Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

न विधि न व्यवस्था, न नीति न नैतिकता

न विधि न व्यवस्था, न नीति न नैतिकता

कहीँ नभएको जात्रा त्यो गाउँमा भनेको सुनेर कन्टिर–बाबूले एक जना बुजुर्गलाई सोधे– त्यो भनेको के हो बा ? बुजुर्गले भने– त्यो गाउँमा जस्तो जात्रा हुन्छ, त्यस्तो जात्रा संसारमा अन्त कतै पनि हुँदैन भन्थे पुर्खाले, त्यही उखान सम्झेको नि !

उत्कट जिज्ञासु कन्टिर–बाबूले फेरि सोधे– अनि बेला न कुबेला यो उखान किन सम्झिनुभो त ? ‘अहिले नेपालको अवस्था देखेर नि !’ ती बुजुर्गले भने, ‘नेपालमा यतिबेला न विधि न व्यवस्था, न नीति न नैतिकता !’

कन्टिर–बाबूलाई पनि ती बुजुर्गको गुनासो सही लागेको छ । नेपालमा प्रधानमन्त्री र राष्ट्रपतिलाई जे मन लाग्यो, त्यही नै कानुन र संविधान बनेको छ हिजोआज । अझ भन्ने हो भने यिनीहरू आफूलाई संविधानभन्दा पनि माथि रहेको ठान्छन् र त्यसैअनुसारको व्यवहार गर्छन् । 

कन्टिर–बाबू मुर्मुरिँदै थप्छन्– सत्ता उन्माद, लहड र अध्यादेशका भरमा अधिनायक शैलीको शासनलाई सकेसम्म लम्ब्याउन चाहन्छन् उनीहरू ।

यसबेला ओल्बा र रापको पछिल्लो राजनीतिक कदम देखेर कन्टिर–बाबू यसअघि कहित्यै नपरेको छक्क परेका छन् । न नियम न कानुन, न विधि न प्रक्रिया, एकाएक दुवैको मिलेमतोमा संसद् छलेर नयाँ सरकार बनाउन दलहरूलक्षित फरमान जारी भएको छ । यसअघि दिएको समयभित्र ओल्बाले न विश्वासको मत लिनुपर्ने, न राजीनामा दिनुपर्ने ।

रापले ओल्बाको सिफारिसमा २१ घन्टाको समय दिएर नयाँ सरकारका लागि आह्वान गरेको कुरालाई कानुनका अधिकतर जानकारहरूले असंवैधानिक भनिसकेका छन्, जुन कुरासँग कन्टिर–बाबू पनि सहमत छन् ।

अरे यार, दुनियाँमा यस्तो पनि हुन्छ ? एउटा पद खाली नै नभइकन त्यसमा अर्को पदपूर्तिको कल्पना गर्न सकिन्छ ? बहालवाला प्रधानमन्त्रीले राजीनामा नै नदिइकन अर्को प्रधानमन्त्रीको खोजी गर्न मिल्छ ?

कन्टिर–बाबू भन्छन्– यो अरू केही होइन, शायद ओल्बा सबैलाई लोप्पा खुवाएर सत्ता र राजनीति आफू बाँचुञ्जेल कब्जा गरिराख्न चाहन्छन् । थाक्नुअघिसम्म आफ्नो मूर्खताको मियो वरपर अरूलाई घुमाइरहन चाहन्छन् ।

कन्टिर–बाबू वर्तमानको नेपाली राजनीति देखेर हिन्दी सायरीको एक पङ्क्ति सम्झिन्छन्– सरकती जाए सर से नकाब आहिस्ता–आहिस्ता ! नेपालको राजनीतिक सन्दर्भमा कन्टिर–बाबूको अपेक्षा थियो लोकतन्त्रको खोल ओडेकाहरूप्रति नेपाली जनताको आकर्षण बिस्तारै–बिस्तारै घट्दै जानेछ । तर यो पछिल्लो घटनाले सत्ताका मतियारहरूको मुकुन्डो एकैपटक उदाङ्गिएको कन्टिर–बाबूको ठहर छ ।

यस प्रकरणले ओल्बा र राप दुवै लोकतन्त्र र यो संविधानप्रति इमानदार नरहेको प्रष्ट भएको छ । कसैसँग न कुनै सल्लाह छ न परामर्श, बस मिलिभगतमा संविधान धुज्याउने (कु)कृत्य जारी छ ।

यता अर्को छ, जसपा । दूधको साक्षी बिरोलो बन्न तयार देखिँदै । तर कन्टिर–बाबूलाई लाग्छ– यदि यो बेलामा जसपसले ओल्बा–कृत्यलाई सघाउँछ भने उसको पनि मुखौटो निस्कने पक्का छ । हिजोका दिनमा जसपाले गरेको ओल्बाको विरोध देखावटीमात्र ठहरिनेछ ।

ओल्बा र रापको पछिल्लो मिलिभगतका बारेमा कन्टिर–बाबू धेरै कुरा बुझ्दैनन् । तर यहाँ कुनै ठूलै गोलमाल छ भन्ने उनलाई लागिरहेको छ । कन्टिर–बाबूलाई लागेको त्यो गोलमाल के हो ? त्यसको यकिन गर्न चाहिँ केही समय कुर्नुपर्ने हुन्छ । कम्तीमा साँझसम्म त कुरे न है !

कोशी अनलाईन बाट 

प्रतिक्रिया

ट्रेन्डिङ