Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राष्ट्रिय सदाचारको कुरा, हाँसोको विषय

राष्ट्रिय सदाचारको कुरा, हाँसोको विषय

कन्टिर–बाबू देशको अवस्था वर्तमानमा जस्तो छ त्यस्तो हुनुमा कुनै एक पक्षको मात्र दोष देख्दैनन् । यसो हुनुमा विगतदेखि वर्तमानसम्म सत्ता सञ्चालनको जिम्मेवारीमा रहेका सबैको मिलिभगत देख्छन्, कन्टिर–बाबू । यसमा कसैलाई कुनै शङ्का छ भने कन्टिर–बाबूलाई इन–बक्स गरे हुन्छ । कन्टिर–बाबू केही उदाहरणसहित प्रष्ट्याउन प्रयास गर्नेछन् ।

कन्टिर–बाबूको स्पष्ट मत छ– मुलुकमा थिति बिग्रिनुको दोष जति आज सत्ताबाहिर रहेकाले सत्तापक्षतिर पन्छाएर आफूहरू भने पानीमाथिको ओभानो हुन मिल्दैन ।

त्यसो त कन्टिर–बाबूलाई सबै कुरा थाहा नहोला । तर उनको आजसम्मको अनुभवले भन्छ– खासमा विगतदेखि नै बिचौलिया र बनियाहरूको जगजगी भएको देश हो यो । यहाँ जेमा पनि कमिसन, नाफा अनि व्यक्तिगत लाभको खोजी र खेती गरिन्छ ।

सत्ता सञ्चालकलाई बिचौलिया र बनियाहरूले यसरी बुद्धि भुटेका छन् कि सत्ता चलाउन जो आए पनि उनीहरूको दुस्प्रभावबाट मुक्त हुन सक्दैनन् । अहिले पनि बनियाँहरूको जगजगी बढेको बेला छ ।

यो वर्ष प्रदूषणमुक्त बाहनको भन्सार महसुल बढाएर चकलेटको महसुल कम गरिएको विषयमा कन्टिर–बाबू बढी जान चाहन्नन् । तर चिनी र युरिया काण्ड हिजो पनि भएकै हुन नि, सधैँ ओम्नी र यतिको मात्र किन उछित्तो काढ्ने ? हिजोका दिनमा लाउडा र चेक एयरको कुरा पनि सुनिएकै हो, केवल वाइड बडीको मात्र कुरा गरेर हुन्छ ?

कन्टिर–बाबू भन्छन्– जुन देशमा सत्तालाई साध्य बनाइन्छ र त्यसैलाई सबथोक मानिन्छ, त्यहाँ सबैले मिलेर भाले खाने कुरा हुन् । देश जो लुट्नु छ, सबै मिलेर लुटिरहेका छन् पालैपालो । लुटाहाहरूको कुनै नैतिकता हुन्न ।

यो त नेपाल हो नि, फिनल्यान्ड थोडै हो ? त्यहाँकी प्रधानमन्त्रीले सरकारी खर्चमा खाजा खाएको कुरा राष्ट्रिय सदाचारको विषय बन्छ र त्यस घटनाको अनुसन्धान प्रहरीले गर्छ । तर नेपालमा यो सन्दर्भ धेरैका लागि हाँसोको विषय बन्न सक्छ ।

अझ राजनीति गर्नेका लागि त फिनल्यान्डका प्रधानमन्त्रीको कुरा अट्टहासकै विषय बन्ला । यहाँ त्यस्ता कुराले कुनै अर्थ राख्दैन । नेपालजस्तो देशमा राजनीति गर्ने भनेकै पैसा कमाउन हो भन्ने मान्यताको विकास भएको छ । यसरी पैसा कमाउन विचौलिया होस् कि कमिशनखोर, तिनको स्वार्थ पूरा गर्ने राजनीतिक प्रतिस्पर्धा हुन्छ ।

अनि जनता नि ? कन्टिर–बाबू भन्छन्– अरे यार छोड, कौन पुछे खेसडी के दाल ?  कोशी अनलाईनबाट 

प्रतिक्रिया