद्धान्तका कुरा खोज्नु ! यहाँ त आत्मरतिमा रम्माउने हुल्लडबाजहरूको दबदबा छ । नेपालमा सिद्धान्तले लामो समयदेखि काम नगरेको कन्टिर–बाबूलाई अनुभूत भइरहेको छ ।

संसदमा प्रतिपक्षी सांसदले ‘नेपालीको रोगप्रतिरोधी क्षमता अरूभन्दा बढी छ भनेर कसले भन्यो ?’ भनी सोध्दा प्रधानमन्त्रीले ठाडै ‘सुन्न भएन अहिले भर्खर मैले भनेको !’ भनी ओठे–जबाफ फर्काएको हिजोजस्तो लाग्छ । तर एक वर्ष बितिसक्दा पनि नेतृत्वको मूर्खतापूर्ण प्रवृत्ति ज्युँका त्युँ छ ।

बोलुँ भने मुख लागे जस्तो ,नबोलुँ भने चुप लागे जस्तो । यतिबेला निकै सकस परिरहेको छ कन्टिर–बाबूलाई । नेताहरूको अनपेक्षित व्यवहार र जबाफदेहीविहीन राजनीतिले समाज र मुलुकको अवस्था कहाँ पुगिसक्यो कल्पना गर्न पनि गाह्रो छ !

केही दिनदेखि कन्टिर–बाबूजस्ता सामान्य कलमजीवीलाई त दिनमा चार–पाँच कल आउने थालेका छन्, आइसोलेसनमा ठाउँ, अस्पतालमा बेड, अक्सिजनको सिलिन्डर, प्लाज्मा, रेम्डेसिभिरका लागि भनसुन गरिदिनुपर्‍यो भन्दै । भने पछि सोच्नुहोस्, अवस्था कति भयावह भइसक्यो !

त्यसो त यो अकल्पनीय परिस्थितिको दोष सरकारलाई मात्र दोष दिने पक्षमा छैनन् कन्टिर–बाबू । अरे यार यहाँ त सबै दलको हालत उस्तै छ । पालैपिलो सत्ताको सुखभोग राम्रो, जनताको कष्टभोग नराम्रो । हे दैव ! के गर्ने होला ?

कन्टिर–बाबूलाई लाग्छ– कोरोना कहरको वास्तविक अवस्था सरकार र दलको नेतृत्वलाई थाहा नै छैन । यदि थाहा हुन्थ्यो भने उनीहरू यतिबेला नेपाली समाजले बेहोरिरहेको धरातलीय, तीतो यथार्थप्रति धेर–थोर जबाफदेही अवश्य हुन्थे ।

यस्तोमा कन्टिर–बाबू सरकार र दलका नेतालाई आग्रह गर्छन्– हे स्वनामधन्यहरू ! तपाईहरू कम से कम एक–दुई घण्टा समय निकालेर एक्ला–एक्लै वा सामूहिक रूपमा यसो एक–दुईवटा अस्पतालको अवलोकन भ्रमण गर्नुहोस् । भ्रमण गर्न डर लाग्छ भने फोन गरेर भए पनि बुझ्नुहोस् ।

कन्टिर–बाबू सोध्छन्– तर के कोरोना सङ्क्रमित व्यक्ति र तिनको परिवारको अवस्था बुझ्ने, आर्तनाद–चित्कार सुन्ने, तिनलाई सम्बोधन गर्ने समय र हिम्मत छ तपाईहरूसँग ?

प्रतिक्रिया