Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ चैत २०८१
प्रचलनमा:
ताजा अपडेट
नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ नेकपा एस निकट अनेरास्वीयु द्धारा अछामको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी नेकपा एस निकट अनेरास्वीयु द्धारा अछामको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न महासंघले बनायो समिति सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न महासंघले बनायो समिति अडियो  बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा अडियो बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा साँफेबगरमा पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमण विरूद्ध  प्रदर्शन साँफेबगरमा पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमण विरूद्ध प्रदर्शन अझै पक्राउ परेनन् दुर्गा प्रसाईं, के भन्छ प्रहरी ? अझै पक्राउ परेनन् दुर्गा प्रसाईं, के भन्छ प्रहरी ? काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु हट्यो, स्थिति सहज काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु हट्यो, स्थिति सहज राजावादीले  लगाएको आगोमा जिउँदै जलेर पत्रकारको मृत्यु राजावादीले लगाएको आगोमा जिउँदै जलेर पत्रकारको मृत्यु कैलाली भन्सार कार्यालयले पाँच अर्ब बढिको राजश्व संकलन गर्‍यो कैलाली भन्सार कार्यालयले पाँच अर्ब बढिको राजश्व संकलन गर्‍यो एजेन्डा र विचार नमिलेपछि विपक्षी दलको बैठकमा राप्रपालाई बोलाइएन: प्रचण्ड एजेन्डा र विचार नमिलेपछि विपक्षी दलको बैठकमा राप्रपालाई बोलाइएन: प्रचण्ड

ओलीको ‘प्रतिशोधपूर्ण’ राजनीति

ओलीको ‘प्रतिशोधपूर्ण’ राजनीति

नेपालको पछिल्लो राजनीतिक गतिविधिको सूक्ष्म विश्लेषण गर्ने हो भने प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गरिरहेका छन् भन्न सकिन्छ । यसो भन्न सकिने पर्याप्त आधार छन् पनि । उनको प्रतिशोध वैचारिकरूपमा फरक प्रतिपक्षीभन्दा आफ्नैजस्तो विचारवाहक ‘सगोत्री’अर्थात् कम्युनिष्ट विचारधाराका दल र व्यक्तिहरूसँग हो भनेर भनियो भने फरक पर्दैन । तर, दुखका साथ भन्नुपर्छ उनको प्रतिशोधपूर्ण राजनीतिक व्यवहारको प्रभाव उनका खास ‘लक्ष्य’सम्ममात्र सीमित नरही सम्पूर्ण देश र जनतामाथि पर्ने निश्चित छ ।

केपी शर्मा ओलीले प्रारम्भमा महादेव शैलीमा बडो मनोयोगका साथ सबै विषादहरू पान गरेर भए पनि वृहद वामपन्थी एकीकरणका लागि आफूलाई प्रस्तुत गरे । माओवादीजस्तो ३६ (छत्तीस) को व्यवहार गर्ने पार्टीलाई पनि नेकपा एमालेमा जोड्ने प्रयत्न गरे । यसैक्रममा अरु वामपन्थी दललाई पनि एमालेमा समाहित गर्ने प्रयत्न गरे । उद्देश्य एउटै थियो, आफ्नो नेतृत्वमा नेपालमा सिंगो एकीकृत कम्युनिष्ट पार्टी बनाउने र नेपालमा सदाकालसम्म निष्कंटकरूपमा शासन गर्ने । शायद उद्देश्य अर्को पनि थियो, यसै एकीरकणमार्फत विश्व कम्युनिष्ट आन्दोलनलाई प्रभावित गर्ने । विश्वमा सबैतिर कम्युनिष्ट आन्दोलन असफल भइरहेको समयमा नेपालमा कम्युनिष्टको फुर्का जोडेर आफू र आफू नेतृत्वको दललाई विश्व कम्युनिष्ट आन्दोलनमा स्थापित गर्ने पनि उनको अघोषित गन्तव्य थियो । उनी सत्तासीन भएपछिका प्रारम्भका दिनमा उत्तरतिरको झुकावले पनि यो कुरा स्पष्ट गर्दछ ।

उनले सोचेजस्तै राजनीति कहाँ सोझो बाटोमा हिंड्थ्यो र ? उनले एकीकरणको पासा फालेको उनकै दलभित्र सायद उनको उद्देश्य स्वीकार्य भएन र यसै नाममा भोलीका दिनमा उनी तानाशाह बन्न सक्ने प्रवृत्तिको विश्लेषण गर्दै घोषित अघोषितरुपमा उनको विरोध सुरु भयो । परिणाम सबैका सामु छ, संसदमा करिव दुई तिहाईको बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता आज जम्मा ९३ सांसद संख्यामा सीमिति हुन पुगेको छ । यस अवस्थामा सबै सपना भताभुंग भएका ओली रन्थनिनु र रन्थनाईबाट प्रभावित भएर उनले उलुलजुलुल हर्कत गर्नु अत्यन्त स्वभाविक छ । यस आधारमा विश्लेषण गर्ने हो भने ओली आफूभन्दा बाहेकका कम्युनिष्ट नेतालाई ‘देखाइ दिने’ शैलीमा प्रस्तुत् भइरहेका छन् र यस सन्दर्भमा उनी जस्तोसुकै जोखिम मोल्न पनि तयार देखिन्छन् । भूराजनीतिक आधारमा उनका बारेमा जे जस्तोसुकै विश्लेषण गरियोस्, त्यो फरक पाटो हो । त्यो कति विश्वसनीय वा अविश्वसनीय छ त्यसको मूल्यांकन भविष्यले गर्ला नै । हाललाई के सत्य हो भने, उनी प्रत्यक्षतः आवेशमा आएर निर्णय गरिरहेका छन् र यी निर्णयहरूको उद्देश्य नेपाली कम्युनिष्ट आन्दोलनभित्रका उनका प्रतिस्पर्धीहरुलाई ‘तह’ लगाउनु हो भनेर भनियो भने असंगत ठहरिन्न । अर्को सत्य के पनि हो भने उनी खाँटी कम्युनिष्ट हुन र उनले ‘सत्ताकव्जा’ को महत्व अत्यन्त राम्ररी बुझेका छन् । मिहीन गरी हेरियो भने उनका चालहरू यस आधारमा पनि निर्देशित रहेको पाउन सकिन्छ ।

प्रतिक्रिया