Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पहिले प्रयोग गर्थे, अहिले प्रयोग हुन्छन् !

पहिले प्रयोग गर्थे, अहिले प्रयोग हुन्छन् !

रोपे पेड बबुरका आम कहाँ से पाए ? मधेसमा निकै लोकप्रिय यो लोकोक्ति कन्टिर–बाबू पनि बेलाबखत सम्झिन्छन् । यसको सामान्य अर्थ हुन्छ– रूख भने बबुर (काँडायुक्त पोथ्रा)को रोप्ने अनि फलचाहिँ आँप फलोस् भनी अपेक्षा गर्ने । यस्तो कसरी सम्भव हुन्छ ? कुरो क्लियर छ, जेको फल खाने इच्छा छ, बिरुवा त्यसकै रोप्नुपर्छ ।

कन्टिर–बाबू घुमाएर कुरा गर्न जान्दैनन्, जे भन्नु छ सोझै भन्छन् । कन्टिर–बाबूले प्रदेश २ को पछिल्लो राजनीतिक सन्दर्भ र त्यससँग जोडिएको इमान–जमानको कुरा गर्न खोजेका हुन् ।

पछिल्लो संसदीय निर्वाचनमा ६ वटा पार्टी मिलेर बनेको तत्कालीन राजपा र ससपा मिलेर सहभागी भएका थिए । यिनको गठबन्धनलाई कतै एमाले र कतै काङ्ग्रेसले घोषित–अघोषित सहयोग गरेका थिए ।

जे होस् त्यसबेला यो गठबन्धनले उपयोगितावादी राजनीतिका आधारमा अन्य दललाई आफ्ना पक्षमा उपयोग गरेको थियो । यसै आधारमा काङ्ग्रेस र एमालेले प्रदेशमा बेलाबखत ‘तर’ मार्ने गरेको कुरा चर्चामा आउने गरेको कन्टिर–बाबूलाई थाहा छ ।

चर्चा जे भए पनि चुनावमा मधेसी गठबन्धनले बहुमत प्राप्त ग¥यो र प्रदेश सरकार बनायो । पछि त यो दुवै घटकले औपचारिक रूपमै गठजोड गरे र ‘जसपा’ जन्माए । जसपा जन्मिन त जान्मियो तर राम्ररी हुर्किन पाएन ।

अहिले यी दुई घटकबीच सम्बन्ध राम्रो छैन भन्ने गाइँगुइँ चलेको छ । खासगरी सङ्घीय राजनीतिमा ओल्बालाई समर्थन गर्ने र नगर्नेबारे दुवैबीच विवाद छ । विवाद बढ्दै गएर गठजोडको गाँठो फुक्लिनै लागेको छ, जसको प्रभाव प्रदेश सरकारमा पनि चाँडै पर्दै छ ।

कन्टिर–बाबूका परिचितहरूका अनुसार प्रदेश २ मा पुरानो राजपाबाट (पहिलेको तमलोपा पृष्ठभूमिका) मन्त्री भएकालाई घरको बाटो सोझ्याउन लगाउने बारे सोचिँदैछ रे !

कन्टिर–बाबूका अनुसार यदि तमलोपावालालाई अलग्याइने हो भने मधेसमा मधेसवादी राजनीति निकै कमजोर हुनेछ । कन्टिर–बाबू यो चाहँदैनन् । प्रदेशमा प्रादेशिक र क्षेत्रीय दलहरू नै बलियो हुनुपर्छ भन्ने कन्टिर–बाबूको स्पष्ट मत छ ।

उनी थप्छन्– विकास र अधिकारको एजेन्डामा कोही पनि दलगत आग्रही हुनुहुँदैन । सबैलाई अपनत्वको बोध हुनेगरी काम गर्नुपर्छ । सबैको भावनालाई सम्बोधन गर्दै काम गरियो भने मात्रै राजनीति दरिलो हुन्छ भन्ने कन्टिर–बाबूलाई थाहा छ ।

तर ले घाँस, आफूलाई वैकल्पिक शक्ति भन्न रुचाउने यिनीहरूको काम गराइमा अरू पार्टीहरूभन्दा केही फरकपन देखिएन । एक समय अरूलाई उपयोग गर्नसक्ने क्षमता राख्नेहरू अहिले आफैँ अरूद्वारा उपयोग भइरहेको देखिँदै छन् ।

यस्तो समस्याग्रस्त अवस्था कसरी सिर्जना भयो ? कन्टिर–बाबू यस विषयमा थप केही टिप्प्णी गर्न चाहँदैनन् । भन्छ– सम्झनेवाले समझ गये, ना समझे वो अनाडी है… !

प्रतिक्रिया