Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

राज्य र समाजको गालामा गतिलो झापड

राज्य र समाजको गालामा गतिलो झापड

हास्य–व्यङ्ग्यका क्षेत्रमा आफ्नो भविष्य अर्थात् क्यारियरका लागि सङ्घर्ष गरिरहेका प्रदेश २ बाराका आदर्श यतिखेर पिता विनोदको असामयिक देहावसानका कारण शोक र पीडा बेहोर्न बाध्य छन् । कन्टिर–बाबू अमर आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक–सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्छन् ।

विनोदजी जीवितै हुँदा उनको उपचारका लागि केही सहयोग गर्न नसकेकोमा कन्टिर–बाबूलाई केही पछुतो पनि भइरहेको छ । सँगसँगै निषेधाज्ञाबीच विनोदजी र विनोदजीजस्ता नेपालीको उपचारका लागि बेलामा कुनै सिन्को नभाँच्ने सङ्घीय र प्रदेश सरकारका तोरीहरूको ताल देखेर उनी क्षुब्ध पनि छन् ।

कोरोनालगायत अनेकथरि विकृतिको भाइरसले गाँजेको यो देशमा पछिल्लो समयमा आदर्शका अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको कन्टिर–बाबूले अनुभव गरेका छन् । पिताको मिर्गौलाको प्रत्यारोपणका सन्दर्भमा राजधानीका अस्पताल, कानुन तथा शक्तिका दृष्टिले महत्त्वपूर्ण ठानिने व्यक्ति र मिडियाका दैलो चहारेर जोडजोडले कराउँदै आफ्नो पीडा व्यक्त गर्दा पनि बेलामा कसैले सुनेन । तर विनोदजीको दैहिक अवसानपछि भने सारा समाज चुकचुकाइरहेको छ ।

कन्टिर–बाबूको ठहर छ– विनोदजीको यो असामयिक मृत्युलाई कुनै हालतमा पनि स्वाभाविक मान्न सकिन्न । प्रश्न छ– कानुनी झमेलाका कारण उनको मृत्यु भएको हो भने यसलाई राज्यले गरेको हत्या भन्ने कि नभन्ने ? कन्टिर–बाबू भन्छन्– अवश्य पनि यो त राज्य सिर्जित बाध्यताले निम्त्याएको कानुनी हत्या हो ।

जनउत्तरदायी सरकार नभएपछि हुने भनेकै हुनेखाने, शक्तिशालीहरूकै तावेदारी र शक्तिहीन, सीमान्त्कृतको उपेक्षा हो । विनोदजीको मृत्यु यसै कुराको पछिल्लो उदाहरण हो ।

यस देशका प्रधानमन्त्रीले दुई–दुई पटक मिर्गौला प्रत्यारोपण गर्दा कुनै कानुन बाधक नहुने अनि सबै कानुन जनसामान्यले मात्रै मान्नुपर्ने ? आदर्शकी सानीआमा, जो भारतमा बस्छिन्, भिनाजुलाई मिर्गौला दान गर्न तयार थिइन् तर यस देशको आग्रही कानुन, अस्पताल र चिकित्सकको उदासीनताका कारण प्रत्यारोपण हुन सकेन किन ? कन्टिर–बाबू सोध्छन– छ कसैसँग यसको जवाफ ?

कानुन परिवर्तन गरेर भए पनि नागरिकको ज्यान जोगाउन राज्य सक्रिय भए पो राज्य हुनुको अनुभूति हुन्छ । तर टाउको गन्ती गरेर राजनीति गर्न पल्केका नेपाल राज्य सञ्चालकका लागि विनोदहरूको जीवन र मृत्युले के नै अर्थ राख्छ ? कन्टिर–बाबूको प्रश्न छ– अनागरिकलाई नागरिक बनाउने नाममा तत्काल अध्यादेश ल्याउन सक्ने सरकारले भइरहेका नागरिकको रक्षाका लागि अध्यादेश ल्याउन सक्दैनथ्यो ? कानुनको अभावमा मृत्युवरण गर्न बाध्य हुनुपरेको ठाउँमा नागरिक हुनु र नहुनुको के नै अर्थ रह्यो ?

घटना जे नहुनुपर्ने थियो, भयो । तर विनोदजीको मृत्यु कुनै चानचुने घटना होइन । अपराधी राज्य र समाजको गालामा गतिलो झापड हो । यस घटनाबाट पाठ सिकेर भविष्यमा कोही नेपालीले यस्तो मृत्यु बेहोर्न बाध्य हुन नपरोस् भन्नका लागि सबै जुट्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । कन्टिर–बाबू यस कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

कोशी अनलाईन बाट साभार 

प्रतिक्रिया