Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भित्री तागतको खेलोमेलो, जहीँको त्यहीँ कुरो

भित्री तागतको खेलोमेलो, जहीँको त्यहीँ कुरो

नेपाल देशको राजनीतिक जीवनमा आजको दिन बडा महत्त्वपूर्ण छ । विपक्षीले सांसदको धार्नी पु¥याउन सक्ने हुन् कि होइनन् ? पुगे त ओल्बा कुर्सीबाट ओर्लने सम्भावना बढ्छ, होइन नेपाली जनताको घाँटीमा अड्केको खिचखिच यथावतै रहनेछ ।

यस्तो बेला हिन्दीको एउटा उखान सम्झन्छन् कन्टिर–बाबू– ढाक के तीन पात ! तर यो त पुरानै कुरा हो । सत्ताको बिजगणित विश्लेषणका सन्दर्भमा कन्टिर–बाबूलाई नयाँ–नयाँ उखान–टुक्का फुर्दै छ, आज बिहानैदेखि ।

एउटै धुनीका जोगीहरू नमिलेर मठै उजाडिन बेर छैन ।

गण्डकीको भूत वाग्मतीमा सरे, भूत आखिर भूतै हो नपछुताउनु अरे !

तर बज्रस्वाँठहरूका सवालमा जतिसुकै नयाँ उखान भने पनि काम नगर्ने देख्दै छन् कन्टिर–बाबू । अरूले काम गरेन भनेर स्वर खाप्ने हरिल्वाँठहरू मौका आउँदा आफूहरू मिलेर गर्ने समय पनि त्यसै हुसाउलान् जस्तो छ । न मिलेर कोल घुमाउँछन्, न तोरी आफैँ पिना बन्छ !

अरे यार, रापका तर्फबाट विधानअनुसार दलहरूलाई आज राति नौ बजेसम्मको डेडलाइन सनाखत भएको छ, बहुमत पु¥याएर देखाउन । रापबाट किन तीन दिनकै समय दिइयो ? किन राति नौ बजेको साइत कुरियो ? कन्टिर–बाबूका मनमा यस्तै प्रश्न उठेका त छन् तर उनी अहिले यसबारे चर्चा गर्न चाहँदैनन् ।

जहाँसम्म उल्लिखित उखानको कुरो छ, अहिलेको राजनीतिक अवस्थासँग हुबहु मेल खाइरहेकै छ । अरे यार ओल्बाको एकलकाँटे पारा मिलेन भनेर मात्रै हुन्छ ? यता मेलो मिलाउनेहरूको गन्ती पुग्नुपरेन ?

गन्ती त्यसबेलासम्म पूरा हुँदैन जबसम्म ओल्बा समर्थकबाहेक सबै एक ठाउँमा आउँदैनन् । तर कन्टिर–बाबू बूढा खेतालाहरूको चालामाला र पारा देखेर आजित छन् । उनी अर्को एउटा उखान सम्झिन्छन्– घामट खेलाताहरू न बारी छोड्छन्, न मेलो गोड्छन् ।

नयाँ–नयाँ उखानङटुक्का खोज्ने जिम्मा ओल्बालाई मात्र कति लगाउनु ? आज कन्टिर–बाबू त्यसैको साटो फेर्ने प्रयत्नमा छन् । गण्डकीको भूत वाग्मतीमा सरे, भूत आखिर भूतै हो नपछुताउनु अरे !

त्यसमाथि, कन्टिर–बाबू अस्तिदेखि नै ‘भ्यागुताको धार्नी’वाला टुक्का फलाकिरहेका छन् । आज पनि कुरो जहाँको त्यहीँ छ । ओल्बाको विपक्षमा बहुमत पुग्न नसक्ने सम्भावना किन व्यक्त गरिँदै छ ? ओल्बाको भित्री तागत र खेलोमेलो के हो ? सांसदको धार्नी किन पुग्न सकिरहेको छैन ?

महन्थले त प्रधानमन्त्री पाए पनि खान्न भने रे, किन होला ? आखिर महन्थ–राजेन्द्र र ओल्बाको सम्बन्धमा फेबिकोल कसरी लाग्यो, कसले लगायो ? कन्टिर–बाबूलाई लाग्छ यी प्रश्नहरूको उत्तरको सम्बन्ध माथिका उखानहरूभित्र छ । एउटै धुनीका जोगीहरू नमिलेर मठै उजाडिन बेर छैन । कि कसो ‘मठाराम’ ?

प्रतिक्रिया