Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

चुरे–भावर मास्दै, बजेट र कमिसनमा हाँस्दै

चुरे–भावर मास्दै, बजेट र कमिसनमा हाँस्दै

कन्टिर–बाबू बजेट घोषणा भएको दिनदेखि बडो छक्क परिरहेका छन् । अरे लोकप्रिय बन्ने नाममा, कार्यकर्ता पाल्ने नाममा, सत्तामा बसेर चुनाव जित्ने नाममा जे पनि गर्ने ? मिल्छ यसो गर्न ?

चुरे–भावर क्षेत्रको सुरक्षा र संरक्षण गरिनुपर्छ भन्ने विगत वर्षहरूदेखि कुरा उठ््दै आएको हो तर यस दिशामा पछिल्ला कुनै पनि सरकारले कुनै ठोस कार्य गर्न नसकेको विडम्बनापूर्ण परिस्थिति कन्टिर–बाबूले देखी–भोगी आएका छन् ।

कन्टिर–बाबू भन्छन्– यस दिशामा वर्तमान सरकार पनि अपवाद हुने कुरा भएन । अरे यार, बिक्री गर्ने नाममा जे पनि बेच्ने ? ढुङ्गा, गिटी, बालुवा, माटो केही पनि नछोड्ने ?

यो सरकारले पनि त्यहि गरेको छ । सरकारले बजेटमा गरेको व्यवस्थाका कारण तराई–मधेसको जीवनरेखा मानिने चुरे एकपटक फेरि औपचारिक रूपमा सङ्कटापन्न अवस्थामा पुगेको छ । बजेट वक्तव्यमा भारतसँगको व्यापार घाटा कम गर्न चुरेका सामग्री निर्यात गर्न सकिने व्यवस्था गरिएको जो छ ।

कस्तो बिडम्बना ! उता शिवालिक उत्खननमा नियन्त्रण गरिएको छ । यता राज्यले व्यापारका लागि चुरेको निर्वाध उत्खननलाई प्राथमिकतामा राखेको छ । पहिले तराई–मधेसमा ४०–५० फिट जमिनमुनि पाइने पानी चुरे विनाशका कारण अहिले चार–पाँच सय फिटमा पनि पाइन्न । यस्तो अनपेक्षित परिस्थितिबीच कन्टिर–बाबूलाई लाग्छ– सरकारी पारा यही रहने हो भने तराई–मधेस आगामी दुई–तीन दशकमा मरूभूमि बन्ने निश्चित छ ।

वाह सरकारी नीति घर डढाएर खरानी व्यापार गर्ने ! आफूलाई लुटाएर भए पनि अरूलाई खुसी बनाउने !

कन्टिर–बाबू प्रश्न गर्छन्– चुरे विनाशले दीर्घकालमा पार्ने प्रभावबारे सरकारलाई थाहा छैन ? चुरे संरक्षणका नाममा राष्ट्रपतिको नाम जोडेर एक उच्चस्तरीय समिति नै कार्यरत छ भन्ने सुनिन्छ, त्यसले चाहिँ के गर्छ नि ? खाली तलब–भत्ता, पारिश्रमिक हसुर्छ ? त्यो समितिले सरकारलाई चुरे संरक्षणका बारेमा नीति ल्याउन दबाब दिनु पर्दैन ?

कन्टिर–बाबूको असहमति त तराई र मधेसका नाममा राजनीति गर्ने दल र तिनका नेतासँग पनि छ । तिनीहरू यस दिशामा गम्भीर बन्नुपर्दैन ? तर के बन्थे तिनीहरू ? चुरे पर्वत र चुरेनिःसृत खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा, भरोट, खनिज, काठ–दाउरा निकाल्ने र विदेशमा त्यसको व्यापार गर्नेसँग कमिसन खानु परेन ? मनमाफिक कमिसन दिने ठेकेदार–व्यापारीलाई यिनै नेताको संरक्षण प्राप्त भएको कुरा कसको आँखाबाट लुकेको छ ? यिनीहरूलाई आफ्नो समाजको माया भए पो ? खाली सत्ता, भत्ता र कमिसन भए पुग्यो ।

कन्टिर–बाबूले यी नेता भनाउँदाले अनेक नाममा आन्दोलन गरेको देखेका छन् तर तराईर मधेस जोगाउन, चुरे–भावर जोगाउन आजसम्म कुनै आन्दोलन गरेको थाहा पाएका छैनन् । यस्तोमा कन्टिर–बाबूलगायत सबैमा प्रश्न उठ्नु त स्वाभाविक हो नि– साँच्चै चुरेको पक्षमा किन आन्दोलन नभएको होला ? कोशी अनलाईनबाट 

प्रतिक्रिया